ललितपुरका दुई नगरपालिकामा यस्ता छन् दाबेदार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक पर्ने उपकरण वितरण सुरु गरेको छ । देशभर रहेका १५ वेड क्षमताका १ सय २० प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकलाई उपचारमा आवश्यक पर्ने उपकरण वितरण…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

वीरेन्द्र ओली, नयाँ पत्रिका   |   बैशाख ०६, २०७४

-ललितपुरका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा मतदातामा पनि उत्साह छाएको छ । दलहरू घरदैलो अभियानमा छन् । आकांक्षी मत माग्दै हिँडेका छन् । तर, दलहरूले उम्मेदवार चयन गर्न सकेका छैनन् । 

-देशका अधिकांश स्थानीय तहमा जस्तै महालक्ष्मी र गोदावरी नगरपालिकामा पनि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । निर्वाचित हुने बलियो सम्भावना देखेकै कारण ती दलमा आकांक्षीको संख्या पनि ठूलो छ ।

-ललितपुर जिल्लाका विभिन्न भागमा निर्वाचन आयोगका तर्फबाट मतदाता शिक्षाको कार्यक्रम सञ्चालन भइरहेको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन कार्यालयबाट हुने गतिविधि पनि सुचारु भइसकेका छन् ।

-निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका स्थानमा निगरानी बढाइएको, नियमित चेकजाँच बढाइएको पनि प्रशासन कार्यालयको भनाइ छ ।

ललितपुर जिल्लाका नगरपालिका र गाउँपालिकाका उम्मेदवारको छिट्टै टुंगो लाग्ने भएको छ । कांग्रेस, एमाले र माओवादी केन्द्रले आगामी शुक्रबारभित्र सबै उम्मेदवारको टुंगो लगाउने भएका छन् । ललितपुर जिल्लामा रहेका नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षका उम्मेदवारको यसै साता टुंगो लाग्ने भएको हो ।

कांग्रेस ललितपुर जिल्ला सचिव भीमसेन घिमिरेले नगरपालिका र गाउँपालिकाअन्तर्गतका सबै उम्मेदवारको टुंगो आगामी शुक्रबारभित्र उम्मेदवारको टुंगो लाग्ने जनकारी दिए । एमालेको ललितपुर जिल्ला कार्यसमितिले बिहीबार सबै उम्मेदवारको घोषणा गर्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य राजु आलेमगरले आगामी शुक्रबारभित्र उम्मेदवारको घोषणा भइसक्ने बताए ।

महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिकामा १० वटा वडा छन् । यहाँ मेयरमा कांग्रेसबाट पवनविक्रम थापा, महेश खड्का, हिराबहादुर पौडेल र गणेश सिलवालको चर्चा छ । उपमेयरमा लक्ष्मी महर्जन, ललिता खनियाँ, डंगोल, रञ्जना थापामगर र ऋचा श्रेष्ठ आकांक्षी देखिएका छन् ।
एमालेबाट मेयरमा हरिगोविन्द श्रेष्ठ, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा र किशोर केसीको नाम चर्चामा छ । उपमेयरको चर्चामा रहेकाहरूको नाम सार्वजनिक गर्न एमाले नेताहरूले अस्वीकार गरेका छन् । मेयरमा माओवादी केन्द्रबाट शिवप्रसाद कट्टेल र उपमेयरमा लक्ष्मी सिंहको नाम चर्चामा छ ।

वडा नम्बर १ : कांग्रेसबाट पुष्कर केसी, देशबहादुर राई, एमालेबाट छिरिङ लामा र माओवादीबाट अभिषेक केसीको नाम चर्चामा छ ।

वडा नम्बर २ : यो वडामा एमालेबाट शिवहरि सुवेदी, रामबहादुर केसी, विकास सुवेदी र ध्रुव खत्रीमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ । माओवादी केन्द्रबाट सुरेश महर्जन तथा कांग्रेसबाट जयराम केसी र राजेश सुवेदी पनि पार्टीभित्र अध्यक्षका दावेदार हुन्।

वडा नम्बर ३ : माओवादी केन्द्रबाट सुमन केसीको नाम अध्यक्षको उम्मेदवारको चर्चामा छ । कांग्रेसबाट राजेन्द्रकुमार केसी, पुरुषोत्तम घिमिरे र राजन विष्ट तथा एमालेबाट विनोद कँडेल, जितेन्द्र बस्नेत, कुवेर केसी, लक्ष्मण कँडेल, सुरेश बोगटी, हरिबहादुर कार्की, कृष्ण केसी आकांक्षी देखिएका छन् ।

वडा नम्बर ४  : यो वडामा कांग्रेसबाट पुष्पराज खत्री, रामबहादुर विष्ट र दामु रोक्का अध्यक्षका दाबेदार हुन् । एमालेबाट उद्धव केसी, नवराज बुढाथोकी, लक्ष्मण रोक्का, राजाराम थापा तथा माओवादी केन्द्रबाट कृष्णबहादुर थापा र विष्णु रोक्काको चर्चा छ ।

वडा नम्बर ५  : एमालेका काजी थापा, राजकुमार सिलवाल र सानुभाइ सुवेदीले यो वडामा अध्यक्षको उम्मेदवार बन्न दाबेदारी प्रस्तुत गरेका छन् । माओवादी केन्द्रबाट शरद रानामगर तथा कांग्रेसबाट कपिल केसी, विनोद थापा र लालबहादुर महर्जन आकांक्षी छन् ।

वडा नम्बर ६  : यो वडामा माओवादी केन्द्रबाट महेन्द्र श्रेष्ठको एकल चर्चा छ । कांग्रेसबाट वासुदेव महर्जन तथा एमालेका पनि रवीन्द्र नेम्कुलको एकल चर्चा छ ।

वडा नम्बर ७  : यहाँ कांग्रेसका नन्द केसी, एमालेका नकुल थापा तथा माओवादी केन्द्रका अर्जुन थापालाई अध्यक्षका उम्मेदवारको टिकट पाउने दाबेदार मानिएको छ ।

वडा नम्बर ८  : एमालेबाट अष्टबहादुर महर्जन, कृष्ण श्रेष्ठ, प्रह्लाद विष्ट, लक्ष्मण कार्की र श्याम खत्रीले दाबेदारी प्रस्तुत गरेका छन् । माओवादी केन्द्रबाट सानाकान्छा महर्जन र कांग्रेसबाट श्याममोहन श्रेष्ठ, हरि खड्का र नवराज थापा पनि दौडमा छन् ।

वडा नम्बर ९  : माओवादी केन्द्रबाट मोहन तण्डुकार मात्र चर्चामा छन् । कांग्रेसबाट जयकृष्ण बोगटी, राजशरण सुवाल र विष्णुकुमार चन्द तथा एमालेबाट वासुदेव शर्मा, देवेन्द्र पौडेल, नवीन तण्डुकार र रामशरण घिमिर दाबेदार देखिएका छन् ।

वडा नम्बर १०  : यो वडामा कांग्रेसबाट पेमा लामा र विजय लामामध्ये एकले टिकट पाउने बताइन्छ । एमालेबाट ठूले तामाङ र माओवादी केन्द्रबाट बलराम तामाङ पनि अध्यक्षका उम्मेदवार बन्ने सम्भावना छ ।

गोदावरी नगरपालिका
गोदावरी नगरपालिकामा १४ वडा छन् । मेयरमा कांग्रेसबाट मीनकृष्ण महर्जन, विमलचन्द्र विष्ट, गजेन्द्र महर्जन र पुरुषोत्तम सिलवालको नाम चर्चामा छ । उपमेयरमा विमला घिमिरे, गंगादेवी मुल र विनिता महत आकांक्षी छन् ।

एमालेबाट मेयरमा श्यामकृष्ण सिलवाल, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, रघुनाथ महर्जन र चरसुन्दर महर्जन आकांक्षी देखिएका छन् । उपमेयरमा दाबेदार रहेकाहरूको नाम सार्वजनिक गर्न भने एमालेले अस्वीकार गरेको छ ।

माओवादीबाट मेयरमा श्रीगोविन्द महर्जन, महेन्द्र श्रेष्ठ, लुछी महर्जन, रामप्रसाद दाहाल र दीपेन्द्र श्रेष्ठको नाम चर्चा छ । उपमेयरमा सीता घिमिरे, शान्ति केसी, रुवी श्रेष्ठ र अरुणी सिलवालमध्ये एकजनाले टिकट पाउने सम्भावना देखिन्छ ।

वडा नम्बर १  : यो वडामा कांग्रेसबाट हरिहर कार्की र दिवाकर सुवेदी अध्यक्षको उम्मेदवार बन्ने दौडमा छन् । एमालेका नन्दबहादुर श्रेष्ठ तथा माओवादी केन्द्रका राजु आचार्य र युवराज थापाको चर्चा पनि भइरहेको छ ।

वडा नम्बर २  : एमालेबाट गोकर्ण पुरी, देवेन्द्र बस्नेत, पुष्कर गिरी र महेश्वर सिलवालमध्ये एकजनाले अध्यक्षको उम्मेदवारी दिने चर्चा छ । माओवादी केन्द्रबाट अमृत तामाङ तथा कांग्रेसबाट मनोहर सिलवाल र हरिशरण गिरी आकांक्षी देखिएका छन् ।

वडा नम्बर ३  : यो वडामा माओवादी केन्द्रका तर्फबाट राज घिमिरेले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना छ । कांग्रेसबाट ध्रुवकुमार कुँवर, रमेश सिलवाल र मंगल तामाङ तथा एमालेबाट चीन लामा, दीपक घले, राम बराल, लक्ष्मी आचार्य र बालमुकुन्द घिमिरेको नाम चर्चामा छ ।

वडा नम्बर ४  : कांग्रेसबाट सरोेज अर्याल, एमालेबाट विनायक आचार्य तथा माओवादी केन्द्रबाट मकुन्द पहरी उम्मेदवारको दौडमा छन् ।

वडा नम्बर ५  : यो वडामा एमालेबाट प्रेम पौडेल, रामहरि थापा र यमकुमार श्रेष्ठको चर्चा छ । माओवादी केन्द्रबाट ज्ञानेन्द्रविक्रम सिजापति तथा कांग्रेसबाट पुष्कल महत र मिलन सिलवालको नाम कार्यकर्ता वृत्तमा छ ।

वडा नम्बर ६  : माओवादी केन्द्रले यो वडामा मोहन नगरकोटीलाई उम्मेदवार बनाउने सम्भावना रहेको बताइन्छ । कांग्रेसबाट विष्णुमान महर्जन, राजु तामाङ र गिरिप्रसाद तिमल्सेना तथा एमालेबाट देवेन्द्र महत, बालकृष्ण खड्का र सुमन खड्कामध्ये एकजना उम्मेदवार बन्ने देखिन्छ ।

वडा नम्बर ७  : एमालेबाट कृष्णप्रसाद घिमिरे, गोविन्द तिमिल्सिना र सानुसिंह लामाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट प्रकाश तामाङ र सागरमान तामाङ आकांक्षी छन् ।

वडा नम्बर ८  : यो वडामा एमालेबाट रामकाजी केसीले अध्यक्षमा दाबी गरेका छन् । कांग्रेसबाट दीपक लामाको दाबी छ भने माओवादी केन्द्रका शम्भु विष्ट पनि दाबेदार छन् ।

वडा नम्बर ९  : यहाँ माओवादी केन्द्रले सुन्दर नगरकोटीलाई उम्मेदवार बनाउने सम्भावना छ । कांग्रेसबाट आत्मराम थापा र श्यामगोविन्द श्रेष्ठ तथा एमालेबाट जगतबहादुर स्याङतान, दीपक थापा, भीमसेन नगरकोटी र लक्ष्मीबहादुर नगरकोटी आकांक्षी छन् ।

वडा नम्बर १०  : कांग्रेसबाट शेखर न्यौपाने र कल्याण तामाङमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ । एमालेबाट कृष्णकुमार केसी, दर्शनकुमार विष्ट र प्रकाश केसी तथा माओवादी केन्द्रका रामप्रसाद घिमिरे पनि उम्मेदवारको दौडमा छन् ।

वडा नम्बर ११ : यो वडामा एमालेबाट चित्रराज तिमल्सिना, जितेन्द्र देशार, देवेन्द्र श्रेष्ठ, प्रेमदेवी देशार र विष्णुहरि नकर्मी दौडमा छन् । माओवादी केन्द्रबाट मिथुन महर्जन र भागीराज महर्जन तथा कांग्रेसबाट दिल महर्जन उम्मेदवार छन् ।

वडा नम्बर १२ : माओवादी केन्द्रले यो वडाबाट चन्द्रगोविन्द महर्जन र हरिराम महर्जनमध्ये एकजनालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसबाट जगतबहादुर महर्जन तथा एमालेबाट न्हुच्छेराम महर्जनको नाम चर्चामा छ ।

वडा नम्बर १३ : यो वडामा कांग्रेसले सानुभाइ थापालाई उम्मेदवार बनाउने बताइन्छ । एमालेका भाष्कर थापाको पनि उम्मेदवारी पर्ने सम्भावना छ भने माओवादी केन्द्रबाट दयाराज थापा दाबेदार छन् ।

वडा नम्बर १४ : एमालेबाट अञ्जल महत, चम्पा महर्जन, जनक महत र दिलीप देशारको नाम चर्चामा छ । माओवादी केन्द्रबाट रोमलाल महर्जन आकांक्षी छन् भने कांग्रेसबाट शत्रुधन श्रेष्ठ, रत्नलाल श्रेष्ठ र राजेन्द्र महर्जन पनि दौडमा छन् ।