पाक प्रधानमन्त्री सरिफलाई सफाइ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी, इस्लामाबाद   |   बैशाख ०८, २०७४

सरिफलाई पदमुक्त गर्ने पर्याप्त आधार नभएको सर्वोच्च अदालतको भनाइ

पानामा पेपर्स चुहावट प्रकरण
३५ पटक सुनुवाइ
सरिफविरुद्ध गत नोभेम्बर ३ मा सर्वोच्चमा मुद्दा दायर भएको थियो । उनीमाथि मुद्दा लगाउनुअघि अदालतमा ३५ पटकसम्म सुनुवाइ भएको थियो । सरिफले गैरकानुनी ढंगले अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै तेहरिक–ई–इन्साफ पार्टीका प्रमुख इम्रान खानले सरिफविरुद्ध मुद्दा दायर गरेका थिए ।

भ्रष्टाचारमा संलग्न रहेको र उनी इमानदार नभएको भन्दै उनलाई पाकिस्तानी संविधानको धारा ६२ र ६३ बमोजिम अयोग्य घोषणा गर्न खानले माग गरेका थिए । अदालतले दोषी ठहर गरेपछि पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीले सन् २०१२ मा राजीनामा दिएका थिए ।

पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्स चुहावट प्रकरणमा प्रधामन्त्री नबाज सरिफलाई सफाइ दिएको छ । चुहावटमा प्रधानमन्त्री सरिफ र उनको परिवार तानिएको विषयमा सर्वोच्च अदालतले बिहीबार सरिफलाई सफाइ दिएको हो । सरिफविरुद्ध ६ महिनाअघि मुद्दा सर्वोच्चमा मुद्दा परेको थियो । सेनासँग पाकिस्तानी प्रधानमन्त्री सरिफको दूरी बढिरहेको अवस्थामा अदालतको महत्वपूर्ण फैसला आएको छ।

पर्याप्त प्रमाण भेटिएन
सरिफलाई पदमुक्त गर्न पर्याप्त प्रमाण नभेटिएको अदालतले जनाएको छ । तर, परिवारका सदस्यहरूले आफ्नो स्वामित्वमा रहेका रकम स्थानान्तरणबारे थप अनुसन्धान गर्न अदालतले निर्देशन दिएको छ । फैसलालाई लिएर सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका थिए । सन् २०१५ मा पानामा पेपर्स चुहावटमा सरिफका सन्तान पनि मुछिएका थिए, तथापि उनीहरूले आफूहरूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । राजनीतिक प्रतिशोध साँच्न सो आरोप लगाइएको उनीहरूले बताएका थिए ।

फैसलाको स्वागत
सरिफको पार्टी पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) ले फैसलाको स्वागत गरेको छ । त्यस्तै, सरिफकी छोरी म्यारियमले पनि फैसलाको स्वागत गरेकी छिन् । छोरी म्यारियम, छोराहरू हसन र हुसेन पनि सो प्रकरणमा जोडिएका थिए । उनीहरू तीनैजनाले सरिफको राजनीतिक विरासत थाम्ने अनुमान गरिएको छ ।

सुरक्षा व्यवस्था कडा
फैसला सुनाउनुपूर्व अदालतको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । झन्डै १५ सय प्रहरी अधिकारीलाई राजधानी इस्लामाबादस्थित अदालत परिसरमा परिचालन गरिएको थियो । दोषी ठहर भएमा प्रधानमन्त्री सरिफले पदबाट राजीनामा दिने बताएका थिए ।

‘ऐतिहासिक फैसला’
अदालतको फैसला ऐतिहासिक भएको पिएमएल–एनले जनाएको छ । प्रधानमन्त्रीले कुनै गल्ती नगरेको सर्वोच्चको फैसलाबाट पुष्टि भएको रेलमन्त्री खवाजा सद राफिक्युले बताए । सरिफका नाममा कुनै अफसोर कम्पनीमा रकम नरहेको र सन्तानका नाममा रहेको रकमबारे प्रधानमन्त्री सरिफ जिम्मेवार हुन नसक्ने पिएमएल–नवाजका उच्च तहका नेताले दाबी गर्दै आएका थिए ।

यसअघि अवामी मुस्लिम लिग (एएमएल)का प्रमुख सेख रसिद अहमेदले फैसलाले राजनीतिक भूकम्प ल्याउने दाबी गरेका थिए । दोषी ठहर भएमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पिपिपीका सहअध्यक्ष असिफ अली जर्दारीले बताएका थिए ।

अफसोर कम्पनीमा रकम
गत वर्ष सरिफको परिवारका तीनजना सदस्यका नाममा अफसोर कम्पनीमा रकम रहेको खुलासा भएको थियो । नेसकोल लिमिटेड, निल्सन इन्टरप्राइजेज र ह्याङगोङ प्रोपर्टी होल्डिङ लिमिटेडमा सरिफका पारिवारिक सदस्यले ठूलो रकम राखेको अनुसन्धानले देखाएको थियो । चुहावटपछि सत्तासीन पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–नवाज)को उच्च तहमा एक प्रकारको मनोवैज्ञानिक त्रास बढेको थियो । पानामा पेपर्स चुहावटबारे सरिफले गत वर्षको ५ अप्रिलमा छानबिन आयोग गठन गर्ने घोषणा गरेका थिए ।