राष्ट्रपतिको भारत भ्रमण - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०५, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबारदेखि भारतको राजकीय भ्रमणमा छिन् । गत वर्ष कात्तिकमा गणतन्त्र नेपालको द्वितीय राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो । नेपालका सरकार तथा राष्ट्रप्रमुखले पहिलो औपचारिक भ्रमण भारतबाट गर्ने परम्पराले फेरि पनि निरन्तरता पाएको छ । गत वर्ष वैशाखका लागि तय भएको भारत भ्रमण अन्तिम समयमा आएर ओली नेतृत्वको तत्कालीन सरकार गिराउन भारतले भूमिका खेलेको भन्दै नेपालका तर्फबाट अचानक रद्द गरिएको थियो । नेपालले जारी गरेको संविधानलाई असफल बनाउन भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएपछिका राजनीतिक घटनाक्रममा दुई देशबीच जेजस्तो तनाव थियो, त्यसको उच्च अभिव्यक्तिका रूपमा भ्रमण रद्द भएको मानिएको थियो । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सेप्टेम्बरमा दिल्लीको भ्रमण गरेका र भारतीय राष्ट्रपति प्रणव मुखर्जीले गत नोभेम्बरमा नेपाल भ्रमण गरेकाले सम्बन्ध सामान्यीकरण भएको मानिएको छ । यसै क्रममा यसपालि राष्ट्रपति भण्डारीको भारत भ्रमण हुँदै छ ।

गणतन्त्र नेपालका राष्ट्रपतिको भूमिका सेरेमोनियल खालको हुने भएकाले यो भ्रमणले आफैँमा भारतसँगका सम्बन्धमा खास प्रभाव पार्ने अवश्य होइन । यसअघि पनि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले भारतको पटक–पटक भ्रमण गरेका थिए । यस प्रकारको भ्रमणको महत्व भने दुई देशका जनताबीचको सांस्कृतिक सम्बन्धलाई जीवन्त राख्न प्रयोग हुन्छ । एकप्रकारले यस्ता भ्रमण दुई देशका सरकार र जनताबीच सद्भाव र विश्वास वृद्धि गर्ने नियमित प्रक्रिया नै हुन् ।

यता आएर नेपाल र भारतबीचको सम्बन्ध अझै पनि आशंका र अविश्वासका धमिला रेखामा हिँडिरहेको देखिन्छ । नेपालमा जारी राजनीतिक प्रक्रियामा भारतका दृष्टिकोण अस्पष्ट नै छन् । नेपालमा जारी संविधान र त्यसलाई कार्यान्वयन गर्ने क्रममा रहेका केही असहमति र विरोधलाई आधार बनाएर भारतले नेपाली जनतामाथि थोपरेको नाकाबन्दीको तीतो अझै पनि नेपाली जिभ्रोमा कायमै छ । यसैवेला नेपाल गणतन्त्र स्थापनापछिको पहिलो स्थानीय तह निर्वाचनको संघारमा छ । हाम्रो स्थानीय तह निर्वाचन एसियामै पहिलो स्थानीय तहको सरकारका रूपमा हुन लागेको उन्नत लोकतान्त्रिक अभ्यासका रूपमा रहेको छ । यसलाई सफल बनाउन र संविधानमा रहेका असमझदारी हटाउँदै असन्तुष्ट पक्षलाई सामेल गर्नेतिर सरकार र सत्तारुढ दलहरूले प्रयास गरिरहेको भए पनि त्यसले सफलता पाइसकेको छैन ।

अस्ति (आइतबार) देखि मधेसवादी दलहरूले आन्दोलन घोषणा गरेर स्थानीय तहको निर्वाचन हुन नदिने बताएपछि दिल्लीको दृष्टिकोण के हो भन्ने जान्ने उत्सुकता नेपालमा जागेको छ । खासगरी मधेसकेन्द्रित दलले गरिरहेको आन्दोलनमा भारतीय सहयोग र सहानुभूति रहेको सन्दर्भमा यसपटकको आन्दोलनलाई भारतले कसरी हेर्छ भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । राष्ट्रपति भण्डारीको भारत भ्रमणका वेला हुने द्विपक्षीय भेटघाट र संवादका क्रममा भारतीयहरूले औपचारिक लोलोपोतो या गुलियो कुरा मात्र गर्नेछन् या नेपालमा उठिरहेको प्रश्नको जवाफ पनि दिनेछन्, त्यो भने हेर्न बाँकी नै छ । यस्तो वेलामा भइरहेको राष्ट्रपति भण्डारीको भ्रमणले द्विपक्षीय सम्बन्धमा रहेको यो धमिलोलाई पखाल्न सहयोग गर्यो भने यसलाई उपलब्धिमूलक नै मान्नु पर्नेछ । यता राष्ट्रपतिको भ्रमणका वेला जाने र फर्कने दिन सरकारले सार्वजनिक बिदा दिएर गम्भीर आलोचनाको घेरामा भ्रमणलाई धकेलिदिएको छ । वास्तवमा यो सामन्ती ढस्साको निरन्तरताले लोकतन्त्रलाई कमजोर मात्र बनाउ“छ भन्ने सत्ताधारीहरूले कहिले बुझ्लान् खै ?