प्योङयाङले सार्वजनिक गर्यो अमेरिका ध्वस्त पारेको भिडियोे
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

एजेन्सी , प्योङयाङ   |   बैशाख ०८, २०७४

भिडियोमा परमाणु बमले अमेरिकी सहरलाई एक निमेषमै ध्वस्त पारेको देख्न सकिन्छ

उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गरेको एउटा भिडियो सार्वजनिक गरेको छ । उत्तर कोरियाका संस्थापक नेता किम जोङ सङको १०५औँ जन्मदिनको अवसरमा प्योङयाङले अमेरिकामा मिसाइल आक्रमण गरेको भिडियो सार्वजनिक गरेको होे ।

उत्तर कोरियाली नेता किम जोङ उनको निर्देशनमा अन्तरमहाद्विपीय ब्यालिस्टिक मिसाइलमार्फत अमेरिकी सहरमा परमाणु बम खसालिएको भिडियोमा देखाइएको छ । बमले अमेरिकी सहरलाई एक निमेषमै ध्वस्त पारेको देखिन्छ । अमेरिकाको राष्ट्रिय झन्डा पनि आगोमा दनदन बलेको देखिन्छ । आगो दन्केपछि युवा नेता उन र सेनाका अधिकारीहरूले ताली बजाएर मुस्कान छरेको देखिन्छ । आक्रमण गरेको दृश्यलाई उनले ताली बजाएर स्वागत गरेका छन् । त्यस्तै, प्योङयाङको सेनाले सैन्य ब्यान्ड बजाएको देख्न सकिन्छ ।

प्योङयाङले योभन्दा पहिले सन् २०१६ मा यस्तै भिडियो सार्वजनिक गरेको थियो । लास्ट चान्स नाम दिइएको सो भिडियोमा पनि अमेरिकी सहर ध्वस्त पारेको देखाइएको थियो । अमेरिका र उत्तर कोरियाबीचको तनाव चुलिएको वेलामा पछिल्लो भिडियो सार्वजनिक भएको छ । उत्तर कोरियाले पुनः आणविक क्षेप्यास्त्र परीक्षण गरेमा आक्रमण गर्ने अमेरिकाले चेतावनी दिएको छ । अमेरिकाले आक्रमण गरे त्यसको गतिलो जवाफ वासिङ्टनलाई दिने धम्की उत्तर कोरियाले दिएको छ । सो भिडियोबारे वासिङ्टनको टिप्पणी आइसकेको छैन ।

यसअघि उत्तर कोरियाले भिएक्स नर्भ एजेन्ट छरेर अमेरिकी कूटनीतिज्ञ, व्यापारी वा अन्य नागरिकलाई दक्षिण कोरियाको सीमाबाट अपहरण गर्ने योजना बुनेको बेलायतको दैनिक पत्रिका डेली मेलले जनाएको थियो ।