सप्तरी घटनाका मृतककी आमाले भनिन्– छोरो मर्यो‍, अब पैसाले के हुन्छ? - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नारायणटारका २२ वर्षीय सञ्जीव श्रेष्ठको परिवारलाई नपुग्ने केही छैन । १०–१२ वटा गाडी छन्, व्यापार राम्रो चलेको छ । तैपनि परिवारमा ठूलो तनाव छ । कारण सञ्जीवले विगत १० वर्षदेखि लागुऔषध सेवन गर्दै…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

सरकार सम्हालेको एक सातापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पाँच महत्वपूर्ण निर्णय गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)बाट मुख्यमन्त्री बनेका आदित्यनाथले सोमबार एकैपटक महत्वपूर्ण निर्णय गरेको भारतीय समाचार एजेन्सीहरूले…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

रामनारायण विश्वास   |   चैत ०८, २०७३

मलेठ/तमलोपाका अध्यक्ष महन्थ ठाकुर सोमबार खाममा २५ हजार रुपैयाँ हालेर सप्तरी मलेठ पुगे । उनी २३ फागनुमा मलेठमा भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा मृत्यु भएका सञ्जन मेहताकी आमा शान्तिदेवीलाई सान्त्वना दिन पुगेका थिए । तर, शान्तिदेवीको प्रश्नले उनी नाजवाफ बने ।

६० वर्षीया शान्तिदेवीले लोकतान्त्रिक मधेसी मोर्चाका नेतासमेत रहेका ठाकुरलाई मैथिलीमा सोधिन्, ‘पैसासँ कि हेते, हमर बेटा घुरिके थोरी येते ?’ (पैसाले के हुन्छ, मेरो छोरा अब फर्केर आउन सक्छ ?) शान्तिदेवीको प्रश्नले नाजवाफ बनेका ठाकुरले केहीबरेपछि भने, ‘सञ्जनले मधेस र मधेसीको हकअधिकारका लागि बलिदान दिए, हामी उनको बलिदानको मूल्य राज्यसित लिएर छाड्छौँ ।’ ठाकुरले केन्द्रीय सदस्य रामप्रीत यादवमार्फत पार्टीको तर्फबाट भन्दै खाममा रहेको २५ हजार रुपैयाँ दिए ।

नौ महिनाअघि बिहे भएकी सञ्जनकी श्रीमती सवितालाई पनि परिवारजनले नेताहरूसमक्ष लगेका थिए । तर, उनी केही बोल्न सकिनन् । श्रीमान्को मृत्यु भएदेखि उनी अर्धचेतजस्तै छिन् । सरकारी जागिर खाने इच्छा रहेको बताउने उनी १२ कक्षामा अध्ययनरत छिन् ।

सोमबार सप्तरीमा हावाहुरीसँगै असिना–पानी परेको थियो । मौसमले साथ नदिए पनि तमलोपाका नेताहरू मलेठ घटनाका मृतक पीताम्बर मण्डल र वीरेन्द्र मेहताको परिवारसमक्ष पनि पुगे र पार्टीको तर्फबाट भन्दै जनही २५–२५ हजार रुपैयाँ सहयोग गरे । तमलोपाका नेताहरूले सोही घटनाका मृतक प्रसवनीका अहेब आनन्द साह र जमुनीमधेपुरका इन्द्रदेव यादवको परिवारलाई पनि नगद सहयोग गरेका छन् ।

‘संशोधनविना चुनाव असम्भव’
त्यसक्रममा अध्यक्ष ठाकुरले संविधान संशोधन नभएसम्म स्थानीय तहको चुनाव असम्भव रहेको बताए । उनले आफूहरूको माग नै परिमार्जनसहितको संविधान संशोधन भएको भन्दै संविधान संशोधन नगरी गरिएको चुनावमा जान नसकिने बताए । उनले संविधान संशोधनमा सीमांकन परिमार्जन गर्नुपर्ने बताए । ‘हामीले संशोधनविना चुनावमा नजाने भनिसकेका छौ“,’ उनले भने, ‘सीमांकन परिमार्जनविना संविधान संशोधन गर्ने कुरा सत्ताधारीको प्रचारबाजी मात्रै हो ।’

मधेसका जनताको संघर्षको निष्कर्ष नै संविधान संशोधन रहेको भन्दै उनले अहिलेको संविधानबाट जनआन्दोलन र मधेस आन्दोलनबाट प्राप्त उपलब्धि खोस्ने काम भएको दाबी गरे । ‘सम्झौता भएको छ, लेखिएको छ,’ उनले भने, ‘तर पाएको अधिकार पनि संविधानबाट खोसियो, अधिकार नपाएसम्म संघर्ष जारी रहनेछ ।’