एक वर्षभन्दा बढी समयदेखि तलब नपाएको भन्दै जानकी मेडिकल कलेजअन्तर्गत सञ्चालित शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन् ।
© 2017 Naya Prakasan Pvt. Ltd.

सुरेश बिडारी/नयाँ पत्रिका वीरगञ्ज महानगरपालिकाले यतिबेला सबैको ध्यान तानेको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन मार्फत ५ वटा महानगरपालिका (काठमाडौँ, विराटनगर, ललितपुर, पोखरा/लेखनाथ र भरतपुर महानगर) ले…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा सहभागी हुन मंगलबार अमेरिका गएका छन् । उनले महासभालाई ७ असोजमा सम्बोधन गर्नेछन् । प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित २४ सदस्य…
पूरा पढ्नुहोस् »

केहि समयअघिमात्रै जन्म लिएको आफ्नो बच्चालाई काखमा खेलाइरहेकी हुन्छे जुनुले । समाजबाट बर्सिएका अनेकौँ झापड सहेर लुकिछिपी जन्म दिएको आफ्नो बच्चासँग खुसी र भावी सपना एकोहोरो बुनिरहेकी जुनु तब आफूलाई…
पूरा पढ्नुहोस् »

आफ्ना छोराछोरी सक्षम र सबल होऊन् भन्ने प्रायः सबै अभिभावकको चाहना हुन्छ । कतिपय बालबालिका किताबभन्दा लामो समय ग्याजेटमा बिताउँछन् । यसले अभिभावकलाई चिन्तामा धकेलेको छ । अभिभावक कम्प्युटर, ट्याब्लेट,…
पूरा पढ्नुहोस् »

दशैँका लागि भन्दै चीनबाट बागलुङमा भेडा चेङ्ग्रा भित्रिएका छन । व्यवसायीले ७ सय भेडा च्याङ्ग्रा चीनको मरयुम छहराबाट डाल्पाको खानीगाउँ हुँदै बुर्तिबाङ ल्याएका हुन् । सवा १ करोड लगानी गरेर…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कालो दिवस मनाउनुको बाध्यता संविधानसभाबाट ३ असोज ०७२ मा संविधान जारी भएको सम्झनामा यस वर्ष पनि ३ असोजमा देशले संविधान दिवस मनायो । संविधान निर्माताहरूले दिवस मनाउनु वा संविधान जारी…
पूरा पढ्नुहोस् »

गत महिना एक कैदी फिल्मीशैलीमा केन्द्रीय कारागारबाट भाग्न सफल भए । जेलका अधिकारीले समेत पाँच दिनपछि मात्र पत्तो पाए । जेलबाट भाग्न उनले अपनाएको शैलीले जेलका प्रहरी र कर्मचारीलाई नै…
पूरा पढ्नुहोस् »

नेपालका लागि पेट्रोलियम पदार्थको कारोबार गर्ने एकाधिकार प्राप्त संस्था पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई सोमबारको मन्त्रिपरिषद् बैठकले पदमुक्त गरेको छ । यो पदमुक्ति गत एक वर्षमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हदिश खुद्दार, जनकपुर   |   चैत २६, २०७३

जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलितएक वर्षभन्दा बढी समयदेखि तलब नपाएको भन्दै जानकी मेडिकल कलेजअन्तर्गत सञ्चालित शिक्षण अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । जनकपुरस्थित शिक्षण अस्पतालका चिकित्सक र कर्मचारी काम नै ठप्प पारी आन्दोलनमा उत्रेपछि अस्पतालका सम्पूर्ण सेवा बन्द भएका छन् । ०७० सालदेखिको सबै तलब भुक्तानी, समयभित्र मासिक तलब दिनुपर्ने, करार नवीकरण हुनुपर्ने, सञ्चय कोषको व्यवस्था गर्नुपर्ने र जेएमसिटिएचको ०६४/६५ को नियमावली कार्यान्वयन हुनुपर्नेलगायत माग गर्दै कर्मचारी आन्दोलित भएका हुन् ।समस्या समाधान गर्ने विषयमा पटक–पटक कलेज व्यवस्थापनसँग सहमति भए पनि समाधान नभएपछि आन्दोलित भएको अस्पतालमा कार्यरत सञ्जय चौधरीले बताए । यसबीचमा दुईपटक सञ्चालक फेरिए पनि समस्या समाधान नभएको उनले बताए । उनले भने, ‘व्यवस्थापन सहमति गर्छ, तर समस्याको समाधान हुँदैन ।’

 

कलेज बिक्रीको हल्लाले कर्मचारी त्रसित

 

कर्मचारी दुई महिनादेखि आन्दोलित भए पनि कलेज सञ्चालन खर्च र बैंकको ब्याज असुल नहुने भएपछि बिक्रीमा राखेको एक सञ्चालक सदस्यले बताए । कलेजको ऋण १ अर्ब १० करोड र कर्मचारीको तलब करिब २० करोड बाँकी रहेको ती सञ्चालकको भनाइ छ । यस्तै, विद्यार्थीको मेस तथा अन्य खर्चबापत करिब २० करोड उधारो रहेको तथा कर, बिजुली बिल गरी करिब डेढ अर्ब रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको ती सञ्चालकले बताए ।

कलेजको समस्या निवारणका लागि नयाँ व्यवस्थापन पक्षले कलेज बिक्रीमा राखेपछि पुराना सेयरधनी त्रसित बनेका छन् । कलेजका पुराना सेयरधनीमध्येका बलराम गुप्ता, समीर ढुंगना र उनकी श्रीमतीले सेयरबापतको करिब २५ करोड नपाएको बताएका छन् । विद्यार्थीले कलेज सञ्चालकमाथि ठगी मुद्दा दर्ता गराउने तयारी गरेपछि ढुंगना र गुप्ताले उधारोमा कलेज बिक्री गरेका थिए । कलेजलाई धनुषाबाट सार्ने तयारी भइरहेको र एक भारतीय नागरिकसँग नयाँ व्यवस्थापनले कलेज बिक्रीबारे कुराकानी गरिरहेको कलेजका एक कर्मचारीले दाबी गरे । कलेज किन्न भारतको चेन्नईबाट एउटा समूह आए पनि पूर्वाधार नभएपछि बार्गेनिङ गरिरहेको उनले बताए । यहीबीचमा भारत झारखण्डका केही व्यवसायीले पनि कलेज किन्न स्थलगत निरीक्षण गरेको उनले बताए ।

 

विद्यार्थीको भविष्य अन्योलमा

 

दुई वर्षपछि विद्यार्थी भर्ना गर्न अनुमति पाएको कलेजमा यसपटक करिब ५० जना विद्यार्थी भर्ना भएका छन् । उनीहरूमध्ये अधिकांशले किस्ताबन्दीमा शुल्क बुझाउने सहमति गरेका छन् । बुझाइएको शुल्क सञ्चालकले भागबन्डा गरिसकेका छन् । कलेज र अस्पताल सञ्चालनका लागि दैनिक खर्चसमेतको अभाव रहेको अस्पतालले जनाएको छ । तेस्रो र चौथो वर्षका विद्यार्थीले प्राक्टिकल गर्न पाइरहेका छैनन् । सिटी अस्पताल बन्द भएपछि उनीहरू बिचल्लीमा परेका छन् । कलेजका एकजना सञ्चालकका अनुसार कलेजको आम्दानीले अहिले ‘अप्रेसनल कस्ट’समेत उठ्दैन । उनले भने, ‘मासिक एक करोड ब्याज, डेढ करोड तलब, बिजुली, इन्धनलगायतका सबै खर्च धान्न महिनाको झन्डै तीन करोड चाहिन्छ ।’ अस्पताल र कलेजमा करिब पाँच सय कर्मचारी कार्यरत छन् ।