मृत्युको ३७ वर्षपछि सहिद घोषित रत्न बान्तवा को थिए ? - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

-संसद् अवरोध खुलाउन सरकारले एमालेसँग सहमति गर्दा मधेसी दल फेरि भड्किए -शीर्ष बैठकमा प्रचण्ड, देउवा र ओलीबीच भनाभन -यस्तो छ संशोधन फेल गर्ने एमालेको रणनीति -सहमतिको गोलचक्करमा देश संसद् अवरोध…
पूरा पढ्नुहोस् »

एक दशकदेखि सिने क्षेत्रमा संघर्षरत दीपा थापा नृत्यमा राम्रो दख्खल राख्छिन् । ‘कारबाही’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी उनले ‘द रेन्ज’, ‘लुट कम्पनी’, ‘मेरो देश’लगायतका चलचित्रमा काम गरेकी छिन् ।…
पूरा पढ्नुहोस् »

चलचित्र ‘घामपानी’ हेर्न नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेतृ हिसिला यमी कुमारी हलमा पुगेका छन् । जातीयताले मान्छेको जीवनमा निम्त्याएको कथामा आधारित घामपानी बैशाख १ गते रिलिज…
पूरा पढ्नुहोस् »

दैनिक काम सकेर फुर्सदमा टेलिभिजन हेर्नु राम्रै हो । आवश्यकताअनुसार आफूलाई मन पर्ने कार्यक्रम हेर्दा ‘मुड फ्रेस’ पनि हुनुका साथै विभिन्न जानकारी पनि प्राप्त हुन्छ । तर, कतिपय व्यक्ति भने…
पूरा पढ्नुहोस् »

जिल्लाको चुहानडाँडा गाउँलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । पूरै गाउँमा सहकारी संस्था खोलिएपछि गाउँलाई सहकारी गाउँका रूपमा घोषणा गरिएको हो । कुनै वेला बचत, ऋणका कारोबार गर्न गाउँमा बैंक,…
पूरा पढ्नुहोस् »

  पेरिस/ फ्रान्समा आइतबार राष्ट्रपतिको पहिलोे चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ११ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । स्थानीय समयअनुसार बिहान पाँच बजे सुरु भएको मतदान साँझ ७…
पूरा पढ्नुहोस् »

संकटा क्लबले विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बुधबार भएको सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपाल पुलिस क्लबमाथि ३–० को रवाफिलो जित निकाल्दै संकटा उपाधिनजिक पुगेको हो…
पूरा पढ्नुहोस् »

‘नाइदर राइट नर लेफ्ट’ फ्रान्समा यसै साता भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर दोस्रो चरणमा प्रवेश गरेका उम्मेदवार म्याक्रोंले आफू र आफ्नो दलको राजनीतिक दृष्टिकोणबारे भनेको भनाइ…
पूरा पढ्नुहोस् »

राजकीय भ्रमणको दुई दिन (४ र ५ वैशाख)पछि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत बसाइको औचित्य र उद्देश्य सम्पन्न भयो । आएको दिन औपचारिकता निभाएर भोलिपल्ट उनका सबै उच्चस्तरीय भेटवार्ता सम्पन्न भए…
पूरा पढ्नुहोस् »

स्थानीय तहको प्रथम चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा राजनीतिक दलले आआफ्ना चुनावी प्रतिबद्धता र घोषणापत्र मतदातासमक्ष सार्वजनिक गर्दै छन् । मंगलबार मात्र कांग्रेसले पनि आफ्नो घोषणापत्र…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०५, २०७४

रत्न बान्तवाको जीवनमा २७ को एउटा संयोग रह्यो । २७ चैत ००८ मा जन्मिएका उनी ०३५ चैत २७ मै मारिए, ठीक २७ वर्षकै उमेरमा । रत्न तत्कालीन पञ्चको सिकार भएका थिए । तर, उनै रत्न मृत्युको ३७ वर्षपछि मात्रै राज्यका तर्फबाट सहिद घोषित भए । पञ्चायती व्यवस्थाको सिकार बनेका, तर प्रजातन्त्र प्राप्तिपछि पनि राज्यले लामो समयसम्म सहिद नमानेका रत्न बान्तवा को थिए ? नयाँ पत्रिकाका प्रेम गौतमले रत्नको जन्मथलो इलामको चित्रे पुगेर फिचर तयार पारेका छन् :

रत्न बान्तवाको ३८औँ स्मृति दिवसकै दिन उनको जन्मथलो इलामको चित्रे पुग्ने मौका मिल्यो । पञ्चायतविरुद्ध गुरिल्ला युद्धको तयारी गर्ने उनको विद्रोही स्वभावबारे म केही न केही जानकार नै थिएँ । जब रत्नको संरक्षित घरमा पुगेँ, पहिलो नजर उनले घरमै निर्माण गरेको सुरुङमा ठोक्कियो । जीवित सुरुङले नै रत्नको परिचय दिइरहेको पाएँ । आँखा सुरुङमा डुल्दै गर्दा मेरो मनले रत्नको विद्रोही स्वभाव कल्पिन थाल्यो ।

रत्नको त्यो घर छैन अहिले । तर, पुरानै जगमा अन्तरिक संरचना जोगाउँदै पुनर्निमाण गरिएको छ । घरनजिकै सालिक उभ्याइएको छ । यी दृश्य देखेपछि थप खुल्दुली निमिट्यान्न पार्ने उत्सुकता जाग्यो । भेटेँ, रत्नसँगै सुरुङ निर्माणमा संलग्न बलबहादुर बराइलीलाई । मेरो जिज्ञासा मेटाउँदै उनले सुनाए, ‘यो सुरुङ खन्न ठ्याक्कै एक वर्ष लागेको थियो । अरूले सुइँको नपाऊन् भनेर रातभर खन्थ्यौँ, दिनभर सुत्थ्यौँ।’

बलबहादुरले सुरुङबारे भनिरहेको कुरा आडैमा रहेकी देउकला राईले सुन्दै थिइन् । देउकला रत्नकी दिदी हुन् । बलबहादुरको कुरा बीचैमा काटेर उनले मलाई केन्द्रित गरिन् र भनिन्, ‘भाइ पञ्चायत ध्वस्त पारेर जनताको सत्ता स्थापित गर्न केन्द्रित थियो । रणनीतिक युद्ध योजनाअनुसार घरमै २२ मिटर लामो सुरुङ बनाएको थियो । सुरुङभित्रै १० जना अट्ने बैठक कक्ष पनि तयार पार्यो । आफ्नो घरबाट छिमेकीका घरसम्म पनि सुरुङ खन्दै थियो भने घरभन्दा केहीमाथि ५० जनासम्म बसेर बैठक गर्न मिल्ने हेडक्वार्टर बनाउने योजना थियो ।’

बान्तवाले आफ्नै घरमा बनाएको सुरुङ ।

अब के गरे रत्नले ? उनको योजना के भयो ? मेरो दिमागमा प्रश्न पैदा भइसकेको थियो । रत्नका भतिजा अगमप्रसाद बान्तवालाई सोधेँ, त्यसपछिको घटना ? उनले सुनाए, ‘रत्न त्यतिखेर मालेका केन्द्रीय सदस्य हुनुहुन्थ्यो, पूर्वश–उत्तरको इन्चार्जको जिम्मेवारी उहाँलाई नै थियो । तर, पञ्चायतले उहाँको हत्या गरेपछि सबै योजना अपूरै रहे ।’

किन र कसरी हत्या गर्यो पञ्चायतले ? प्रश्नमा अगमले थपे, ‘मालेकी भूमिगत कार्यकर्ता सुशीला श्रेष्ठ काठमाडौंबाट पूर्व गएकी थिइन् । उनलाई इलामबाट ताप्लेजुङ पुर्याउनुपर्ने थियो । रत्न काका नै त्यो जिम्मामा खटिनुभयो । २७ चैत ०३५ को त्यो बिहान, उहाँलाई इलामको इभाङ जंगलमा गोली हानेर हत्या गरियो ।’ प्रत्यक्षदर्शीका रूपमा यसबारे सुशीलासँग झनै बढी स्मरण पक्कै छ । मैले सोध्दा उनले स्मरण गरिन्, ‘बिहान झिसमिसेमा हिँड्दै गर्दा पुलिससँग जम्काभेट भयो, अगाडि रहेका रत्नलाई समातिहाल्यो, मैले रत्नलाई जोगाउन आफ्नो हातमा भएको घोचोले प्रहरीलाई चार्ज गरेँ । रत्न उम्किएर भाग्नुभयो । त्यसपछि प्रहरीले गोली चलायो । केही तल पुगेका रत्न ढल्नुभयो । मलाई हानेको गोली भने अर्को पुलिसलाई लाग्यो । केही समयपछि रत्नको ज्यान गयो । उहाँको शव मेरो ओड्नेमा बेरेर लग्यो । घाइते पुलिसलाई उपचार गर्न लग्यो भने मलाईचाहिँ वडाध्यक्षको घरमा लगेर राख्यो । राति ट्वाइलेट जाने भन्दै म भाग्न सफल भएँ । मेरो खोजीमा प्रहरीले पूरै जंगलमै डढेलो लगाएको थियो ।

०००
भर्खरको एउटा युवामा पञ्चायतविरुद्ध उत्रिने जोस कसरी पैदा भयो ? गुरिल्ला युद्ध नै गर्ने डरलाग्दो योजना किन बनायो ? निधनको ३८ वर्षपछि पनि रत्नको सन्दर्भमा यी प्रश्न बलिया बनेर उभिन्छन् । काठमाडौंमा सँगै कलेज पढेका एमालेका वर्तमान महासचिव ईश्वर पोखरेल रत्नको स्वभावबारे बढी जानकार हुन सक्ने सम्भावित व्यक्ति हुन्, मैले सोचेँ । स्मृति दिवसमा पनि उपस्थित पोखरेललाई मैले रत्न कसरी त्यस्तो विद्रोही बने भनेर सोधेँ। उनले बेलिविस्तार लगाए, ‘हामी एउटै डेरामा बसेर पढेका, उहाँ एकैसाथ दुई हातले खरर लेख्नुहुन्थ्यो । प्रतिभावान् उहाँ नागरिक समानताका कुरा खुबै गर्नुहुन्थ्यो । अन्यायका कुरा सुन्दा उहाँलाई असह्य हुन्थ्यो । उहाँ विश्व कम्युनिस्ट आन्दोलनका चर्चित व्यक्तिका संषर्घ कथा पढ्ने, हुबहु चित्र उतार्ने र आफ्नो विचार तय गर्ने गर्नुहुन्थ्यो । त्रिवि कीर्तिपुरबाट स्नातकसम्मको पढाइ सकेपछि म तराईतिर झरेँ, उहाँ पूर्व लाग्नुभयो । वेला–वेलामा चिठी आदान–प्रदान हुँदा पनि पञ्चायत ध्वस्त पार्नुपर्छ भन्दै विद्रोही भाषा नै बोल्नुहुन्थ्यो ।’

काठमाडौंमा पढ्दा एउटै डेरामा रत्न बान्तावा (बायाँ) र एमाले महासचिव ईश्वर पोखरेल।

जनताको मुक्तिका लागि हिँडेका रत्न पञ्चायतबाट मारिए । तर, गणतन्त्र आउँदा पनि उनलाई सहिद स्वीकार्न राज्यलाई अप्ठ्यारो भयो । मृत्युको ३७ वर्षपछि ०७२ सालमा मात्रै राज्यले उनलाई सहिद घोषणा गर्यो । स्पष्ट मापदण्ड नभएकाले सहिद घोषणा वेलैमा गर्न नसकिएको बताउँछन्, एमाले नेता शेरधन राई । ‘हामीले मापदण्ड बनाएर ढिलै भए पनि सहिद घोषणा गरेर सम्मान दियौँ,’ उनले भने ।

नेपाली राजनीतिमा अहिले चर्चा हुन्छ, रत्न बाँचेका भए राजनीतिको शीर्ष तहमा हुने थिए । इलामकै नेता पूर्वसभामुख सुवास नेम्वाङ पनि रत्नबारे धेरै परिचित छन् । सँगै मकै भटमास चपाउँदै क्रान्तिका योजना बनाएका पल नेम्वाङलाई आज पनि ताजै लाग्छन् । ‘इलाम बजारस्थित गणेश राईको घरमा रत्नसँग मेरो नियमित भेट हुन्थ्यो, उहाँका कुराले मलाई निकै उत्प्रेरित गराउँथ्यो । आज लाग्छ, उहाँकै जगमा हामी यहाँ आइपुगेका छौँ ।’

०००
रत्नको राजनीतिक जीवनबारे डा. देवी क्षेत्री दुलालले लामो खोज गरेका छन् । उनी रत्न–बम प्रतिष्ठानका अध्यक्ष पनि हुन् । ‘उहाँका रचनामाथि अनुसन्धान गर्दा स्पष्ट बुझ्न सकिन्छ, रत्न गुरिल्ला युद्धलाई नेपालमा कसरी लागू गर्न सकिन्छ भनेर अगाडि बढिरहनुभएको थियो,’ दुलाल भन्छन्, ‘जनवादी क्रान्तिलाई सुरुङ युद्धमार्फत नै अघि बढाउन सकिन्छ भन्ने आधार उहाँले खडा गर्नुभएको थियो ।’

रत्नबारे खोज्दै जाँदा उनी राजनीतिक योद्धा मात्रै भेटिँदैनन् । राई, बान्तवा भाषाको पहिलो श्रष्टा पनि भएको डा. दुलाल बताउँछन् । रत्नका धेरै कृतिहरू संरक्षण गर्ने तयारी भइरहेको उनले बताए । नेपाली भषाका उनका कृति चिनियाँ र अंग्रेजी भाषामा पनि अनुवाद गरेर प्रकाशन गर्ने तयारीमा प्रतिष्ठान छ ।

०००
रत्न बान्तवा मारिएपछि उनका योजनामा असर पर्यो । तर, रत्नसँगै राजनीतिमा होमिएका बमप्रसाद बान्तवाले उनको योजना पछ्याउने अठोट लिए । अन्य नेता–कार्यकर्ता पनि साथमा थिए । तर, बम पनि पञ्चायतको सिकार भए, रत्न मारिएको एक वर्षमै । अब भने रत्नको गुरिल्ला युद्धको योजना सिथिल नै भयो । अहिले पनि गुरिल्ला युद्धको प्रसंग उठ्दा रत्न र बमको नाम सधैँ सँगै जोडिएर आउँछ । प्रतिष्ठान पनि उनीहरू दुवैको नाममा खोलिएको छ ।