एक रुपैयाँको निर्यात, १३ रुपैयाँको आयात - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

मुआब्जा वितरण गर्न मात्र २ अर्ब ८० करोड रुपैयाँ आवश्यक नेपाली सेनाले निर्माण प्रक्रिया अघि बढाएको काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाको जग्गा प्राप्ति प्रक्रियामा सेना संलग्न नहुने भएको छ ।…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

सविन मिश्र   |   चैत ०८, २०७३

निर्यात–आयात अनुपात १ः१३.२, निर्यात व्यापार अहिलेसम्मकै कमजोर

काठमाडौं/चालू आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालले निर्यातको तुलनामा १३ गुणा धेरै आयात गरेको छ । साउनदेखि माघ मसान्तसम्ममा नेपालको निर्यात–आयात अनुपात १ः१३.२ पुगेको छ । नेपालले यो अवधिमा एक रुपैयाँको निर्यात गर्दा १३ रुपैयाँ २० पैसाको आयात गरेको छ । नेपालको निर्यात–आयातको यो अनुपात अहिलेसम्मकै कमजोर हो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले चालू आर्थिक वर्षको पहिलो ७ महिनामा ४२ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ भने ५ खर्ब ५७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष ०७२-७३ को यही अवधिमा नेपालले ३८ अर्ब रुपैयाँको निर्यात गरी तीन खर्ब ५५ अर्ब रुपैयाँको आयात गरेको थियो । यस्तै आर्थिक वर्ष ०७१-७२ मा नेपालले ५० अर्ब ९८ करोड रुपैयाँको निर्यात गरी ४ खर्ब ५० अर्ब ५४ करोड रुपैयाँको आयात गरेको थियो ।

वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि गत वर्षको भन्दा कमजोर भएको छ । चालू आवमा निर्यातको हिस्सा ७ सात प्रतिशतमा सीमित भएको छ । गत आर्थिक वर्षको यो अवधिमा निर्यातको हिस्सा ९.७ प्रतिशत र त्यसअघिको आर्थिक वर्षमा १०.२ प्रतिशत रहेको थियो ।

भारतीय नाकाबन्दीका कारण गत वर्षको यो अवधिमा नेपालको वैदेशिक व्यापार प्रभावित बनेको थियो । चालू आर्थिक वर्षमा भने व्यापार घाटाको अवस्था उस्तै देखिएको छ । ७ महिनामा व्यापार घाटा ५ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा व्यापार घाटा ३ खर्ब १७ अर्ब थियो । यस्तै आव ०७१-७२ को यही अवधिमा व्यापार घाटा ३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो ।

१३ वस्तुको निर्यात घट्यो
चालू वर्षमा १३ वस्तुको निर्यात घटेको छ । नेपालबाट निर्यात हुने प्रमुख २८ वस्तुमध्ये ५० प्रतिशतको निर्यात घटेको हो । यो अवधिमा ऊनी गलैँचा, तयारी पोसाक, अलैँची, अदुवा, आयुर्वेदिक औषधि, दन्तमन्जन, ऊनी तथा पश्मिनाका सामग्री, जुटका बोरा, कपडाका झोला, हस्तकलाका सामग्री, तामाका सामग्री, मासु तथा मासुजन्य पदार्थको निर्यात घटेको छ ।

नेपाली अदुवामा विषादी रहेको भन्दै भारतले निकासीमा प्रतिबन्ध लगाएपछि अदुवा निर्यात घटेको छ । यो वर्ष अदुवाको निर्यात ४३.५ प्रतिशतले घटेको छ । यो अवधिमा ३५ लाख ६४ हजार केजी अदुवा निर्यात भएको छ । गत वर्षको यही अवधिमा १ करोड ६१ लाख केजी अदुवा निर्यात भएको थियो ।

गत वर्ष २६ करोडको अदुवा निकासी भएकोमा यो वर्ष १५ करोडमा सीमित भएको छ । यो अवधिमा जुस तथा तेलजन्य उत्पादनको निर्यातमा भने सुधार देखिएको छ ।

क्लिंकर आयात ३४१ प्रतिशतले बढ्यो
चालू आर्थिक वर्षमा क्लिंकरको आयात अत्यधिक रूपमा बढेको छ । ७ महिनामा ११ अर्ब १९ करोड रुपैयाँको क्लिंकर आयात भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । गत वर्षको यही अवधिमा २ अर्ब ५३ करोड रुपैयाँको क्लिंकर आयात भएको थियो ।

नेपालमा सिमेन्ट उद्योग बढ्दै गए पनि प्रमुख कच्चा पदार्थ भने आयात गर्नुपर्ने अवस्था छ । यो अवधिमा सिमेन्टको आयात भने १५.५ प्रतिशतले घटेको छ । पेट्रोलियम पदार्थ, यातायातका सामान, हवाईजहाज र पाटपुर्जालगायतका सामग्रीको आयातमा पनि वृद्धि भएको छ ।