भारतको विज्ञप्ति : स्थिरताका लागि सबै पक्षसँग संवाद गर
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

अनुहारमा पोतो र कोठी निम्तिएर हैरान भएकाहरू रातारात सफा गर्न अनेक लेजर प्रविधि अपनाउँछन् । हतारमा सफा गर्ने नाममा यस्तो गलत बाटो नरोज्न स्किन प्रोफेसनल पभी गुरुङको सुझाब छ :…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

पर्शुराम काफ्ले, नयाँदिल्ली   |   बैशाख ०७, २०७४

नयाँदिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने भारतीय धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेतालाई भेटेकी थिइन् ।

‘भारतीय नेतृत्वले समाजका सबै पक्षलाई साथमा लिएर संवादमार्फत संविधान कार्यान्वयन प्रक्रियामा जाने नेपाल सरकारको जारी प्रयासमा समर्थन दोहोर्याएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले नेपाल–भारत सम्बन्ध साझा इतिहास, सांस्कृतिक मान्यता र खुला सिमानासहित जनस्तरको लामो समयदेखिको सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् । भारतीय नेतृत्वले छिमेक प्रथम नीतिको महत्वमा जोड दिँदै हरेक तप्कामा नेपालसँगको सम्बन्ध सृदृढ गर्ने भारतको उच्च प्राथमिकतामा जोड दिएको छ ।’

राष्ट्रपति भण्डारीको भारत भ्रमणका क्रममा नेपाल र भारत दुवै पक्षले नेपालको नयाँ संविधानबारे आ–आफ्नो अडान व्यक्त गरेका छन् । मंगलबार भएको सबै उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति भण्डारीले नयाँ संविधान समावेशी रहेको र सबै पक्षलाई समेटेको उल्लेख गर्दै निर्वाचनमार्फत समावेशी व्यवस्था कार्यान्वयन हुने उल्लेख गरिन् । तर, राष्ट्रपतिको धारणा मधेसी मोर्चालाई सम्बोधन गर्ने पक्षमा नरहेको भारतीय पक्षको निष्कर्ष छ ।

‘राष्ट्रपति भण्डारीको भनाइले मधेसीसहित नेपालमा मध्यमार्गी असन्तुष्ट समूहलाई संवादमार्फत सहमतिमा लिएर अघि जाने पक्षमा नेपाल छैन भन्ने धारणा स्पष्ट भयो, यसले नेपाल–भारत सम्बन्ध सुमधुर हुँदैन, नेपालले स्थिरता पनि प्राप्त गर्दैन,’ भारतीय विदेश मन्त्रालयसम्बद्ध एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रपतिले सबैलाई मिलाएर जाने कुरा गर्नुभएन, संविधानको अहिलेकै प्रावधान कार्यान्वयनको कुरा गर्नुभयो, त्यसले नेपालमा बृहत् सहमतिको वातावरण बन्ने अवस्था छैन ।’

राष्ट्रपतिले मंगलबार मधेसी मोर्चाको असन्तुष्टि तथा उनीहरूलाई मनाउन संविधान संशोधनको प्रयास भएकोबारे केही उल्लेख गरिनन् । जवाफमा भारतीय नेतृत्वले भने सबैलाई मिलाएर मात्रै संविधानका सबै प्रावधान कार्यान्वयन हुने सन्देश दिएको छ । जानकारहरूको भनाइमा नेपाल र भारत दुवैले आ–आफ्नो अडान राखेका छन्, दुवै पक्ष एक–अर्काप्रति सन्तुष्ट छैनन् । संविधानको स्वागत र समर्थन नगरेको भारतले मधेसी मोर्चालाई सहमतिमा नल्याई नेपालको स्थिरता र संविधानको कार्यान्वयन सम्भव नभएको जोड दिँदै आएको छ । यसैबीच, तीर्थयात्राका क्रममा राष्ट्रपति भण्डारी गुजरात पुगेकी छिन् । उनी बिहीबार उडिसा गएर शुक्रबार दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

मोर्चालाई सहमतिमा ल्याए मात्रै भारतसँग सम्बन्ध विकसित : केभी राजन
नेपालका लागि भारतीय पूर्वराजदूत केभी राजनले मधेसी मोर्चालाई सहमतिमा ल्याएपछि मात्रै भारतसँग सम्बन्ध विकसित हुने टिप्पणी गरे । ‘भारतको स्पष्ट सन्देश छ कि मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्छ र निर्वाचनमार्फत नेपालको लोकतन्त्र सुदृढ गर्नुपर्छ, यसबाट मात्रै नेपालले स्थिरता हासिल गर्नेछ,’ राजनले बुधबार नयाँ पत्रिकासँग भने ।

भारतीय विदेश मन्त्रालयका एक अधिकारीले मधेसी मोर्चासँग अर्थपूर्ण संवाद नभएको र उनीहरूलाई झन् चिढ्याउन खोजिएको टिप्पणी गरे । ‘मधेसको मध्यमार्गी आवाज समेटिएन भने नेपालको तराईमा विखण्डनको आवाज चर्किनेछ, सिके राउतजस्ता मानिसलाई फाइदा पुग्छ र यसले नेपाल–भारत सम्बन्ध विगतको भारत–श्रीलंका सम्बन्धजस्तो हुनेछ,’ अर्का पूर्वराजदूतले नयाँ पत्रिकासँग भने, ‘यसले नेपाललाई त फाइदा गर्दैन, भारतको पनि भलो हुनेवाला छैन ।’ नेपाल र भारत दुवैको दीर्घकालीन स्थिरताका लागि भारतले तराईका मध्यमार्गी आवाज समेटेर जानुपर्ने धारणा राखेको उनको भनाइ थियो ।  तस्बिर: एएफपी