पश्चिम सेतीका दुःख - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नारायणटारका २२ वर्षीय सञ्जीव श्रेष्ठको परिवारलाई नपुग्ने केही छैन । १०–१२ वटा गाडी छन्, व्यापार राम्रो चलेको छ । तैपनि परिवारमा ठूलो तनाव छ । कारण सञ्जीवले विगत १० वर्षदेखि लागुऔषध सेवन गर्दै…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०८, २०७३

अविकास आफैँमा एउटा कुचक्र मानिन्छ । अविकासले अविकासलाई नै पुनर्जन्म दिइरहन्छ । पैसाले पैसा तान्छ भनिएजस्तै विकासले पनि विकास नै तान्ने र अविकासले अविकास नै तान्ने गर्छ । गरिबीलाई व्याख्या गर्न ‘गरिबीको दुश्चक्र’ भन्ने पदावली प्रयोग हुने गर्छ अर्थशास्त्रमा । नेपाल पनि अविकासका अनेक घनचक्करमा फसिरहेको छ । यस्तो घनचक्कर देशका सबैजसो पूर्वाधार विकासका आयोजना, औद्योगिक विकासका क्षेत्र र कृषि, पर्यटनसहितका क्षेत्रले कहिले बढी र कहिले कम व्यहोरिआएका छन् । राजनीतिक अर्थशास्त्रमा नेपालको अर्थतन्त्रलाई स्वतन्त्र पुँजीवादका रूपमा विकास गर्न नसकेको र खासगरी वित्तीय तथा व्यापार नीतिमा विश्वबैंकको प्रभाव तथा समग्र अर्थतन्त्रमा भारतीय पुँजीको सेपका प्रभावले टाक्सिएको भनेर यसलाई व्याख्या गर्नेहरू पनि छन् । स्वतन्त्र पुँजीवादी अर्थतन्त्रमा देशको आन्तरिक पुँजीलाई संरक्षण गर्दै आवश्यक क्षेत्रमा मात्र वैदेशिक पुँजी भित्राउने नीति लिइन्छ । व्यापारमा पनि एक हदसम्म संरक्षणवादी नीति लिइने भएकाले सानो आकारमा सञ्चय हुँदै गरेको पुँजीले क्रमशः ठूलो आकारको पुँजी सञ्चयका लागि वातावरण बनाउँछ । देशभित्रैका स्रोतको प्रयोगले रोजगारी सिर्जना गर्दै क्रमशः प्रतिस्पर्धी क्षमता विकास गर्छ । तर, अरूको सेपमा परेको पुँजी भने थप सञ्चय र पुनर्लगानीका लागि तयार हुन समय लाग्छ । यस्तो अवस्थामा वैदेशिक सहयोग, प्रत्यक्ष तथा अप्रत्यक्ष वैदेशिक लगानीका माध्यमबाट पुँजीगत विकासका लागि अवस्था सिर्जना गर्ने प्रयास गरिन्छ ।

तर, नेपालको हकमा भने यसरी वैदेशिक लगानी भित्राउन पनि खासगरी भारतीय पुँजीको छेकबारले अनेकवली लफडा ल्याउने गरेको छ । पूर्वाधार विकासको क्षेत्रमा आउने वैदेशिक ऋण तथा सहयोगको उपयोग गर्नसमेत भारतीयले अवरोध गर्ने गरेका उदाहरण छन् । यी छेकबारको सबैभन्दा ठूलो सिकार भने पश्चिम सेती जलविद्युत् परियोजना बनेको छ । दुई दशकअघि नै कहिले अमेरिकी लगानीकर्ता एनरोन त कहिले अस्टे«लियन कम्पनी स्मेक हुँदै अहिले चिनियाँ कम्पनी थ्री गर्जेजको सिस्टर अर्गनाइजेसन सिडब्लुई कर्पोरेसनको नाममा यो परियोजना विकासको प्रयास भइरहे पनि यसले साकार रूप पाउनेमा शंका गर्न थालिएको छ ।

झन्डै पाँच वर्षअघिदेखि नै सो परियोजनामा चासो देखाएर बनाउने जिम्मेवारी कबुलेको सो कम्पनी अहिले चुपचाप परियोजनासम्बन्धी काम अघि बढाउनबाट तर्किरहेको छ । सात सय ५० मेगावाटको जलाशययुक्त परियोजनालाई पश्चिम नेपालको विकासका लागि कोसेढुंगाका रूपमा लिइएको थियो । तर, पछिल्लो समय नेपालबाट ऊर्जा खरिद गर्नेसम्बन्धी भारतीय सरकारको नीति यस्ता परियोजनामा या त नेपालका सरकारी कम्पनी या भारतीय कम्पनीले लगानी गरे मात्र विद्युत् खरिद गर्ने गरी आएकाले चिनियाँ यस्ता परियोजनाका भाविष्यका सम्बन्धमा सशंकित बनेको अनुमान गरिएको छ । भारतीयले जस्तै परियोजना ओगटेर बस्ने तर कार्यान्वयनमा जान ढिलाइ गर्ने चिनियाँ कम्पनीको नीतिका कारण नेपाललाई आफ्नो जलविद्युत् विकास रणनीति तय गर्नसमेत समस्या पर्न थालेको छ । पछिल्लो समय नेपालको ऊर्जा विकासको क्षेत्रमा देखिएको सकारात्मक प्रयास र परिणामलाई गति दिनसमेत यस परियोजनाबारे चिनियाँहरूको प्रस्ट भनाइको अपेक्षा नेपालको ऊर्जा मन्त्रालयले गरिरहेको छ । या आयोजना बनाऊ या ओगटेर नबस । नेपालको विकासमा अवरोध नगर ।