विराटनगर र धनगढीबीच उपाधि भिडन्त
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

सीताराम, श्रवण, कैलाली   |   बैशाख ०८, २०७४

कप्तान पारस खड्काले ४१ बलमा ६ चौका र ४ छक्का प्रहार गरेपछि धनगढीले फाइनलमा स्थान बनायो, डिपिएल लिगको उपाधिका लागि रुपन्देहीले शनिबार विराटनगरको सामना गर्ने

धनगढी टिम चौराहा ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अब धनगढीले उपाधि भिडन्तमा विराटनगरको सामना गर्नेछ । बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा धनगढी रूपन्देही च्यालेन्जर्समाथि ९२ रनको सानदार जित निकाल्दै उपाधिनजिक पुगेको हो ।

धनगढीको अञ्चल प्रहरी कार्यालयको मैदानमा कप्तान पारस खड्का प्रेरित धनगढीले ५ विकेटको क्षतिमा १ सय ७२ रन जोड्यो । प्रतियोगितामा यो दोस्रो ठूलो योगफल हो । यसअघि लिग चरणमा काठमाडौं गोल्डेन्सले विराटनगरविरुद्ध १ सय ७३ रन जोडेको थियो । धनगढीले प्रस्तुत गरेको लक्ष्य पछ्याएको रूपन्देही १५.२ ओभरमा ८० रनमै अलआउट भयो । लिग चरणमा रूपन्देहीले लगातार चार खेलमा जित निकालेको थियो । रूपन्देहीले अन्तिम दुई महत्वपूर्ण खेलमा हार सामना गर्यो ।

पारसको उत्कृष्ट ब्याटिङ
सुरुवाती खेलमा कमजोर ब्याटिङ गरेको धनगढीका कप्तान पारस फर्ममा फर्किएका छन् । पारसले ४१ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बटुले । प्रतियोगितमा यो अहिलेसम्मको उच्च स्कोर हो । पारस प्रतियोगितामा अर्धशतक बनाउने तेस्रो खेलाडी पनि बने । यसअघि धनगढीकै आरिफ शेखले काठमाडौंविरुद्ध ५८ रन प्रहार गरेका थिए ।

प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका अत्तरियाका योगेन्द्रसिंह कार्कीले काठमाडौंविरुद्ध नै ५७ रन बनाएका थिए । प्रतियोगिताको उच्च स्कोर बनाएपछि कप्तान पारसले खराब बलमा बाउन्ड्री हान्दा रन बनेको प्रतिक्रिया दिए । पारसले भने, ‘आज खराब बलहरू आएका थिए, त्यसलाई पनि बाउन्ड्री हान्न सफल भएँ, फाइनलमा पनि यस्तै प्रदर्शन गरेर आफ्नो टोलीलाई ट्रफी जिताउन चाहन्छु ।’

धनगढीका ब्याट्सम्यान फर्ममा
दोस्रो क्वालिफायर खेलमा धनगढीका अन्य ब्याट्सम्यान पनि चम्किए । ओपनर राजु रिजालले २५ रन र अनिल मण्डलले १३ रन जोडे । अनिल प्रतियोगिताकै सर्वाधिक रन प्रहार गर्ने ब्याट्सम्यानको शीर्ष स्थानमा उक्लिएका छन् । अनिलले ७ खेलमा १ सय ४९ रन जोडेका छन्।

दोस्रो स्थानमा रहेका पारसले अनिलभन्दा ३ रन कम जोडेका छन् । राजु र अनिलबीच पहिलो विकेटका लागि तीन ओभरमा २९ रनको साझेदारी भयो । अमरसिंह रटेउलाले १२ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडे । आक्रामक रूपमा प्रस्तुत भएका सौरभ खनालले बलमा समान दुई चौका र छक्का प्रहार गरी नटआउट २४ रन बनाए । बलिङतर्फ रूपन्देहीका कृष्ण कार्कीले २ विकेट लिए ।

रूपन्देहीमाथि बलर हावी
रूपन्देहीका ब्याट्सम्यानमाथि धनगढीका बलर हावी भए । ओपनरद्वय हरिशंकर साह ४ तथा शंकर राना ९ रनमा आउट भए । विक्रम सोब ५ रनमा आउट हुँदा रूपन्देहीको इनिङ संकटमा परेको थियो । रूपन्देही पाँच ओभरभित्र ४०-२ को स्थितिमा थियो । त्यसपछि पुष्प थापाले १३ तथा राजेश पुलामी मगरले १४ रन जोडे । रूपन्देहीको इनिङ ध्वस्त पार्ने क्रममा धनगढीका स्पिनर ललित राजवंशी र तीव्र गतिका बलर सौरभ खनालले समान ३ विकेट लिए । आरिफ शेखले २ तथा सुसन भारीले १ विकेट हात पारे ।