चितवनका राजनीतिक अगुवासँग नयाँ पत्रिका
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४

नयाँ पत्रिका दैनिकले भरतपुरमा आयोजना गरेको ‘स्थानीय निर्वाचन : स्थानीय एजेन्डा’ राउन्ड टेबलमा जिल्लास्थित दलका नेताले आ–आफ्ना एजेन्डाको व्याख्या गरेका छन् । भरतपुर महानगरपालिकाको विकासका लागि चितवनका राजनीतिक दलका प्रायः मुद्दा साझा छन् । दलहरूले सुुकुम्बासी समस्या, नारायणी नदीको कटान रोक्ने, सडकको स्तरोन्नति, अव्यवस्थित सहरीकरण तथा बसोवासलाई नियन्त्रण गर्नेलगायतका मुद्दा उठाएका छन् । राउन्ड टेबलमा उपस्थित दलका नेताले आफूहरू भरतपुर महानगरपालिकाको समृद्धिमा एक ठाउँमा रहेको बताए । उनीहरूले राखेका बुँदागत टिप्पणी पनि साझा छन् ।

प्रस्तुति : योगेश ढकाल, सुदीप सिवाकोटी
तस्बिर : कृष्ण पौड्याल/नयाँ पत्रिका

राजीव न्यौपाने जिल्ला सचिव, कांग्रेस

व्यवस्थित बसोवास प्रमुख एजेन्डा
पछिल्लो समय चितवनको जनसंख्या ह्वात्तै बढेको छ । त्यही कारणले भरतपुर महानगरपालिकामा अव्यवस्थित बस्ती बसिरहेको छ । यसले महानगरलाई सुन्दरभन्दा बढी कुरूप बनाइरहेको छ । व्यवस्थित बसोवास प्रमुख एजेन्डा बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसकारण हामी व्यवस्थित बसोवासको कार्यक्रमलाई स्थानीय निर्वाचनको एजेन्डाका रूपमा अगाडि सारेका छौँ ।

नदीकटान पनि भरतपुरको समस्या हो । मुख्य गरी नारायणीको कटान ठूलो समस्या छ । यसलाई सम्बोधन गर्ने एजेन्डालाई पनि हाम्रो पार्टीले महत्वका साथ अगाडि सारेको छ । नारायणी नदीको जलप्रवाहलाई व्यवस्थित गर्दा नवलपरासीतिर पनि असर नपरोस् भनेर ध्यान दिनुपर्नेछ । त्यस आधारमा हामीले योजना बनाउनेछौँ ।

भरतपुरको अर्को समस्या सुकुम्बासीको हो । सार्वजनिक जग्गामा तीन पुस्तादेखिका सुकुम्बासी बसिरहेका छन् । तिनलाई व्यवस्थित गर्ने हाम्रो स्थानीय निर्वाचनको एजेन्डा हो । हामीले सोचेको बस्ती विकासको योजनाबाट सुकुम्बासी समस्या समाधान पनि गर्नेछौँ र आवाद क्षेत्रको विकास पनि गर्नेछौँ ।

भरतपुरलाई मेडिकल सिटीका रूपमा व्याख्या गरिन्छ । यहाँ सबै प्रकारको स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । स्वास्थ्य सेवा सुविधामा वृद्धि त भएको छ तर विपन्नको पहुँच पुग्न सकेको छैन । स्वास्थ्यमा जस्तै शिक्षामा पनि विपन्नको पहुँच नपुग्ने अवस्था बन्दै छ । अर्कोतिर सैद्धान्तिक ज्ञान बढी छ र व्यावसायिक र व्यावहारिक शिक्षा छैन । यसले बेरोजगारी सिर्जना गरिरहेको छ । त्यसकारणले विपन्नको पहुँचसहितको व्यावसायिक शिक्षामा जोड दिने हाम्रो एजेन्डा छ । हामीले भू–उपयोग नीति पनि बनाउनुपर्नेछ । कृषि, बस्ती र उद्योगधन्दाका लागि क्षेत्र किटान गरी भू–उपयोग नीति बनाउनेछौँ । अहिले विदेशी लगानीकर्ताले सरकारबाट सेवा सुविधा पाइरहेको तर नेपाली लगानीकर्ताले सुविधा नपाएको गुनासो गरिरहेका छन् ।

पार्वती रावल जिल्ला सचिव, एमाले

समष्टिगत विकास हाम्रो एजेन्डा
भरतपुर भन्नासाथ देशभर नै स्वास्थ्य, शिक्षा र पर्यटकीय क्षेत्रको नामले चिनिन्छ । क्रमागत रूपमा सबै विकासका पूर्वाधारलाई योजनाबद्ध तरिकाले अघि बढाए सबै क्षेत्रको समष्टिगत विकास हुने हामीले सोच राखेका छौँ । छोटो समयमा छिटो फड्को मार्दै महानगरपालिका बन्न सफल भरतपुरका लागि धेरै ठूला योजना अघि सारेर बीचमा रोक्नु उचित हुँदैन । त्यसकारण केही नौला र जनताले सहजै महसुस गर्ने विकासलाई पूरा गर्ने हामीले अठोट लिएका छौँ ।

स्वास्थ्य क्षेत्रलाई थप मजबुत बनाउन र मेडिकल हबको रूपमा विकास गर्न अत्याधुनिक प्रविधिका मेसिनरी सामग्रीसहितको जनताले सर्वसुलभ सेवा पाउने, धेरै क्षेत्रफल ओगट्ने दुईवटा ठूला निजी अस्पताल स्थापना गर्नु आवश्यक छ । शिक्षाको उज्यालो छर्ने मुलुककै नमुना महानगर भरतपुरलाई शैक्षिक हबको रूपमा विकास गर्न एक मात्र कृषि विश्वविद्यालयको विवादलाई टुंग्याएर देशको नमुना विद्यालयका रूपमा विकास गर्न जरुरी छ ।

देशको प्रमुख पर्यटकीय गन्तव्य सौराहालाई मात्र केन्द्रित नगरी महानगरमा थपिएका क्षेत्रलाई समेटेर नयाँ पर्यटकीय क्षेत्रको विकासका लागि नयाँ योजना अघि सार्ने हामीले धारणा बनाएका छौँ । सुकुम्बासी जनताको संख्या अधिक रहेको महानगर क्षेत्रभित्र व्यवस्थित बस्ती निर्माण गरेर ती जनतालाई आवासीय र बाँच्ने आधार सिर्जना गर्न जग्गा उपलब्ध गराउन जरुरी छ । जग्गा दिनका लागि निश्चित मापदण्ड र नीति निर्माण गरेर साझा ढंगले अघि बढिनेछ ।

ईश्वरी भट्टराई जिल्ला इन्चार्ज माओवादी केन्द्र

जनसंख्या व्यवस्थापन प्रमुख योजना
भरतपुर छोटो अवधिमा महानगर बन्न सफल भएको छ । विकास र समृद्धिको सम्भावना देखेर नै स्थानीयको पहल र सरकारको इच्छाले भरतपुर महानगर भएको हो । नेपालको मध्यभागमा पनि परेकोले भरतपुरमा समृद्धिको सम्भावना छ । त्यसका लागि हाम्रो पार्टीले जनसंख्या व्यवस्थापनामा जोड दिनेछ । भरतपुरमा बसाइँसराइलगायतका विविध कारणले जनसंख्या बढेको छ । बसोवास अव्यवस्थित बनेको छ । सहर पनि कुरूपजस्तै बनेको छ । जमिन प्लटिङको नाममा खण्डीकरण बढेको छ । खण्डीकरण भएको जमिनको बाँझोपन बढेको छ ।

यस्तो कामलाई निरुत्साहित गरी योजनाबद्ध विकासको एजेन्डा हाम्रो पार्टीले बनाएको छ । त्यसका लागि खेतीयोग्य जमिन, आवास क्षेत्र, औद्योगिक क्षेत्रको पहिचान गरी बस्ती विकासको योजना बनाउनुपर्नेछ । त्यसका लागि पनि हामीले योजना बनाएका छौँ । भरतपुर मेडिकल सिटीका रूपमा चर्चामा छ । तर, यहाँ धेरै प्रकारका विकृति पनि आउन थालेका छन् । त्यसलाई नियन्त्रण गरेर क्लिन मेडिकल सिटी बनाउने एजेन्डा पनि हाम्रो पार्टीले उठाएको छ ।

हामीसँग एउटा कृषि विश्वविद्यालय छ । तर, उक्त विश्वविद्यालयमा पूर्वाधार विकास हुन सकेको छैन । विश्वविद्यालयको विवाद अझै कायम छ । त्यसकारण त्यसलाई व्यवस्थित र नमुना विश्वविद्यालय बनाउने एजेन्डा पनि हामीले बनाएका छौँ ।

भरत अधिकारी महानगर सभापति कांग्रेस

५० वर्षका लागि गुरुयोजना आवश्यक
भरतपुर महानगरपालिका देशकै विशेष र विकासोन्मुख महानगर हो । यो महानगरलाई दीर्घकालीन विकास गर्न र देशकै नमुना सहरको पहिचान स्थापित गर्न ५० वर्षीय गुरुयोजना आवश्यक छ । सबै राजनीतिक दल एकै सूत्रमा बाँधिएर मूलधार विकासका योजना अघि सारेर चुनावी मैदानमा उत्रिनु उचित होला । गुरुयोजनाका लागि सबैले साझा सोच लिएर अघि बढे अधुरा विकासका काम सजिलै पूरा गर्न सकिनेछ।

प्राकृतिक प्रकोपको समयमा धेरै क्षेत्रफलको सार्वजनिक जग्गालाई सहजै उपयोग गर्ने धारणा बनाएका छौँ । भूकम्पको समयमा घरबाट बाहिर निस्केर बस्नुपर्ने समय र घरबारविहीन हुने जनताका लागि केही समय राहत हुने किसिमले बसोवास गर्ने किसिमको पूर्वाधार निर्माण गर्न सकिन्छ । भरतपुरमा पनि काठमाडौंको जस्तै टुँडिखेल बनाउन जरुरी छ । आपत्कालीन अवस्थामा धेरै क्षेत्रफल भएको सार्वजनिक जग्गालाई उपयोग गर्न सके सबै जनताले राहत पाउने हामीले महसुस गरेका छौँ ।

भूकम्पको समयमा काठमाडौंमा टुँडिखेल र रत्नपार्क नभएको भए धेरै जनता बिचल्लीमा पर्ने थिए । त्यसकारण पनि भरतपुर महानगरमा केही आवश्यक पूर्वाधारसहितको सार्वजनिक जग्गालाई जगेर्ना गर्नु आवश्यक छ । भरतपुरको पूर्वी क्षेत्रमा रहेको मेघौली जलाधारमा जलमार्गको विकास गरेर नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने सोच हामीले अघि सारेका छौँ । दिनानुदिन प्रदूषित बन्दै गएको भरतपुरको मुख्य बजारलाई देशकै स्वच्छ सहरको पहिचान बनाउन व्यवस्थित सहरीकरणमा जोड दिनेछौँ ।

बद्री तिमल्सिना जिल्ला अध्यक्ष, राप्रपा

विविधतालाई उपयोग गर्ने रणनीति छ
चितवन सामरिक महत्वको जिल्ला हो । त्यसकारण भरतपुर महानगरपालिकाले पनि निकै महत्व राख्छ । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने कविलास यस्तो क्षेत्र छ, जुन ठाउँ प्राकृतिक रूपमा निकै सुन्दर छ । भरतपुरमा गर्मीले बस्न सकिन्न । तर, भरतपुर महानगरकै कविलास क्षेत्रमा हिउँ पर्छ । त्यसकारणले भरतपुर आफैँमा विविधता भएको क्षेत्र हो । कविलासमा हिल भ्युटावर राखेर दार्जिलिङझैँ विकास गर्न सकिन्छ । त्यहाँबाट गोरखा, तनहुँ, मकवानपुर, चितवन मज्जाले देख्न सकिन्छ । त्यसकारण कविलासमा हिल भ्युटावर राख्ने एजेन्डा हामीले बनाएका छौँ ।

मंगलपुर, मेघौलीलगायतका क्षेत्रमा बाढीले हजारौँ बिघा जमिन कटान गरेको छ । त्यसलाई व्यवस्थित गर्नुपर्ने बाध्यता हामीसँग छ । त्यसकारण बाढी नियन्त्रणको एजेन्डा हाम्रो स्थानीय एजेन्डा हो । भरतपुरमा चक्रपथको निर्माण आवश्यक छ । चक्रपथ बनाउँदा बाढी नियन्त्रण गर्ने उपायसहितको हुने गरी हामीले एजेन्डा बनाएका छौँ । त्यसैगरी, सुकुम्बासी समस्या भरतपुरको जटिल समस्याका रूपमा रहेको छ । त्यसलाई व्यवस्थापन गर्नैपर्नेछ । त्यसका लागि पनि हामीले एजेन्डा तय गरेका छौँ । सुकुम्बासी समस्या समाधान निर्वाचनको स्थानीय एजेन्डा हो ।

चितवन पोल्ट्री, मेडिकल, केरालगायतका विभिन्न कुराको राजधानीका रूपमा कहलिन्छ । तर पनि ती क्षेत्रको समस्या भने सम्बोधन हुन सकेको छैन । त्यसमा हामी लाग्नेछौँ । भरतपुर मेडिकल सिटीको रूपमा चर्चा कमाउने तर निजी अस्पतालले गरिब तथा विपन्न जनतालाई दिनुपर्ने १० प्रतिशत शैयाको निःशुल्क सेवा कार्यान्वयन गरेका छैनन् । यस्तो सरकारी व्यवस्थामा गरिबको पहुँचको समस्यालाई हाम्रो पार्टी मेयरमा निर्वाचित भएमा जसरी पनि कार्यान्वयन गराउँछौँ । त्यसैगरी, भरतपुरमा एउटा रंगशाला पनि छैन । रंगशाला बनाउन सक्ने गरी भरतपुरमा जग्गा प्रशस्त छ । हाम्रो स्थानीय एजेन्डाका रूपमा रंगशाला बनाउने पनि छ ।

देवघाटदेखि त्रिवेणीसम्म पर्यटकका लागि जलक्रिडा गराउने गरी संरचना विकास गर्ने एजेन्डा पनि समेटेका छौँ । पर्यटकीय गन्तव्यको क्षेत्रमा थप विकास गर्नुपर्ने भएकाले भरतपुरमा तारे होटेल सञ्चालनमा पनि जोड दिइनेछ । क्यान्सर अस्पालतको सुधार, कृषि विश्वविद्यालयको विकास गर्ने एजेन्डा पनि समेटिनेछ । चितवनमा अहिले पनि छुवाछुत र भेदभाव छ । दलितलाई मन्दिर प्रवेशमा रोक लगाउने कुरालाई नियन्त्रण गरिनेछ । मन्दिर सबैका लागि खुला हुनुपर्छ भनेर अभियान चलाउनेछौँ । त्यसको अन्त्य गर्न जनचेतना अभिवृद्धि पनि स्थानीय एजेन्डाका रूपमा रहेको छ । ग्रिन सिटीको रूपमा भरतपुरलाई विकास गरी १० वर्षपछि मेट्रो रेल सञ्चालनमा ल्याउने एजेन्डा हाम्रो स्थानीय निर्वाचनका एजेन्डा हुन् ।

यमबहादुर परियार जिल्ला संयोजक तथा भरतपुर महानगर इन्चार्ज, माओवादी केन्द्र

सुकुम्बासी समस्या समाधानमा जोड
हाम्रो क्षेत्रको निकै ठूलो र जटिल समस्या भनेको सुकुम्बासी समस्या हो । त्यसलाई व्यवस्थापन गर्ने योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ । वास्तवमा यो योजनालाई हाम्रो पार्टीले अहिलेको स्थानीय निर्वाचनमा मुख्य एजेन्डाका रूपमा अगाडि सारेको छ । खासगरी, पहिलेका निर्वाचनमा एजेन्डा प्रस्तुत हुने तर काम नहुने अवस्था थियो । त्यस्तो प्रवृत्तिको अन्त्य आवश्यक छ । त्यसका लागि हामी सचेत छौँ । त्यसकारण अहिले प्रस्तुत एजेन्डा कार्यान्वयनलाई प्राथमिकतामा राखेर अगाडि बढ्छौँ ।

त्यसैगरी, भरतपुरको क्यान्सर अस्पताल आफैँ क्यान्सर लागेको जस्तो भएको छ । त्यसको उपचार र बचाउ गर्नुपर्ने अवस्था छ । त्यसमा हामी ध्यान दिनेछौँ । हुन त क्यान्सर अस्पतालको उपचार गर्नुपर्ने नीति केन्द्रीय नीतिमा पर्छ, तर हामीले स्थानीय एजेन्डाका रूपमा पनि यसलाई बनाएका छौँ । त्यसैगरी, अहिले चितवन पर्यटकीय गन्तव्यका रूपमा तेस्रो स्थानमा रहेको छ । पर्यटकबाट हुने आम्दानीले चितवनलाई महत्वपूर्ण योगदान गरेको छ । त्यसैले हामीले चितवनलाई सके पहिलो गन्तव्य, नसके दोस्रो गन्तव्यका रूपका विकास गर्ने एजेन्डा पनि समेटेका छौँ । जगतपुर, मेघौलीलगायतका क्षेत्रलाई पनि थप विकसित गर्नुपर्नेछ ।

डा. ईश्वरीराज लौडारी जिल्ला सदस्य, कांग्रेस

व्यवस्थित सहरीकरणमा जोड
हामीले स्थानीय निर्वाचनको एजेन्डामा व्यवस्थित सहरीकरणलाई प्राथमिकतामा राखेका छौँ । भरतपुरमा सडकको स्तरोन्नति गर्नुपर्नेछ । अहिलेको सडक सञ्जालले मात्रै भरतपुर महानगरको महत्व र आवश्यकतालाई परिपूर्ति गर्दैन । त्यसले गर्दा भरतपुरमा चक्रपथ निर्माण गर्ने एजेन्डा पनि छन् । यसका दुईवटा पक्ष छन्, एउटा सडकको स्तरोन्नति साथै यातायातको सहज पहुँच हुनेछ, अर्कातिर नारायणी नदीकटानको समस्या समाधानका लागि पनि काम गर्ने गरी योजना बनाएका छौँ ।

त्यसैगरी, ओभरहेड ब्रिज निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसलाई हामीले आफ्नो एजेन्डामा समेटेका छौँ । बोटानिकल गार्डेन, क्लिन चितवन, मेडिकल सिटीको अभियान पनि हाम्रो एजेन्डामा पर्छन् । भू–उपयोग नीतिको अभावमा भरतपुरको जमिन अव्यवस्थित र उपयोगमा समस्या देखिएको छ । त्यसको सम्बोधन गर्न स्थानीय एजेन्डा बनाएका छौँ । त्यसका लागि बस्ती विकासको क्षेत्र, औद्योगिक, कृषि क्षेत्रलगायतको पहिचान गरिनेछ । र, त्यसैअनुसार सहरीकरणमा ध्यान दिइनेछ ।

स्थानीय निजी उद्यमीहरूले आत्मसम्मान पाएका छैनन् । उनीहरूलाई प्राथमिकतामा राखेर योजना र लगानीको समस्या सम्बोधन गर्ने एजेन्डा पनि छ । जलसम्पदाको उपयोग, सौर्य ऊर्जामा विकास, बायोग्यास र प्राविधिक शिक्षामा हामी जोड दिनेछौँ, त्यसले उद्यमशीलता र आत्मनिर्भरतामा जोड पुग्नेछ । रोजगारी प्रवद्र्धन नीति तय गर्नुपर्ने बाध्यता छ । त्यो एजेन्डालाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । निःसहाय वृद्धा, अपांगलाई दिने सेवा सुविधाका विषयमा पनि हामीले एजेन्डा तयार गरेका छौँ ।

स्थानीय निर्वाचनलाई केन्द्रित गरेर नयाँ पत्रिकाले सञ्चालन गरेको यो अभियानमा भोलि पोखरा लेखनाथ महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाबाट विशेष प्रस्तुति