अस्ट्रेलियाको नागरिकता पाउन आप्रवासीलाई कडाइ
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी, सिड्नी   |   बैशाख ०८, २०७४

अस्ट्रेलिया सरकारले आप्रवाससम्बन्धी नीतिमा कडाइ गरेको छ । कडाइसँगै आप्रवासीले नागरिकता लिन कठिन हुने भएको छ । नयाँ व्यवस्थाअनुसार नागरिकता लिन चाहने आप्रवासी कम्तीमा चार वर्ष अस्ट्रेलियामा बसोवास गरेको हुनुपर्छ । नागरिकता प्राप्तिका लागि अंग्रेजी भाषा अनिवार्य रूपमा जान्नुपर्ने व्यवस्था बनाइएको छ । अस्ट्रेलियाले दक्ष विदेशी कामदारलाई दिने ‘४५७ भिसा कार्यक्रम’मा कडाइ गर्ने घोषणा गरेको केही दिनपछि नागरिकतामा पनि कडाइ गरेको हो ।

अस्ट्रेलियाको मूल्य र मान्यताप्रति प्रतिबद्धता जनाउँदै नागरिकता प्राप्त गर्न चाहने आप्रवासीले अंग्रेजी भाषामा विशेष सीप र क्षमता हुनुपर्ने प्रधानमन्त्री मालकोम टर्नबुलले बताए । नागरिकता प्राप्तिका लागि कुनै पनि आप्रवासी पूरा चार वर्ष स्थायी बासिन्दाको रूपमा बसेको हुनुपर्ने व्यवस्था सरकारले गरेको छ । यसअघि तीन वर्षसम्म स्थायी रूपमा अस्ट्रेलिया बसोवास गर्ने नागरिकता पाउनका लागि योग्य मानिन्थ्यो ।

परिवर्तनले आप्रवासीहरू स्थानीय समुदायसँग बढी घुलमिल रहेको सुनिश्चितता गर्ने प्रधानमन्त्रीले बताए । ‘आप्रवासीले अस्ट्रेलियाको मूल्य मान्यताप्रति प्रतिबद्ध छन् भन्ने देखाउन महत्वपूर्ण छ,’ उनले भने । आप्रवासीले धार्मिक स्वतन्त्रता र लैंगिक समानताको सम्मान गर्नुपर्ने उनले बताए ।

‘महिला तथा बालबालिकाको सम्मान गर्नु अस्ट्रेलियाका मुख्य मूल्य र मान्यता हुन्,’ उनले भने । घरेलु हिंसा कुनै हालतमा स्वीकार्य नहुने पनि उनले बताए । नागरिकता प्राप्तिका लागि सरकारले ल्याएको अन्य मापदण्डमा अंग्रेजी भाषा लेख्न, सुन्न र पढ्न जान्नुपर्ने, स्थानीय समुदायसँग घुलमिल भएको पर्याप्त प्रमाण देखाउनुपर्ने, स्थानीय विद्यालय वा अन्य संस्थामा काम गरेको प्रमाण पेस गर्नुपर्नेलगायत छन्।