सत्तापक्ष र प्रतिपक्षी सांसदबीच जुहारी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

पहिलो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राजपा नेपालका नेताहरूले सरकारले आफ्ना…
पूरा पढ्नुहोस् »

अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै…
पूरा पढ्नुहोस् »

डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालमा यस अघि सुत्केरी महिलाको शल्यक्रिया गरिएको थिएन् । शल्यक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको…
पूरा पढ्नुहोस् »

अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०८, २०७३

काठमाडौं/संसद्मा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच आरोप–प्रत्यारोप चलेको छ । सोमबारको संसद् बैठकमा राष्ट्रवाद र लम्पसारवादको विषयमा सत्ता–प्रतिपक्षी सांसदबीच आरोप प्रत्यारोप चलेको हो । संविधान संशोधन प्रस्ताव संसद्को कार्यसूचीमा नल्याइएको र सप्तरी गोलीकाण्डको विरोधमा संसद्मा नाराबाजी गर्दै मधेसी मोर्चाले संसद् बैठक बहिष्कार गरेपछि सत्ता र प्रतिपक्षका सांसद आरोप–प्रत्यारोपमा उत्रेका हुन् ।

संसद्मा विशेष समय लिएर कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिपक्षी एमालेको मेची–महाकाली अभियानमा सो पार्टीका नेताहरूको अभिव्यक्तिले देशमा अफवाह फैलाउने काम गरेको अरोप लगाएपछि सत्ता–प्रतिपक्षी नेताहरूबीच जुहारी चलेको हो । ‘देश अहिले अप्ठ्यारो अवस्थामा छ । प्रतिपक्ष दलले अरूको अस्तित्व नै नस्विकार्दै देशमा अफवाह फैलाउँदै हिँडेको छ,’ खतिवडाले भने, ‘एमाले अरूको अस्तित्व स्वीकार नगर्ने बाटोमा गएको छ । अरू दलै होइनन् भनेर उहाँहरू हिँड्नुभएको छ ।’

संसद् बैठक बहिष्कार गर्ने, तर तलबभत्ताचाहिँ बुझ्ने
सांसद खतिवडाले सत्तापक्षले पनि प्रतिपक्षलाई साथमा लिएर काम गर्न नसकेको आरोप लगाए । उनले संसद् बैठक बहिष्कार गर्दै हिँडेका मधेसी दलका नेताहरूप्रति पनि तिखो व्यंग्य गरे । ‘मधेसी मोर्चा संसद् बहिष्कार गर्ने भन्दै हिँडेको छ । तलबभत्ता बुझ्ने अनि जनप्रतिनिधि गाउँमा जानुपर्नेमा चुनावको विरोध गर्ने ?’ खतिवडाले मोर्चा नेताहरूप्रति प्रश्न गरे । उनले निर्वाचन आयोगको गतिविधिप्रति पनि असन्तुष्टि जनाए ।

खतिवडाको भनाइप्रति भीम रावलको प्रतिवाद
एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक दलले गर्ने कार्यक्रमलाई अराजक देख्ने भन्दै खतिवडाको अभिव्यक्तिको संसद्मै प्रतिवाद गरेका थिए । ‘कुनै राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रमलाई अराजकता देख्ने दलको सिद्धान्तमाथि जनताले प्रश्न उठाएका छन् । आफू पनि जनतामा नजाने र जानेलाई अराजक भन्नेहरूको पेट्रोल बम बोकेर शान्तिपूर्ण सभामा आक्रमण गर्नेसँग सम्बन्ध त छैन ?’ रावलले भने । उनले मोर्चालाई आफू लोकप्रिय भएको लागे चुनावमा भाग लिएर परीक्षामा सहभागी हुन आग्रह गरे । ‘अरूले संविधानको कुराभन्दा पेट्रोल बम हान्न आउने अनि लोकतन्त्रको दुहाइ दिएर किन गोहीको आँसु खसाल्ने ?’ रावलले भने ।

तराई र पहाडे अतिवादबाट मुक्त हुन मोदीको आग्रह
माओवादी केन्द्रका सांसद अमनलाल मोदीले अहिले तराई मधेसविनाको राष्ट्रियता र पहाडविनाको राष्ट्रियताको बहस भइरहेको भन्दै यी दुवै अतिवादबाट मुक्त हुनुपर्ने बताए । ‘यदि कसैले लम्पसारवादको आरोप लगाउने हो भने इतिहासमा कुनै थारू वा मधेसीले देशको अहितमा कुनै सन्धि र सम्झौता गरेका छैनन्,’ मोदीले भने, ‘अहिलेको सरकार लम्पसारवादी हो भने इतिहासमा सन्धि सम्झौता गर्ने शासकहरू पनि लम्पसारवादी हुन् । कुनै पनि थारू मधेसीले सन्धि सम्झौता गरेका छैनन् ।’

संसद् बैठकको सुरुमा मधेसी मोर्चाका तर्फबाट सांसद डिम्पलकुमारी झाले सरकार गठनअगाडि नै अहिलेको सरकारमा रहेका नेता र पार्टीले संविधान संशोधनको सहमति मधेसीसँग गरेको स्मरण गराएकी थिइन् । उनले सरकार बनाउने वेला मधेसी मोर्चासँग सहमति गर्ने, तर त्यसलाई कार्यान्वयन भने नगर्ने प्रवृत्ति देखिएको आरोप लगाइन् । झाले बोलेपछि मोर्चाका सांसदहरू नाराबाजी गर्दै संसद् बैठक बहिष्कार गरी हिँडेका थिए ।

दुई विधेयक पारित
संसद्ले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ पारित गरेको छ । संसद् बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि विभिन्न दलका सांसदले छलफलमा भाग लिएपछि बहुमतले पारित गरिएको हो । त्यसैगरी, संसद्ले कार्यपालिका र नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक पनि पारित गरेको छ । विधेयकमाथि परेका संशोधन प्रस्तावहरूमध्ये नेमकिपाका सांसदहरूबाहेक अन्यले फिर्ता लिएपछि विधेयक बहुमतले पारित भएको हो । सो विधेयकमा गुरु बुर्लाकोटी, राजेन्द्र पाण्डे, रामनारायण बिडारीलगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।