अभि सुवेदीका चर्चित विद्यार्थी : सरल प्रचण्ड, हक्की कमल, मिहिनेती चित्रलेखा, प्रतिभावान् रवीन्द्र
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०७, २०७४

प्रा.डा. अभि सुवेदीको परिचय एउटा मात्रै छैन । समालोचक, भाषाविद्, कवि, निबन्धकार, अनुवादक उनका परिचय हुन् । सबैभन्दा ठूलो परिचय त उनले प्राध्यापनमा बनाए । त्रिभुवन विश्वविद्यालयमा ४० वर्ष पढाएको अनुभव सुवेदीसँग छ । प्राध्यापनको यो लामो अवधिमा उनका विद्यार्थी बनेर कक्षामा छिरेका थिए, हालका प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापादेखि चर्चित राजनीतिकर्मी । उनले पढाएका विद्यार्थी राज्यका विभिन्न निकायमा छरिएका छन् । प्राध्यापनबाट सेवानिवृत्त भएका सुवेदीलाई नयाँ पत्रिकाका भवानीश्वर गौतमले पुराना दिन सम्झिन लगाए, उनले सम्झिए :

त्यतिवेलै जिउ हल्लाउँथे प्रचण्ड

पाटन संयुक्त, भक्तपुरलगायतका क्याम्पसमा पढाउन लोकसेवा पास गरेकै हुनुपथ्र्यो । मैले पनि लोकसेवा पास गरेर पाटन संयुक्त क्याम्पसमा पढाउन थालेँ । त्यहाँ, पद्मकन्याभन्दा फरक महसुस भयो । किनभने छात्रछात्रा दुवै विद्यार्थी थिए । त्यतिवेला भर्खर साइन्स खुलेको थियो, प्रयोगशाला राम्रो थिएन । यो ०३१ सालतिरको कुरा हो ।

साइन्स पढ्ने विद्यार्थीलाई अंग्रेजी अनिवार्य थियो । त्यसैले मैले पनि साइन्सका विद्यार्थी पढाउने मौका पाएँ । ‘स्टोरिज फ्रम सेक्सपियर’ पढाउँथे । कक्षाका धेरै विद्यार्थीमध्ये दुई विद्यार्थीमाथि मेरा आँखा बढी नै पथ्र्यो । उनीहरू अगाडि बेन्चमा बस्थे । मोटो शरीरका एउटा विद्यार्थी खुब जिउ हल्लाउँथे । ती विद्यार्थीलाई क्याम्पस प्रमुख मंगलराज जोशीले पनि अघिपछि लगाएर हिँड्नुहुन्थ्यो । उनी ‘कन्स्ट्रक्टिभ’ थिए, ल्याब सेटअपमा पनि सहयोग गर्थे । पढाइमा अरूलाई सहयोग गर्ने, मिलनसार र सरल स्वभाव थियो । उनका साथी पनि उस्तै थिए ।

ती जिउ हल्लाउने मोटा विद्यार्थी नै पछि प्रचण्ड भएका रहेछन् भन्ने मलाई निकै ढिला थाहा भयो । शान्ति प्रक्रियामा आएपछि प्रा.डा. लोकराज बरालमार्फत उहाँसँग भेट भयो । प्रचण्ड र बाबुरामसँग १८–२० जना प्राध्यापकको भेट भएको थियो । बाबुरामलाई पहिल्यै चिनेँ । तर, प्रचण्डचाहिँ ऊवेलाको मेरै विद्यार्थी हो भन्ने ठम्याउन सकिनँ । जब सम्बोधनका क्रममा प्रचण्डले मलाई नै सम्बोधन गर्दै ‘सरले बिर्सिनुभयो, मलाई पढाउनुभएको थियो’ भन्नुभयो तब पो थाहा भयो । त्यतिवेला मैले पनि ठट्टा गर्दै ‘जुँगा हटाएको अनुहार कल्पिएपछि मैले पनि चिनेँ’ भनेँ । पछि एउटा अन्तर्राष्ट्रिय फोरममा उहाँबारे कुरा उठ्दा ‘प्रचण्डलाई मैले नै पढाएको हो, विश्वास गर्दा हुन्छ’ भनेको थिएँ ।

भिन्न विचारसँग भिड्थे कमल थापा

हालका उपप्रधानमन्त्री कमल थापालाई पनि मैले पढाएँ । पाटन संयुक्त क्याम्पसमै पढाएको हुँ । प्रचण्डभन्दा केही वर्षपछि थापालाई पढाएको हुँ । त्यतिखेर थापाको व्यक्तित्व बाहिरै देखिन्थ्यो । स्वभाव नै हक्की खालको थियो, परिआए भिड्न पनि तयार भइहाल्ने । त्यतिवेलै मैले मनमनै सोच्थेँ, ‘यो केटो राजनीतिज्ञ हुन्छ ।’ हेर्दा आकर्षक देखिने उनी आफूभन्दा भिन्न विचारकासँग भिड्न तयार हुन्थे ।

कुनै सभा समारोहमा आफ्ना गुरु बसेका छन् थापाले सम्बोधन गरिहाल्थे । मेरो नाम पनि सम्बोधन गरेकाले त्यो वेलाको कमल थापाको सम्झना राम्रैसँग हुन्छ । उनमा गुरु मान्ने परम्परा थियो । पञ्चायतको समर्थनमा सक्रिय रहन्थे र पढाइमा पनि ‘इन्टेलिजेन्ट’ थिए । कीर्तिपुरमा पढाउँदा पनि थापाको स्वभावमा परिवर्तन आएको मैले पाइनँ ।

त्यतिवेलै राजनीति गर्थे लीलामणि पोखरेल

हाल माओवादी केन्द्रका नेता लीलामणि पोखरेललाई पनि पाटनमा पढाएको हुँ । लीलामणि पनि निकै हक्की स्वभावका थिए ।

त्यतिवेलै उनको राजनीतिक सक्रियता देखिन्थ्यो । पाटनमै हरिबोल गजुरेललाई पनि पढाएको हुँ, तर उनको बारेमा भने खासै जानकारी थिएन ।

प्रतिभावान् थिए रवीन्द्र मिश्र

रवीन्द्र मिश्रलाई पनि मैले पढाएँ । मिडियामा चर्चा कमाएर अहिले राजनीतिमा छिरेका उनलाई मैले सधैँ नियालिरहेको छु । एमएमा उनलाई पढाएको हुँ ।

त्यतिवेलै पनि उनी प्रतिभावान् नै थिए । कविता, निबन्धलगायत लेखनमा कलम चलाउन रुचि राख्थे । आफूले पढाएको विद्यार्थीको रेडियोमा आवाज सुन्दा, उनले सान्दर्भिक अन्तर्वार्ता लिँदा खुब आनन्द हुन्थ्यो ।

मिहिनेती थिइन् चित्रलेखा यादव

नेत्री चित्रलेखा यादवलाई अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा पढाएँ । त्योवेला चित्रलेखाको स्वभाव विनम्र थियो । कीर्तिपुरमा बसेर मिहिनेतसाथ पढ्थिन् ।

नियमित पढ्ने र मिहिनेत गर्ने बानी थियो । उनी कलेजको शिक्षक बन्छिन् भन्ने लागेको थियो । त्यतिवेला अंग्रेजीमा पढ्नु भनेको हामीजस्तै शिक्षक बन्ने हो भन्ने मेरो सोचाइ थियो ।  उनी कांग्रेसको राजनीतिबाट यति ठूलो नेता हुन्छिन् भन्ने लागेकै थिएन ।

थिएटरमा सफल धेरै विद्यार्थी

सञ्जीव उप्रेती थिएटरमा निकै चलेका छन् । उनी मेरा विद्यार्थी हुन् । अरुण गुप्ता र अर्चना थापा पनि थिएटरमा सफल भएका छन् । यी सबै मेरा विद्यार्थी हुन् । नाट्य निर्देशक सजग राणालाई पनि मैले पढाएको हुँ । अरुणले मैले लेखेको नाटक नै पहिलोपटक निर्देशन गरेर प्रस्तुत गरे । उनमा नाटक प्रस्तुत गर्ने उत्कृष्ट क्षमता छ भन्ने लाग्छ ।

डा. शिव रिजालले मेरो ‘सुपरभिजन’मा थिएटरमै पिएचडी गरे । उनको पिएचडी राम्रो छ । शिव मेरा सहकर्मीजस्तै भए । सँगै नाटक लेख्ने र गर्ने गर्यौँ । पछिल्लो समय मेघराज अधिकारी नाटक अभिनय गर्ने, अनुवाद गर्ने, व्याख्या गर्ने, सेमिनार पेपर तयार गर्नेलगायतका काममा सक्रिय भएर लागेका छन् । त्यसैगरी, पुष्प आचार्य नाटकमा अभिनय, प्रस्तुतिलगायतमा राम्रा व्यक्ति हुन् । रंगमञ्चमा आएका यी सबै मेरा विद्यार्थी हुन् ।

तिखो विश्लेषण गर्थे अजयभद्र खनाल

मिडियाबाट राजनीतितिर लागेका अजयभद्र खनाल पनि मेरा विद्यार्थी हुन् । मेरा प्रिय विद्यार्थी नै हुन् । उनको थेसिस पनि मैले नै सुपरभाइज गरेको थिएँ । उनले अत्यन्तै जटिल विषयमा थेसिस लेखेका छन् । उनमा तिखो विश्लेषण गर्ने खुबी छ ।

उनी राजनीति बुझ्ने व्यक्तिजस्तो लाग्थ्यो, अहिले त आफैँ राजनीतिमा लागे । मेरा विद्यार्थी कोही सीधै राजनीतिमा प्रवेश गरेका छन् भने कोही मिडिया हुँदै राजनीतिमा लागेका छन् । मिडियामा पनि मेरा धेरै विद्यार्थी स्थापित छन् ।

जिस्क्याएर संकटमा पार्ने पिकेका छात्रा
०३० बाट प्राध्यापन सुरु गरेँ । त्यतिखेर पद्मकन्या क्याम्पसमा जागिर थियो । कक्षामा छिर्नेबित्तिकै छात्राहरू देख्दा साधुनीको भीडजस्तो लाग्यो । एउटै पोसाक लगाएका विद्यार्थी देखेपछि मन कताकता आत्तिएजस्तो भयो । मलाई त लाज लागेर पढाउनै गाह्रो भयो । मैले लाज मानेको थाहा पाएपछि त छात्राहरूले नै जिस्क्याउन पो थाले । उनीहरूले ‘बिचरा सरलाई लाज लाग्यो है ?’ भन्दै जिस्क्याउन थालेपछि मलाई त झन् संकट पर्यो । पछि बिस्तारै बानी पर्दै गएपछि सहज भयो ।

विद्यार्थीका सवालमा शिक्षकभित्र द्वन्द्व
विद्यार्थीले आफ्नो विचार नमान्दैमा शिक्षकले दुःख मान्छ भन्ने मलाई लाग्दैन । राम्रो शिक्षकको अवस्था यो हुँदैन । विद्यार्थीहरू फरकफरक विचारका हुन्छन्, भिड्छन्, स्वभाविक नै हो । तर, आफ्ना विद्यार्थीको विचार र कामले देशमा योगदान दिएन भनेचाहिँ दुःख लाग्छ । आफूले दिएको शिक्षाविपरीत गतिविधि गर्दा चोट लाग्छ । शिक्षकमा सहनशीलता बढी हुन्छ भन्ने मेरो अनुभवले बताउँछ । फरकफरक विद्यार्थीको कुरा सुन्दा सबैका कुरा ठीक लाग्दा रहेछन् । एउटा शिक्षकले भने समग्रमा उनीहरूले देशलाई दिने प्रतिफल राम्रो होस् भन्ने नै अपेक्षा राखेको हुन्छ ।

ऊ वेलाका विद्यार्थी अहिलेका विद्यार्थी
हिजो पनि म विद्यार्थीसँग नजिक थिए, अहिले पनि नजिक छु । मसँग व्यक्तिगत सम्बन्ध र संवादको निरन्तरता छ । मेरा विद्यार्थी मित्रवत् छन् । अहिले पनि उत्तिकै सम्वाद गर्छन् । विद्यार्थी ब्रिलियन्ट हुँदै गए, मैले तिनलाई विद्वान्कै रूपमा हेर्छु । उनीहरूले लेखेका कुरा हेर्छु, पढ्छु, खुसी लाग्छ । विद्यार्थीसँग गमक्क परेर टाढा हुने शिक्षक मलाई दुःखी लाग्छ । यस्तो शिक्षकले मज्जा लिन सक्दैन ।