नेपाल–भारत संयुक्त अभ्यास सम्पन्न - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताको…
पूरा पढ्नुहोस् »

काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन केहीबेर अघिबाट शुरु भएको छ । चैत्र २ गतेको सर्वोच्च अदालतको आदेश अनुसार आज आरआर क्याम्पसमा स्ववियु निर्वाचन भएको हो ।…
पूरा पढ्नुहोस् »

कुनै जमाना थियो, रेखा थापाको अभिनयभन्दा स्कर्टको चर्चा बढी हुन्थ्यो । छोटा–छोटा कपडामा ठाँटिएर हिँड्ने रेखा फिल्ममा पनि यस्तै ड्रेसअप गर्थिन् । तर, बिस्तारै फरक–फरक ड्रेसमा देखिन थालिन् । फिल्ममा…
पूरा पढ्नुहोस् »

  भरालो चिस्यान पाखा भएको जमिनमा उत्पादन हुने अलैँची धेरैले मसलाको रूपमा प्रयोग गर्छन् । यसको सुगन्धित बियाँबाट किनिवली नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ ।…
पूरा पढ्नुहोस् »

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकारको सम्मान र विधिको शासनजस्ता आधारभूत मूल्यको सम्मान गरिने नवनिर्वाचित नेतृ कारी लामको प्रतिबद्धता चीनको स्वायत्त क्षेत्र हङकङमा पहिलोपटक महिला नेतृ निर्वाचित भएकी छिन् । बेइजिङको…
पूरा पढ्नुहोस् »

युवा खेलाडीको बाहुल्य रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानको यू–२३ टोलीसँग सोमबार प्रतिस्पर्धा गर्दै छ । बंगलादेशको कक्स बजारमा हुने खेललाई नेपालले…
पूरा पढ्नुहोस् »

आत्मसमीक्षाको घडी झन्डै सात दशकसम्म देश र प्रजातन्त्रका लागि लडेको कांग्रेस आज इतिहासको संगीन मोडमा आइपुगेको छ । एक वर्षअघि सम्पन्न १३आैँ महाधिवेशनपछि हामी सबैले पार्टीलाई पुनर्जीवन दिने संकल्प र…
पूरा पढ्नुहोस् »

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत मुलुकको राष्ट्रिय राजनीतिमा प्रभावशाली छन्, अर्थविज्ञका हैसियतले पनि । अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका डा. महतले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै पटक–पटक…
पूरा पढ्नुहोस् »

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारी तवरबाट उपलब्ध गराइने सहयोगको संयोजन र पुनर्निर्माणका सबै कार्य व्यवस्थापन गर्न स्थापित पुनर्निर्माण प्राधिकरणको काम अझै पनि सन्तोषजनक ढंगले अघि बढेको छैन । प्रारम्भमै…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०८, २०७३

काठमाडौं/भारतको पिथौरागढमा जारी नेपाली र भारतीय सैनिकको संयुक्त सैन्यअभ्यास सोमबार सम्पन्न भएको छ । २४ फागुनदेखि पिथौरागढस्थित पञ्जाब रेजिमेन्टको २८औँ बटालियन ब्यारेक हातामा ‘नेपाल–भारत संयुक्त सैन्य एक्स सूर्यकिरण ११ अभ्यास’ सञ्चालनमा थियो । समापनको क्रममा नेपाली सेना र भारतीय सेनाले संयुक्त रूपमा सेरमोनियल ड्रिल प्रदर्शन गरेका थिए । प्रदर्शनमा नेपाली सेनाको सुदूरपश्चिम पृतनापति उपरथी दीपकप्रसाद भारती र भारतको उत्तराखण्डस्थित सेनाका लेफ्टिनेन्ट जनरल ललित पाण्डे सहभागी थिए ।

सो अभ्यासमा विपद् व्यवस्थापन, प्रतिविद्रोह तथा जंगल वारफेयरजस्ता विषय समावेश थिए । अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी सुधीर केसीको नेतृत्वमा तीन सय १४ जना र भारतीय सेनाबाट तीन सय ५० गरी जम्मा ६ सय ६४ जना सहभागी थिए । ‘नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न सैनिक अभ्यासले दुई देशबीच सदीयौँदेखि कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाको सकलदर्जाबीच समझदारीको अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।