एकीकृत हुँदै, शक्ति आर्जन गर्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४

मधेसकेन्द्रित संगठन भएका ६ वटा राजनीतिक दल मिलेर बिहीबार नयाँ पार्टी घोषणा गरेका छन् । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीसहित राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनील झाले नेतृत्व गरेका दलबीच एकीकरणको घोषणा भएको हो । यो एकतासँगै अहिलेको संसदीय गणितमा सबैभन्दा ठूलो मधेसी दल पनि नयाँ दल राष्ट्रिय जनता पार्टी बन्न पुगेको छ । यसको अर्को महत्वपूर्ण पक्ष भनेको पार्टीको नाम नै हो, जसले नयाँ पार्टीलाई मधेसकेन्द्रित दलबाट राष्ट्रिय दलमा रूपान्तरित गरेको छ । हालै राजनीतिक दल सम्बन्धमा संसद्ले पारित गरेको ऐनले राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फको एक सिट या तीन प्रतिशत मत अनिवार्य ल्याउनुपर्ने बनाएको सन्दर्भमा पनि यो एकताको विशेष महत्व छ । त्यसभन्दा बढी त राजनीतिक दल र नेतृत्वप्रतिको विश्वास बढाउन पनि यस्तो एकताको जरुरी छ । यस मानेमा मधेसकेन्द्रित दलहरूको एकता स्वागतयोग्य छ । सकारात्मक छ ।

यता केही महिनामा राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भयो । विजय गच्छदार नेतृत्वको दल र अरू साना दलबीच पनि एकताको प्रक्रिया अघि बढिरहेको छ । हिजो मात्र गच्छदारको दल र गोपाल दहितसमेतको दलबीच एकता भएको छ । नयाँ शक्ति पार्टीमा पनि केही दल मिसिएका छन् । उता संघीय समाजवादी फोरम पनि एकताका लागि प्रयासरत छ । नयाँ शक्ति र संघीय फोरमबीच एकताको प्रयास भइरहेको बताइएको छ । यसरी लामो समयदेखि विभाजनप्रधान रहेका दलहरूको अवस्था अब एकाएक एकताप्रधान देखिन थालेको छ । आसन्न स्थानीय तहसहित संघीय प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुन गइरहेको सन्दर्भमा यसप्रकारको एकताले मतदाताको सम्पूर्ण पंक्तिमा पनि सकारात्मक प्रभाव पर्ने निश्चित छ । सँगै यो एकताले आन्दोलनको धम्की दिइरहेका मधेसवादी दलहरू निर्वाचनमा आउन सक्नेतर्फ पनि संकेत गर्छ ।

नेपालमा सबैजसो राजनीतिक दल धेरैपटक विभाजित हुने गरेको इतिहास छ । विभाजन हुनेमा कम्युनिस्ट पार्टीहरू र मधेसवादी दलहरू सबैभन्दा बदनाम छन् । तर, यिनीहरूबीच एकताको प्रयास पनि हुने गरेको छ । मधेसलाई प्रतिनिधित्व गर्ने गरी बनेको पछिल्लो समयको पहिलो दल नेपाल सद्भावना पार्टी नै ०४७ देखि ०६२ सम्म मधेसको प्रतिनिधित्व गर्ने एक मात्र दल थियो । घरिघरी विभाजन भए पनि यसको नाम सद्भावना नै रहन्थ्यो । ०६३ को आन्दोलनपछि बढेको मधेसको राजनीतिक शक्तिलाई प्रयोग गर्न मधेसी जनअधिकार फोरमसहित अनेक दल बने । पहिलो संविधानसभा निर्वाचनमा उल्लेख्य स्थान हासिल गरेका मधेसी दलहरू सत्तामा पुगेपछि भने आन्तरिक र बाह्य धेरै कारणले वेलावेला विभाजित भए । एकजनासम्म सांसद भए पनि विभाजित हुने यी दलको चरित्रले जनतामा परेको नकारात्मक प्रभाव त संविधानसभाको दोस्रो निर्वाचनमा यिनले पाएको मतले नै व्यक्त गर्यो । यसरी जनताबाट दण्डित भइसकेपछि लामो समय नचेतेका दलहरू अहिले निर्वाचनको मुखमा आएपछि एकताबद्ध भएर तीनले आफ्ना प्रतिस्पर्धीलाई झस्काएका मात्र छैनन्, आफ्ना मतदातालाई उत्साहित पनि गरेका छन् । अब एकतासँगै यी दल आन्दोलन र निर्वाचनमा सहभागितालाई सँगै लैजाने राजनीतिक दाउपेचमा लागे भने यिनले शक्ति आर्जन गर्ने निश्चित छ । हाम्रो लोकतन्त्रका लागि यो एकता अवश्य पनि सकारात्मक सन्देश हो ।