त्यो घटना बडाहाकिम हेर्न नपाएपछि पढ्न थालेँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सरकारले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर भारतसँग जोडिएका सबै सीमा नाका सोमबार बिहानैदेखि बन्द गरिएका छन् । भारतसँग जोडिएका…
पूरा पढ्नुहोस् »

नेपालको विश्वकर्मा समुदायका युवतीहरूको क्षमता र प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने उद्देश्यले मिस विश्वकर्मा इन्टरनेसनल आयोजना हुने भएको छ । एक वर्षअघि मिस विश्वकर्मा पूर्वाञ्चल आयोजना गरिसकेको मोनाली…
पूरा पढ्नुहोस् »

शरीरको आन्तरिक तथा बाहिरी स्वास्थ्य कायम राख्न योगको भूमिका महत्वपूर्ण हुन्छ । यही कारण पछिल्लो समय सहरीकरण र सेवासुविधाले अल्छी भएका मानिसहरूको योगप्रतिको आकर्षण बढ्दो छ । विभिन्न सेवासुविधाले धेरै…
पूरा पढ्नुहोस् »

संशोधित मापदण्ड कार्यान्वयनमा ल्याएपछि ६ मुलुकमा श्रम सहचारी नियुक्तिको तयारी स्थानीय तह निर्वाचनका कारण स्थगित भएको श्रम सहचारी नियुक्ति प्रक्रिया दोस्रो चरणको निर्वाचनलगत्तै सुरु हुने भएको छ । श्रम तथा…
पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्ली नजिकैको एउटा गाँउलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राखिएको छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लाको मारोरा गाउँलाई ‘ट्रम्प गाउँ’ नामाकरण गरिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र…
पूरा पढ्नुहोस् »

 भारोत्तोलनका प्रमुख प्रशिक्षक ओलम्पियन सुनीललाल जोशीको ५३ वर्षको उमेरमा निधन भएको छ । जोशीको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आइतबार निधन भएको हो । सन् १९९६ मा अमेरिकाको अटलान्टामा भएको…
पूरा पढ्नुहोस् »

अरूको बुई चढेर सगरमाथा पुग्ने रहर विकास भनेको आर्थिक विकासलाई मात्रै लिने हो भने यो जनताको समृद्धि वा उकासिएको जीवनस्तर हो । यस्तो समृद्धि ऊ स्वयंले आफ्ना लागि ल्याउने हो…
पूरा पढ्नुहोस् »

राप्रपा नेपाल र राप्रपाबीच एकीकरण भएपछि अध्यक्ष बनेका कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरी अध्यक्ष बने । झन्डै चार दशक लामो…
पूरा पढ्नुहोस् »

विष्णुबहादुर रावल ९८ वर्षका भए । १४ असारको निर्वाचनमा उनी बझाङको दुर्गाथली गाउँपालिका—३ मा कांग्रेसबाट वडाध्यक्षको निर्वाचनमा उम्मेदवार भएका छन् । यता ९५ वर्षका टेकबहादुर तामाङ ओखलढुंगाको चम्पादेवी गाउ“पालिका सदस्यका…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०४, २०७४
तारा पोखरेल
अध्यक्ष, नेपाल नर्सिङ एसोसिएसन

नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेल, चर्चामा आइरहने पात्र हुन् । पछिल्लोपटक कांग्रेस नेत्री सुजाता कोइरालालाई क्यान्सरको उपचारका लागि सरकारले पैसा दिँदा विरोध गरेर उनी चर्चामा आइन् । खरो स्वभावकी तारा स्याङ्जा जिल्लाको कृष्णगण्डकी गाविसमा जन्मिन्, त्यहीँ हुर्किन् । ०२० सालमा बडाहाकिम हेर्न नपाएपछि उनको पढाइ यात्रा सुरु भयो । पोखरेलले त्यो घटना स्मरण गरिन्:

०२० सालमा हाम्रो गाउँमा बडाहाकिम आए । त्यो वेला अञ्चलाधीशलाई बडाहाकिम भनिन्थ्यो । सबै मान्छे बडाहाकिम हेर्न दौडिए, म पनि पछि–पछि लागेँ । बडाहाकिमलाई हेर्न लाइन लाग्नुपथ्र्यो । म ११ वर्षकी फुच्ची पनि लाइनमै बसेँ । तर, मैले आफ्नो पालोमा बडाहाकिमलाई हेर्न पाइनँ । कारण थियो, नपढेकाले हेर्न नपाउने भन्ने नियम । मजस्तै अनपढ कतिपय छोरीले हेर्न पाएनन् । मलाई निकै नमजा लाग्यो । मनमा इख पलायो । र, जसरी भए पनि पढेर पछि बडाहाकिम हेरिछाड्ने अठोट लिएँ ।

बडाहाकिम भेट्न जाँदा मेरो खल्तीमा एक मोहोर थियो । आमाले ‘केही किनेर खानू’ भनेर दिनुभएको थियो । तर, बडाहाकिम भेट्न नपाएपछि इख बोकेर घर फर्किंदै गर्दा त्यो पैसा अन्यत्र खर्चिन मन लागेन । मैले त्यो पैसाले कापी र कलम किनेँ ।

घरमा आइपुगेपछि सीधै आमा–बालाई भनेँ, ‘म पढ्न जान्छु’ । आमाले त गाली गर्नुभयो । त्यो वेला छोरीचेली पढाउने कुरै हुँदैनथ्यो । कसैका छोरीले पढेका थिएनन् । मलाई पनि आमाले हकार्नुभयो । तर, पढेर बडाहाकिम हेरिछाड्ने अठोट मनमा राखिसकेको थिएँ । मैले घरमा पढ्नका लागि संघर्ष गरेँ । साह्रै नै जिद्धी गरेपछि मलाई स्कुल जाने स्वीकृति मिल्यो ।

गाउँमा बडाहाकिमको आगमनले ममा पीडा र खुसी दुवै एकसाथ मिल्यो । मेरो पढाइको मूल त्यही घटनाले फुटायो । १० वर्ष नाघेका अरूका छोरीलाई बिहे गरेर पठाउन थालिसकेका थिए । तर, म भने स्कुल जान थालेँ । मेरो स्कुल यात्रा देखेर गाउँले हाँस्थे, जिस्क्याउँथे ।
स्कुल जान थालेको दुई महिनामै कक्षा २ मा पुगेँ । किताबको पाठ खरर पढेर सुनाएपछि माथिल्लो कक्षामा जान पाइन्थ्यो । त्यसैले पढाइमा कुनै सम्झौता गरिनँ । मेरो पढाइको उद्देश्य नै बडाहाकिम हेर्नका लागि थियो ।

२ कक्षामा पढ्दापढ्दै हाम्रो परिवार बुटवल बसाइँ स¥यो । अब, बुटवलमा भने पढ्ने केटी साथी धेरै नै भेटेँ । स्कुल पढ्न सहज लागेको महसुस भयो । तर, घरमा दिनदिनै बिहेको कुरा चल्थ्यो । मैले इन्कार गरिरहन्थेँ । बिहे गर्नुप¥यो भने जग्गेबाटै भागिदिन्छु भनेर पनि बुबालाई धम्क्याएँ । मेरो जिद्धी स्वभावबारे बुझ्न बुबा चिना लिएर ज्योतिषीकहाँ पनि पुग्नुभएछ । ज्योतिषीले १६ वर्ष नकटी बिहे गरिदिए मृत्यु हुन सक्ने बताइदिएछन् । अनि, मेरो बिहेको कुरा नै हुन छाड्यो । १६ कटेपछि पनि कोही केटा माग्न आउँदा म मुखमुखै लागेर भड्काइदिन्थेँ ।
बुटवल पढ्दा पनि मलाई बडाहाकिम हेर्न जाने ठूलो रहर थियो । तर, ८ कक्षा पुगेपछि जब साथीहरूको साथ लागेर एनएमए पढ्न नेपालगन्ज गएँ, तब बडाहाकिम हेर्ने रहर सेलाउन थाल्यो । मेरो संघर्ष अर्कोतिर हुनुपर्छ, भन्ने सोचाइ आयो । एनएमए र एसएलसी पास गरेपछि पनि पढाइलाई निरन्तरता दिएँ ।

पाटन नर्सिङ क्याम्पसबाट दुई वर्षे स्टाफ नर्स कोर्स सकाएपछि ०३८ मा बिहे गरेँ । आफ्नो खुट्टामा उभिन सक्छु भन्ने भएपछि मात्रै बिहे गर्ने निर्णय गरेकी हुँ । त्यसपछि त्रिवि शिक्षण अस्पतालबाट नर्सिङमा ब्याचलर गरेँ । यहीबीचमा तीन बच्चा हुर्काएँ र पछि ०५२ मा युनिभर्सिटी नै टप गरेर मास्टर्स सकाएँ । विभिन्न अस्पतालमा सेवा गर्दै आज देशभरका नर्सहरूको नेतृत्वमा रहँदै गर्दा त्यो बडाहाकिम हेर्न नपाएको घटनाले भने घोचिरहन्छ ।

प्रस्तुति : सरला कट्टेल