राप्रपाको आन्दोलन : झडपमा राणासहित ३७ कार्यकर्ता घाइते - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नेपालजस्तै भूपरिवेष्टित देश लक्जेम्बर्गको प्रथम राजदूतका रूपमा काठमाडौं आउँदा मलाई साँच्चै आनन्द लागेको छ । यद्यपि, काठमाडौंमा दूतावास छैन, त्यसैले दिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्ने गरिएको छ । डिसेम्बर २०१६…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०८, २०७३

काठमाडौं/निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र राजसंस्था शब्द हटाएको विरोधमा राप्रपाले सोमबार देशैभर आन्दोलन गरेको छ । उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा काठमाडांैको शान्तिवाटिकाबाट आयोग कार्यालय घेराउ गर्न पुगेको टोली र प्रहरीबीच झडप भएको छ । झडपमा नेता पशुपतिशमशेर राणासहित ३७ नेता–कार्यकर्ता घाइते भएका छन् । घाइतेको वीर अस्पताल र मोडेल अस्पतालमा उपचार भइरहेको छ । धेरैको टाउको र हातखुट्टामा चोट लागेको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाइते हुनेमा बबिता शाही, सावित्री थापा, कोमल वली, सयन्द्र बान्तवा, रोशन कार्की, राजेन्द्र श्रेष्ठलगायत रहेका छन् ।

राप्रपाले सोमबार नै सबै जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिएको थियो । संविधानले दिएको वाक् स्वतन्त्रताविपरीत आयोगले दलको विधान फेर्दै हिँड्ने हो भने महाधिवेशनको अर्थसमेत नहुने भएकाले कानुनी उपचारका लागि अदालत जान लागेको राप्रपा सहप्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार केही दिनभित्रै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।

पुनर्विचार गर्न आयोगलाई आग्रह
निर्वाचन आयोगले पार्टीको विधानबाट राजसंस्था र हिन्दू धर्म शब्दावली हटाएपछि आन्दोलित राप्रपाले सोमबार ज्ञापनपत्र बुझाउँदै निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । संविधानको धारा २६९ विपरीत आयोगले राप्रपाको राजनीतिक मान्यतामाथि प्रहार गरेको आरोप पार्टीको छ । संविधान गतिशील भएकाले त्यसका कतिपय धारामा असहमति राख्न पाउने हक सबैमा भएको स्मरण राप्रपाले गराएको छ ।