उपत्यकाको ट्राफिक समस्या समाधान गर्न आइजिपी अर्यालको निर्देशन
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

अली असगर, काठमाडौं   |   बैशाख ०८, २०७४

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले ट्राफिक प्रहरीलाई तत्काल सडकको ट्राफिक समस्या समाधान गर्न कडा निर्देशन दिएका छन् । बिहीबार उपत्यकाका ट्राफिक प्रहरी अधिृकतहरूसँगको भेटघाटमा आइजिपी अर्यालले यस्तो निर्देशन दिएका हुन् ।
उपत्यकाको सडक समस्या समाधान तथा भ्रष्टाचारलाई शून्य सहनशीलता कायम गर्नेमा विशेष तदारुकताका साथ काम गर्न ट्राफिक प्रहरी अधिकृतहरूलाई आइजिपी अर्यालले निर्देशन दिएका हुन् ।

पहिलो प्राथमिकतामा सडक समस्या समाधान
आइजिपी अर्यालले काठमाडौंको सडक समस्या झन् बढ्दै गएकोप्रति दुःखी हुँदै यसको समाधान गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । उपत्यकामा सडक समस्या दिन–प्रतिदिन बढ्दै गएको भन्दै उनले बिहीबार उपत्यकाका ट्राफिक प्रहरीका अधिृकतहरूसँगको भेटघाटमा जनताको सेवामा तन र मनले प्रभावकारी सेवा दिन सुझाब दिए ।

गलत गर्ने प्रहरीलाई कारबाही
ट्राफिक प्रहरी अधिकृतसँगको भेटमा प्रहरी महानिरीक्षक अर्यालले ट्राफिक प्रहरीबाट कुनै पनि खालको अनियमितता भए कुनै पनि हालतमा नछाड्ने चेतावनी दिए । प्रहरी राष्ट्रका सेवक हुन्, आइजिपी अर्यालले भने, ‘यदि कुनै पनि प्रहरीबाट अनियमितता भएको पाइए त्यसको जिम्मेवार प्रहरी अधिकृतहरू हुनेछन्, अनियमितता गर्ने प्रहरी मात्रै होइन, प्रहरी अधिकृतलाई पनि छाडिनेछैन ।’ आइजिपी अर्यालले ट्राफिक प्रहरीलाई काम गर्न चुनौती भए पनि पन्छिन भने नपाइने बताए । ‘करिब ४५ मिनेट ट्राफिक प्रहरीलाई ब्रिफिङ गर्दै अर्याले भने, ‘प्रहरी जनताको सेवक भएकाले जनतासँग मीठो व्यवहार गर्दै प्रहरी इमेजलाई ख्याल गरेर कडाइका साथ आफ्नो दायित्व पूरा गर्नुस् ।’

कानुन उल्लंघन गर्ने जोसुकै होस्, कारबाही हुन्छ
महानिरीक्षक अर्यालले कानुनको उल्लंघन गर्ने कसैलाई पनि नछोड्ने आफ्नो अडान रहेको बताए । उनले भने, ‘कानुनअनुसार नचल्ने र यसलाई उल्लंघन गर्ने कसैलाई पनि छाडिँदैन, कडा कारबाही हुनेछ ।’ उनले भ्रष्टाचार गर्ने प्रहरीलाई त्यस्तै खालको व्यवहार हुने र राम्रो काम गर्ने प्रहरीलाई सम्मान गरिने बताए ।

प्रहरी इमानदारिताका साथ लागे आपराधिक घटना न्यूनीकरण हुने उनको भनाइ छ । उत्कृष्ट काम गर्ने प्रहरीलाई हेडक्वार्टरको सधैँ साथ रहनेछ, उनले भने, ‘आफ्नो धर्मअनुसार सबै ठाउँमा कडाइ गर्नुस्, कुनै पनि हालतमा कसैसँग सम्झौता नगर्नुस् ।’ कानुन उल्लंघन गर्ने जोसुकै भए पनि कानुनी दायरमा ल्याउनबाट आइजिपी पछि नहट्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।