‘महिला सशक्तीकरणमा आत्मविश्वासको खाँचो’ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

पहिलो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राजपा नेपालका नेताहरूले सरकारले आफ्ना…
पूरा पढ्नुहोस् »

अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै…
पूरा पढ्नुहोस् »

डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालमा यस अघि सुत्केरी महिलाको शल्यक्रिया गरिएको थिएन् । शल्यक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको…
पूरा पढ्नुहोस् »

अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०८, २०७३

काठमाडौं/भिन्नाभिन्नै क्षेत्रमा सफल एसियाली महिलाहरूले महिला सशक्तीकरणका लागि आत्मविश्वासको आवश्यकता रहेको औँल्याएका छन् । दक्षिण एसियाली महिला विकास मञ्च (साउडिएफ)ले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियाका सहभागीले महिला सशक्तीकरणमा स्वयं महिलाकै भूमिका प्रमुख हुने बताएका हुन् ।

महिलाअधिकारवादी तथा चर्चित साहित्यकार तसलिमा नसरिनले एकाध महिला सफल भए भन्दैमा लैंगिक समना तथा महिला सशक्तीकरण भएको मान्न नसकिने बताइन् । ‘नेपाल र बंगलादेशका केही सफल महिलालाई देखेर म जति खुसी हुन्छु, त्योभन्दा बढी दुःखी तिनै देशका महिला भारतको कोठीमा बेचिँदा हुन्छु,’ उनले भनिन् ।

गायिका तथा भिक्षु आनी छोइङ डोल्माले सशक्तीकरणका लागि महिलामा आत्मविश्वास चाहिने बताइन् । उनले दृढ इच्छाशक्ति र आत्मविश्वासकै कारण आफू अहिलेको अवस्थामा आएको अनुभव सुनाइन् ।

चीनकी सफल महिला उद्यमी जुनहु वुईले आत्मविश्वास र दृढ इच्छाशक्तिकै कारण आफू इन्जिनियर हुन सकेको सुनाइन् । भारतकी सफल उद्यमी रीता सिंहले महिला सशक्तीकरणका लागि महिला नै सक्रिय हुनुपर्ने बताइन् । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज (सार्कसिसिआई) अध्यक्ष सुरज वैद्यले महिला सशक्तीकरणका लागि सार्कसिसिआईले सहयोग गर्नेसमेत बताए ।

त्यस्तै, दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले महिला सशक्तीकरणका लागि उद्यमशीलता विकासको खाँचो रहेको धारणा राखिन् । त्यस्तै, नेपालका लािग युरोपियन युनियनकी राजदूत रेन्सजे तिरिंकले सार्कको महिला सशक्तीकरणलाई सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।