सेबोनको निर्देशनविपरीत सफ्टवेयर किन्दै नेप्से - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

विनय बञ्जारा, काठमाडौं   |   बैशाख ०८, २०७४

नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनविपरीत नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सफ्टवेयर खरिद प्रक्रियालाई अघि बढाएको छ । नेप्सेले स्वदेशी सफ्टवेयर निर्माता योमरी कम्पनी (वाइको) सँग अनलाइन ट्रेडिङ सिस्टम (स्वचालित कारोबार प्रणाली) खरिदको प्रक्रिया अघि बढाएको हो । यसबारे वाइकोले नेप्सेलाई डेमो (खाका) समेत प्रस्तुत गरिसकेको छ । धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी र पहिले नै परीक्षण भइसकेको प्रणाली भित्राउन निर्देशन दिए पनि नेप्सेले त्यसविपरीत स्वदेशी कम्पनीसँग सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको हो ।

प्रणालीको खाका प्रस्तुत
स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइकोले बुधबार प्रस्तावित प्रणालीको खाका प्रस्तुत गरेको नेप्सेले वक्तव्यमार्फत जानकारी दिएको छ । बुधबार आयोजित एक कार्यक्रममा वाइकोका तर्फबाट प्रणाली विकास व्यवस्थापक प्रदीप पद्मपाणीसहितको प्राविधिक टोलीले प्रस्तावित कारोबार प्रणालीबारेको खाका (डेमोन्स्ट्रेसन) प्रस्तुति दिएको नेप्सेद्वारा जारी वक्तव्यमा उल्लेख छ । ‘वाइकोको प्राविधिक टोलीले कारोबार प्रणालीका विविध पक्षबारे नेप्सेका पदाधिकारी, उच्च व्यवस्थापन तथा कर्मचारीसमक्ष प्रस्तुति गरेको हो,’ वक्तव्यमा भनिएको छ । उक्त प्राविधिक टोलीले नेप्सेमा हुने अनलाइन कारोबार, राफसाफ तथा फछ्र्योट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापनलगायत प्रस्तावित प्रणालीमा रहेका विशेषताको प्रस्तुति दिएको थियो । स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण, स्थापना तथा सञ्चालनका विभिन्न चरणमा गरिने कार्य हार्डवयर तथा सफ्टवेयरका बारेमा पनि टोलीले नेप्सेलाई जानकारी गराएको वक्तव्यमा भनिएको छ ।

जनवरीसम्म जडान हुने
नेप्से र वाइकोबीच गत फागुन अन्तिममा भएको सम्झौताअनुसार १४ महिनाभित्र सफ्टवेयर जडान गरिसक्ने उल्लेख थियो । नेप्से स्रोतका अनुसार वाइको कम्पनी आफैँले सफ्टवेयर बनाउनेभन्दा अरू निर्मातासँग खरिद गर्ने सम्भावना देखिएको छ । ‘तर, उनीहरूले सिस्टम कोड नै दिन्छु भनेका छन्,’ स्रोतले भन्यो, ‘विदेशी ठूला निर्माताले यस्तो कोड दिँदैनन् ।’ उक्त प्रणाली खरिद गर्नका नेप्से र वाइकोबीच करिब १९ करोड रुपैयाँको सम्झौता भएको छ ।

नेप्से र बोर्डको द्वन्द्वमा अदालतको फैसला
नेप्सेले स्वदेशी कम्पनीबीच प्रतिस्पर्धा गराएर कारोबार प्रणाली खरिद गर्न लागेपछि धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य, प्रतिस्पर्धी र परीक्षण भइसकेको प्रणाली खरिद गर्न निर्देशन दिएको थियो । त्यसपछि नेप्से सफ्टवेयर खरिद प्रक्रिया रोकेर बस्यो । निर्णय नभएपछि छनोटमा परेको वाइको कम्पनीले ललितपुर जिल्ला अदालतमा नेप्से र सेबोनलाई विपक्षी बनाएर मुद्दा दायर गर्यो । अदालतले वाइकोको विपक्षमा फैसला गर्यो । त्यसपछि कम्पनीले तत्कालीन पुनरावेदन (हालको उच्च) अदालत पाटनमा पुनरावेदन दियो । पुनरावेदन अदालतले जिल्ला अदालतको फैसलालाई बदर गर्दै वाइकोसँग सम्झौता अघि बढाउन नेप्सेलाई आदेश दियो । अदालतको फैसलापछि नेप्सेले वाइकोसँग सम्झौता गरेर सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको थियो ।

यस्तो छ सेबोनको भनाइ
संसारभरका संस्थागत लगानीकर्ता भित्राउन प्रयास गरिरहेको सन्दर्भमा नेपाली सेयर बजारप्रति विश्वास जगाउन विश्वव्यापी परीक्षण भएको प्रणाली लागू गर्न नेप्सेलाई आग्रह गरेको, तर उसले अटेर गरेको सेबोनका एक उच्च अधिकारीले बताए । नेप्सेका अधिकारीहरू भने बोर्डको निर्देशनअनुसारको प्रणाली ल्याउँदा अनावश्यक ठूलो वित्तीय भार व्यहोर्नुपर्ने बताउँछन् । ‘क्रसबोर्डर लिस्टिङ (सीमापार अर्थात् धेरै राष्ट्रमा सूचीकरण) भएको प्रणाली ल्याउन बोर्डले भनेको छ,’ नेप्सेका ती अधिकारीले भने, ‘त्यसका लागि ७० देखि ८० करोड रुपैयाँ खर्च गर्नुपर्छ ।’