२८ मुलुकका सेना पाँचखालमा सैन्य अभ्यास गर्दै - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

पहिलो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राजपा नेपालका नेताहरूले सरकारले आफ्ना…
पूरा पढ्नुहोस् »

अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै…
पूरा पढ्नुहोस् »

डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालमा यस अघि सुत्केरी महिलाको शल्यक्रिया गरिएको थिएन् । शल्यक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको…
पूरा पढ्नुहोस् »

अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

राजकुमार गोले   |   चैत ०८, २०७३

राष्ट्रसंघले अवलम्बन गर्ने शान्तिसम्बन्धी गतिविधिमा सधैँ नेपालको साथ रहिरहन्छ : प्रधानमन्त्री

काभ्रे (पाँचखाल)/काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सोमबारबाट बहुराष्ट्रिय सैन्य अभ्यास सुरु भएको छ । २१ चैतसम्म सञ्चालन हुने अभ्यासमा नेपाल, इन्डोनेसिया, किर्गिस्तान, मलेसिया, फिलिपिन्स, बंगलादेश, अमेरिकालगायत २८ देशका एक हजार २४ सैनिकको सहभागिता छ । अभ्यासमा विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धी तालिममा सहभागी मुलुकका बहुराष्ट्रिय सेनाको उपस्थिति छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सैन्य अभ्यासको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ (युएन) ले अवलम्बन गर्ने शान्तिसम्बन्धी हरेक गतिविधिमा सधैँ नेपालको साथ रहिरहने बताए । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विगतदेखि नै नेपालले शान्ति क्षेत्रमा योगदान पुर्या‍उँदै आएको बताए । उनले शान्ति र सुरक्षाको लागि राष्ट्रसंघले चालेको कदममा नेपालले जस्तोसुकै परिस्थितिमा पनि साथ दिन तयार रहेको उल्लेख गरे ।

प्रधानमन्त्रीले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरणसमेत गराए । शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया, दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलुकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको छ । ‘नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ,’ उनले भने ।

नेपालको शान्ति स्थापनामा राष्ट्रसंघको योगदान महत्वपूर्ण
नेपालको शान्ति स्थापनामा राष्ट्रसंघले पुर्या‍एको योगदानको प्रशंसा गर्दै उनले युएन विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताए । प्रधानमन्त्रीले राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्या‍एको योगदानको उच्च मूल्यांकन गर्दै भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा अघि बढ्ने बताए ।

सैन्य अभ्यास नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन
अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमान्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले सैन्य अभ्यास नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जनाइन् ।

नेपाली सेनाले दिएको जानकारीअनुसार द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सूत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यस्तो अभ्यास पहिलोपटक आयोजना गरिएको हो । अभ्यासको क्रममा शान्ति स्थापना कार्यमा परिचालन हुँदा आउने चुनौतीको सामना गर्न स्थलगत अभ्यास तथा उच्च तहमा रहन बहन गर्नुपर्ने जिम्मेवारीका बारेमा टेबुल अभ्यास हुनेछ । नेपाली सेनाका अनुसार हालसम्म नेपाली सेनाले विश्वका ४१ वटा शान्ति मिसनमा रहेर काम गरिसकेको छ । यसअघि नेपाली सेनाले पहिलोपटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसवेला चारवटा मुलुकका सेनाले भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।