टुट्नै लागेको सम्बन्ध बिहेको उपहारले जोगायो
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४

अमेरिकाको मिसिगनका कैथी गुन र उनका पति ब्रेन्डन सन् २००७ मा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको बिहेमा एउटा उपहार आयो, जुन कैथीकी हजुरआमाले दिएकी थिइन् । तर, बिहेको नौ वर्षसम्म पनि उनीहरूले उपहार खोलेनन्, किनभने उनीहरूले गिफ्ट बक्समा लेखिएको निर्देशन पालना गरेका थिए । सेतो कागजले बेरिएको बट्टाको बाहिरै लेखिएको थियो, ‘पहिलो असहमतिसम्म यो उपहार खोल्दै नखोल ।’

कैथी र ब्रेन्डनले हजुरआमाको कुरा मानेर लामो समयसम्म उपहार खोलेनन् । उनीहरूको अनुमान थियो, बट्टाभित्र वैवाहिक सम्बन्ध टुट्नबाट जोगिने उपाय सुझाइएको हुन सक्छ ।’ वैवाहिक जीवनको नौ वर्षे अवधिमा कयौँपटक सम्बन्धमा उतारचढाव पनि आए, तर उनीहरूले बट्टा खोलेनन् । जब सम्बन्धबाट अलग हुने स्थतिमा उनीहरू आइपुगे, तब कैथीले हजुरआमाको उपहार सम्झिन् । अब, दुवैले बट्टा खोलेर हेर्ने निचोड निकाले ।

सहमतिमा बट्टा खोल्दा त्यहाँ एउटा वाइन ग्लास, बाथ प्रोडक्ट्स र केही नगद पैसा देखियो । यति मात्रै थिएन, केही लेखिएको पनि थियो । ‘पिज्जा, झिंगा या केही यस्तै खाना खान साथै जाऊ, जुन दुवैलाई मन पर्छ,’ लेखिएको थियो ।

हजुरआमाको उपहार हेरेपछि र सुझाब पढेपछि कैथी र ब्रेन्डनको सोचाइ बदलियो । उनीहरू निर्णयमा पुगे, रिसाएर होइन, खुसी भएर आनन्दको जीवन जिउनुपर्छ । उपहारसँग सम्बन्धित यो यथार्थ घटना कैथीले फेसबुकमा पोस्ट गरेपछि त्यसलाई हजारौँले सेयर गरेका छन्।