कामदारबाटै मालिक असुरक्षित
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नवराज मैनाली, काठमाडौं   |   बैशाख ०८, २०७४

गत १५ चैतमा ताहाचलनिवासी व्यवसायी निर्मल ताम्राकारको घरमा लुटपाट भयो । आफूहरू सिआइबीको प्रहरी भन्दै घरभित्र छिरेका तीनजना युवकले तीन तोला सुन र १५ हजार रुपैयाँ नाटकीय शैलीमा लुटेर भागे । करिब आधा घन्टा घरका सदस्यलाई हतियार देखाई नियन्त्रणमा लिएर उनीहरूले लुटपाट गरेका थिए ।

लुटपाटमा संलग्न एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका क्रममा ताम्राकारको घरमा काम गर्ने एक किशोरीकै मिलेमतोमा दिउँसै लुटपाट भएको खुलेको छ । घरेलु कामदारका रूपमा ताम्राकारकै घरमा बस्ने किशोरीमार्फत घरका बारेमा सबै सूचना लिएर प्रहरी भनेर लुटपाट गरिएको थियो ।

आफ्नै कामदारको सहयोगमा भएको अपराध कुनै नौलो भने होइन । राजधानीमा लुटपाट, डकैती तथा अपहरणसम्मका घटना कामदारहरूबाटै भएका छन् । पृष्ठभूमि नबुझी कामदार राख्दा कतिपयले उनीहरूबाटै ठूलो समस्या झेलेका छन् । कामदारको पृष्ठभूमि र स्वभावबारे जानकारी नलिई काममा लगाउँदा उनीहरूबाटै सुरक्षा जोखिम बढेको प्रहरी अधिकारी बताउँछन् । महानगरीय अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार कतिपय व्यक्तिलाई आफ्नो कामदारको घरको ठेगानासमेत थाहा हुने गरेको छैन । कुनै पनि व्यक्तिलाई काममा लगाउँदा उनीहरूको विस्तृत विवरण बुझ्नुपर्ने उनको भनाइ छ ।

सुन डकैती
गत १८ चैतमा न्युरोड मरुटोलमा शिव मइतीले सञ्चालन गरेको गहना कारखानाबाट ६४ तोला सुन डकैती भयो । तीनजना प्रहरीसमेतको मिलेमतोमा पेस्तोल र हतकडी देखाएर डकैती भएको थियो । डकैतीमा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा उनकै पसलमा काम गर्ने एक भारतीय कालिगडको सूचनाका आधारमा डकैती भएको खुलेको छ । सूचना दिने ती कामदार भने फरार छन् ।

सो कारखानामा अवैध सुनको समेत कारोबार हुने भन्दै ती कामदारले आफ्ना साथीलाई बताएका थिए । सोही सूचनाका आधारमा डकैती भएको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका तीनजना प्रहरीसमेत मिलेर सुन डकैती गरेका थिए । महाशाखाले प्रहरी जवान अजय गुरुङ तथा डकैती गर्न गएका सुभाष खरेल, राजकुमार तामाङ, सुन्दर तामाङ, क्षितिज तामाङ र लाप्साङ लामालाई पक्राउ गरेको छ । डकैतीमा संलग्न सोह्रखुट्टे वृत्तका हबल्दार बलबहादुर मगर र जवान नवीन ढकाल फरार छन् ।

‘आफ्नै कामदारबाट अपहरण, लुटपाट तथा डकैतीका घटना राजधानीमा बढ्दै गएका छन् । पृष्ठभूमि नबुझी कामदार राख्दा कतिपयले उनीहरूबाटै ठूलो समस्या झेलेका छन् । कामदारको पृष्ठभूमि र स्वभावबारे जानकारी नलिई काममा लगाउँदा उनीहरूबाटै सुरक्षा जोखिम बढेको प्रहरी अधिकारी बताउँछन् ।’

मालिकको अपहरण
गत ५ फागुनमा मखनका कपडा व्यवसायी श्यामसुन्दर अग्रवाल आफ्नै पसलमा काम गर्ने राधिका श्रेष्ठबाट अपहरणमा परे । श्रेष्ठले सुन्धाराको गेस्टहाउसमा भेट्न बोलाएर अग्रवालको अपहरण गरेकी थिइन् । १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर उनलाई मुक्त गरिएको थियो । अपहरणपछि राधिकालाई उनकै प्रेमी प्रकाश लामिछानेले हत्या गरे । अपहरणमा राधिकालाई प्रयोग गरेका उनले आफू जोगिन हत्या गरेका थिए । अग्रवालको अपहरण तथा श्रेष्ठको हत्यामा संलग्न प्रकाशका सहयोगीहरू किशोरी गिरी र सरोज घोरासैनेलाई प्रहरीले ९ चैतमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

फिरौती असुली
घटना गत असोजको हो । एक युवकले आफ्ना पूर्वमालिकका बच्चालाई धम्क्याएर पैसा असुले । बारा घर भएका १८ वर्षीय अनिल महतोले व्यवसायी सुरेशकुमार रौनियारका छोरालाई धम्क्याएर पैसा असुलेका हुन् । रौनियारका १२ वर्षीय छोरालाई ब्ल्याकमेल गरी उनले पैसा असुलेका थिए । काम छाडेपछि करिब ५–६ महिनासम्म महतोले रौनियारका छोरासँग ब्ल्याकमेलिङ गरेर करिब १५ लाख रुपैयाँ असुलेका हुन् । यस कुराको सुइँको पाएपछि रौनियारले प्रहरीलाई खबर गरे र महतो प्रहरीको फन्दामा परे । आफू भूमिगत संगठनको मान्छे भएको र पैसा नदिए परिवारका सबैलाई सिध्याइदिने भन्दै उनले पैसा असुलेका थिए ।

काम गर्ने घरमै लुटपाट
गत ९ पुसमा डिल्लीबजारमा कामदारकै योजनामा डकैती भएको थियो । कञ्चनपुरको झलारी घर भएका सुनील धामीले सुरज अवस्थीसँग मिलेर डिल्लीबजारनिवासी लीला पाठकको घरबाट तीन लाख ७५ हजार रुपैयाँ डकैती गरेका थिए । धामी सोही घरमा काम गर्थे । प्लस टूको परीक्षा दिन गाउ“ जाने भन्दै उनी बिदामा बसेका थिए । त्यही वेला उनले डकैती गरेका हुन् । घरमा महिला मात्र बस्ने र सबै जानकारी भएकाले उनलाई डकैती गर्न सहज भएको हो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी महेश थापाका अनुसार गत २९ पुस राति उनीहरूले लुटपाट गरेका हुन् । मुखमा मास्क लगाएर उनीहरू छतबाट घरको किचन कोठामा छिरेका थिए । किचनमा रहेको ग्यासको पाइप काटेर उनीहरूले घरधनी बस्ने कोठामा ग्यास खोलिदिए । गन्हाएपछि ग्यास ‘लिक’ भयो भनेर उठेर किचनतर्फ जान लाग्दा खुकुरी देखाई घरमा रहेका तीनजनालाई नियन्त्रणमा लिएर उनीहरूले नगद चोरी गरेका हुन् ।

कोठामा भित्रबाट ताला लगाएकाले ताला फुटाउन कठिन भएको र ढकढक गर्दा पनि हल्ला हुने डरले ग्यास लिक गरेर सुतिरहेका व्यक्तिलाई ढोका खोल्न लगाई लुटपाट गरेका हुन् । लुटेको पैसा लिएर उनीहरू कञ्चनपुर पुगेका थिए । कञ्चनपुरबाट उनीहरू घटनाको दुई सातापछि पक्राउ परेका थिए । उनीहरूले हातखुट्टा बाँध्न खोज्दा चाबी दिएपछि खुुकुरी देखाई नकराउन भन्दै धम्क्याएर दराजमा रहेको पैसा लुटेका हुन्।