हामी कस्तो नयाँ भारत चाहन्छौँ ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

राजदीप सरदेसाई   |   बैशाख ०८, २०७४

जुन दिन आरएसएस प्रमुख मोहन भागवत गौहत्याविरुद्ध राष्ट्रिय कानुन बनाउन आह्वान गरिरहेका थिए, म गोवामा एक मन्त्रीसँग डिनर गरिरहेको थिएँ । मेनुमा थियो, पोर्क साँर्पोटेल (पोर्चुगिज मांसहारी व्यञ्जन) र बिफ (गाईको मासु) चिल्ली फ्राई । मैले मन्त्री महोदयलाई उनी भागवतको आह्वानलाई कसरी लिन्छन् भनेर सोधेँ । उनले सौम्य मुस्कानसहित भने, ‘भागवतजी नागपुरमा बस्नुहुन्छ, हामी यहाँ गोवामा छौँ । एक भारत थरिथरी आहार, अब डिनरको स्वाद लिऊँ ।’ हैदरावादका सांसद ओबैसीको भाइरल भइरहेको टिप्पणीका अनुसार यो ‘यम्मी–मम्मी’ राजनीतिको उदाहरण हो ।

सत्य के हो भने गोवामा भाजपा आफ्नो राष्ट्रिय चरित्रभन्दा बिल्कुल फरक पार्टी हो, खासगरी उत्तर भारतीय स्वरूपभन्दा, । जहाँ संघ परिवारसँग जोडिएका गौरक्षक समूहले हिंस्रक किसिमको गाई राजनीति अघि बढाउन लागेको छ । यसको उद्देश्य अल्पसंख्यक समूहलाई आतंकित गर्नु हो । गोवामा भाजपाका १३ विधायकमध्ये सात क्याथोलिक छन् । यहाँको सरकार साना दल तथा स्वतन्त्र विधायकको समर्थनमा बनेको छ । यहाँको भाजपाले अल्पसंख्यक क्याथोलिक समुदायसँग सम्बन्ध बनाएन भने टिक्नै सक्दैन । गोवा एक मात्र यस्तो राज्य हो, जहाँ आंशिक रूपले नै सही, भाजपाले आफ्नो हिन्दू बहुसंख्यकको पार्टी हुनुको छवि तोड्न सकेको छ । भाजपा देशको सबैभन्दा ठूलो जनसंख्या भएको प्रदेशमा एकजना मुस्लिमलाई सिट दिएर पनि जित्न सक्छ, तर गोवामा सक्दैन । हरियाणामा गाईको मासु बिक्री गर्ने वा खाने कार्यविरुद्ध कानुन ल्याउन सक्छ, तर गोवामा सम्भव छैन ।

भाजपा जब भौगोलिक रूपमा विस्तार भएर साँचो अर्थमा भारतीय पार्टी हुने प्रयास गरिरहेको छ भने उसको सामना आफ्नै हिन्दुत्ववादसँग हुनेछ । पूर्वोत्तर भारत खासगरी अरुणाञ्चल, नागाल्यान्ड, मेघालय तथा मिजोरमजस्ता राज्यमा भाजपाले राममन्दिर या गौवधजस्ता केन्द्रीय मुद्दाको आधारमा पकड जमाउन सक्नेछैन । यहाँ उसले संघीय सत्ताको साझेदारीको उदार व्यवस्था स्थापित गर्न प्रयास गरेको छ, जसमा केन्द्र र राज्यका परस्पर फाइदाको गठबन्धन व्यवस्थामा संसाधनलाई साझेदार बन्छन् । कुनै पनि हालतमा सत्ता हासिल गर्नेबाहेक पूर्वोत्तरका यी राज्य तथा दिल्लीको मोदी सरकार जोडिने कुनै वैचारिक लगाव छैन । यस्तै विसंगति दक्षिणको केरल र तमिलनाडुजस्ता राज्यमा पकड जमाउने भाजपाको प्रयासमा पनि देख्न सकिन्छ । केरलमा स्थानीय भाजपाले आफूलाई पार्टीको परम्परागत दृष्टिकोणबाट अलग गरेको छ ।

नैतिक र बौद्धिक रूपले द्विविधाग्रस्त भइसकेको विपक्ष होइन, भाजपाका लागि भारतको विविधता नै एकै खालको धार्मिक सांस्कृतिक समानता स्थापित गर्ने प्रयासमा सबैभन्दा ठूलो चुनौती हो । आरएसएसले २०१९ को निर्वाचनमा दुईतिहाइ बहुमत ल्याई हिन्दूराष्ट्र स्थापित गर्ने कल्पना गरिरहेको छ, तर भाजपाले देशको गणतान्त्रिक संविधानसँग यस्तो केही गरे ठूलो मूल्य चुकाउनु पर्नेछ । प्रधानमन्त्री मोदीले आफूलाई गौरक्षक राजनीतिबाट टाढा गर्ने जुन कोसिस गरिरहेका छन्, त्यो विनाकारण छैन । उनलाई थाहा छ, त्यो नगरे उनको सबैलाई साथै लिएर अघि बढ्ने छवि नष्ट हुन सक्छ । यहाँ जोड दिनुपर्छ, अम्बेडकरको संवैधानिक भिजन यस्ता व्यक्तिगत अधिकार तथा स्वतन्त्रताको वरिपरि घुम्छ, जुन भारत अनेक पहिचानको भूमि हो भन्ने धारणामा आधारित छ । १९४७ मा महात्मा गान्धीले भन्नुभएको थियो, ‘म कसैलाई गौवध नगर्न कसरी बाध्य बनाउन सक्छु, जबसम्म ऊ आफैँ त्यही चाहँदैन । भारतीय संघमा केवल हिन्दू मात्र रहून् भन्न सकिँदैन । यहाँ मुस्लिम, पारसी, इसाइ र अन्य धार्मिक समूह पनि त छन् ।’  त्यसको ७० वर्षपछि भारतले महात्मा गान्धीको कि आरएसएसका सञ्चालकको ‘नयाँ’ भारत छान्ने भनी फेरि निर्णय गर्ने वेला आएको छ ।
(सरदेसाईं भारतका वरिष्ठ टिभी पत्रकार हुन्)