डा. बाबुराम भट्टराईलाई यसरी गरेको थियो प्रहरीले गिरफ्तार...(भिडियोसहित) - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

सन्तोष भट्टराई, काठमाडौं   |   चैत २०, २०७३

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन् । केन्द्रमा सँगसँगै देशभरका निर्वाचन आयोगका कार्यालयहरुमा समेत धर्ना दिइएको नयाँशक्ति पार्टीले जनाएको छ ।

दललाई दिएको निर्वाचन चिन्ह लिएर निर्वाचन लड्न पाउनु पर्ने माग राख्दै केहि दिन पहिले नयाँ शक्ति सहित विभिन्न ६६ दलहरुले निर्वाचन आयोका प्रमुख आयुक्त अयोधिप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाउदै ४८ घण्टे अल्टिमेटम दिएका थिए । प्रधानमन्त्रीले ज्ञापनपत्र बुझाउन पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेतालाई शनिवारसम्म केहि निकास निकाल्ने आश्वासन दिएका थिए ।

तर प्रधानमनत्रीले कुनै ठोस निकास निकाल्न नसकेपछि नयाँ शक्तिसहित ६६ निर्वाचन आयोगको कार्यालय घेराउमा पुगेका थिए । डा. भट्टराईको नेतृत्वको आन्दोलनमा नेकपा (माओवादी क्रान्तिकारी)का उपाध्यक्ष सिपी गजुरेल, सांसद गंगा चौधरी, हिसिला यमी, परशुराम तामाङ रिजवान अन्सारी, सन्दीप अधिकारी लगायतका नेता तथा कार्यकर्ता थिए । आन्दोलनको नेतृत्व गरिरेहका डा.भट्टराईसहितको टोलीले प्रहरीको निषेधिक क्षेत्रलाई तोडेर अगाडी वढिरहेका बेलामा प्रहरीले गोलो घेरा बनाएर गिरफ्तार गर्‍यो ।

अहिले प्रहरीले नियन्त्रणमा लिएका नेताहरुलाई महानगरिय नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको छ । सरकारले माग सुनुवाही नगरेसम्म जेलभित्रै धर्ना दिने नयाँ शक्तिका अनुशासन विभाग प्रमुख परशुराम तामाङले जानकारी दिए ।