राष्ट्रवादको अभिशाप - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ । ‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले जितेका छन् । उनको बिबाहमा खिचेको तस्बिर पहिलो बनेको हो । फोटोग्राफर सापकोटाले क्यानन ६ डि क्यामेरा समेत जिते…
पूरा पढ्नुहोस् »

  उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै प्रेस सचिव स्पाइसरले राजीनामा दिएका हुन् । संस्थाभित्र फेरबदलका कारण…
पूरा पढ्नुहोस् »

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड…
पूरा पढ्नुहोस् »

संसद्का विभिन्न समितिबीच कार्यक्षेत्र र क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक किन विवाद हुन्छ ? यस्तो हुनु भनेको समितिको सभापतिसँग राम्रो ज्ञान नभएर हो । आफ्नो समितिको क्षेत्राधिकारबारे राम्रो ज्ञान सभापतिसँग हुनुपर्छ…
पूरा पढ्नुहोस् »

  ‘दिनभरको काम सकेर बेलुकी कुट्न थालेको धान मध्यरातमा चामल बन्थ्यो । गाउँलेको रातको निन्द्र र दिनको भाक हरण गरेको ढिकी जाँतोको जिन्दगीले अहिले अराम पाएको छ’ आठराई गाउँपालिका–२, खाम्लालुङका…
पूरा पढ्नुहोस् »

नेपालमा संघीयता अभ्यासको क्रममा छ । संविधानले नेपालमा तीन तहको सरकारको परिकल्पना गरेको छ । तीमध्ये स्थानीय तह मात्र त्यस्तो एकाइ हो, जसका प्रमुख उपप्रमुखसहित सबै कार्यकारी प्रत्यक्ष रूपमा जनताको…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

उमेश चौहान   |   चैत ०८, २०७३

देशभक्ति मेरा लागि अन्तिम सत्य होइन । म सिसाको सुन्दर सोकेसका खातिर हिरा बिक्री गर्नेछैन । म जबसम्म जीवित रहनेछु, तबसम्म देशभक्तिलाई विजयी बनाउन मानवतालाई कुल्चन दिनेछैन ।’ रवीन्द्रनाथ टैगोरले नै आजका मितिमा यस्तो बोलेको भए भारतीय राष्ट्रवादीले उनलाई चारपाटा मुडेर बाघाबोर्डरको बाटो हिँडाउँदै इस्लामाबाद पुर्याउँथे, बुझिलिएको ठीक साँचो हो भन्ने भर्पाईमा नवाज सरिफलाई हस्ताक्षर गराएर फर्कन्थे र अब पालो कसको हो भनेर टेलिभिजनमा कुर्लन्थे । सौभाग्यशाली हुन् टैगोर, जसले राष्ट्रवादको विषयमा विवेकशील विमर्श गर्ने अवसर एक शताब्दीअगाडि नै पाए । त्यसैले उनले खुलेरै यो पनि लेख्न सके, ‘म अवश्य पनि मेरो देशको सेवा गर्न चाहन्छु । तर, देशको पूजा गर्ने पंक्तिमा म उभिनेछैन । भगवान्जस्तै पूजा गर्नु भनेको देशलाई अभिसप्त बनाउनु हो । म मेरो देशलाई अभिसप्त बनाउनेछैन ।’राष्ट्रवाद भन्ने विषय त्यतिवेला पनि जोडदार नै थियो किनकि राष्ट्रको स्वाभिमानका लागि भन्दै युरोपेली शासक जनताको रगतमा होली खेल्न पहिलो विश्वयुद्धको रिहर्सल गर्दै थिए । तर, भारतीय साहित्यकार टैगोर विश्व घुमेर भन्दै थिए, ‘राष्ट्रवादको उन्माद भरेर सोझासीधा जनताको रगत शोषण नगर, राष्ट्रभित्रका मान्छेलाई समृद्ध बनाउने योजना लिएर आऊ, म अन्तिम साससम्म साथ दिनेछु ।’

टैगोरले संसारका शासकहरूका अहंकारमाथि प्रहार गरे, तर उनलार्ई लठैत भन्न कसैले सकेन । तिनै टैगोरलाई दुनियाँले नोबेल पुरस्कार पाउने पहिलो गैरयुरोपियन सहित्यकारका रूपमा आज पनि उत्तिकै आदर गर्छ । मानवता निर्धाे बनाएर राष्ट्र बलियो बनाउन सकिँदैन भन्ने टैगोरको विचारमा असहमत समूह त्यो वेलाको भारतमा पनि अवश्य थियो । तर, उनलाई राष्ट्रघाती भनेर लखेट्ने काम भएन । बरु, उनले सन् १९११ मा ‘जन गण मन’ बोलमा जुन गीत रचेका थिए, स्वतन्त्र भारतले त्यसैलाई आफ्नो राष्ट्रगान बनायो । सबैभन्दा ठूलो आश्चर्य, टैगोरको फरक–फरक रचनालाई बंगलादेश र श्रीलंकाले समेत राष्ट्रगान बनाएका छन् । तर, त्यही राष्ट्रगानको कारण उनीहरूको राष्ट्रियता दुर्बल भएको छैन ।

मातृभूमिका लागि रगत बगाउँछु भन्ने नारा साँच्चै विश्वभरि लोकप्रिय छ, तर त्यस्तो मातृभूमि कहाँ होला जसले आफ्नै सन्तानको रगत माग्छ । त्यो त फगत शासकको अहंकार हो, जसले आफ्नो सान र शक्तिका लागि मातृभूमिको मन्त्र फुक्छ र जनताको विवेक अपहरण गरेर उसैलाई बलिमा चढाउँछ । इटलीका मुसोलिनी, सोभियत संघका स्टालिन, जापानका हिरोहितो र जर्मनीका हिटलरजस्ता शासकले मातृभूमिको स्वाधीनताका लागि भन्ने नारा नदिएको भए दोस्रो विश्वयुद्धमा ७० करोड मान्छे युद्धमा किन जान्थे ? मारिने सात करोड मान्छे, जसमा होनहार सिपाही, बुढाबुढी, महिला र बालबालिका थिए, उनीहरूको रगतले कुन देशका कति जनताको भलो भयो ? थाहा छैन, कसको मातृभूमि पवित्र र अजेय भयो ? असंख्य निर्दोष मान्छेको रगतले सिँचिएपछि पनि राष्ट्रले फेरि रगत माग्यो भन्दै शासकले बिगुल फुक्छ र देशप्रतिको मायाले वशीभूत भएको जनता आफूजस्तै जनतालाई समाप्त गर्न अघि सर्छ । हो, देशको पूजा गर्ने भन्दै मान्छे मास्ने महामारी नौलो होइन, तर नयाँ युगमा नयाँ शासकले नयाँ लयमा फुक्ने राष्ट्रवादको मन्त्रले जब जनता मुग्ध हुन्छ, म मानव हुँ भन्ने बिर्सिएर आफ्नो राष्ट्र, आफ्नो धर्म र आफ्नो समुदायभन्दा फरक मानवको अस्तित्वलाई खारेज गरेर आफ्नो जीवन सार्थक बनाउने अभियानमा अघि बढ्छ।

महिनाअघि अमेरिकाको क्यान्ससमा अन्धाधुन्ध गोली चलाउने अमेरिकी नागरिक र गोली खाने दुई भारतीय युवाबीच व्यक्तिगत रिसइबी केही थिएन । गोली खाने दुई होनहार युवा इन्जिनियर श्रीनिवास कुचिभोत्ला र आलोक मदासानीको अपराध यत्ति थियो कि उनीहरू अमेरिकी थिएनन् । त्यसैले रेस्टुराँमा दारु खाँदै गरेको एउटा हुल्याहाले आफू अमेरिकी हुनुका नाताले राष्ट्रप्रतिको कर्तव्यबोध गर्दै भारतीय इन्जिनियरहरूलाई तिम्रो देश फर्की जाऊ भन्दै गोली बर्सायो । उसले व्यक्त गरेको शब्द गल्लीको एउटा गुन्डाको पागल प्रलाप मात्र होइन, उसले दिन खोजेको चेतावनी कुनै सन्काहाको क्षणिक आवेग मात्र पनि होइन । यो त आफूभन्दा फरक समुदायका मानवलाई आशंका, अविश्वास र अवहेलना गर्ने विश्व संस्कृतिको कठोर अभिव्यक्ति हो । त्योभन्दा ठूलो दुर्भाग्य, अल्पसंख्यक आप्रवासीलाई तिरस्कार गर्ने अमेरिकीलाई निन्दा गर्ने अर्को दुःखी समाजले आफूवरिपरिको अल्पसंख्यकलाई भने सम्मानित व्यवहार गर्न सक्दैन । धेरै उदाहरण आवश्यक छैनन्, आप्रवासीलाई हेप्ने अमेरिकीलाई असभ्य मान्ने भारतीय नै मुम्बईमा आफ्नै देशका बिहारी दाजुभाइलाई लाठो लगाएर धपाउँछन् । किनकि ग्लोबलाइजेसनको असर यस्तो पर्यो‍ कि टाढाको शोषण देखेर मान्छे व्यथित हुन्छ, नजिकको चीत्कार सुनेर आक्रोशित हुन्छ । जब आफ्नो समाज, संस्कृति र धर्तीको सच्चा सेवक र संरक्षक आफूबाहेक अरू हुन सक्दैन भन्ने भावनाले मान्छे ग्रसित हुन्छ, ऊ फरक समुदायको मान्छेमाथि जाइलाग्छ, कहिले बोलीले त कहिले गोलीले । जसले देश, समुदाय र स्वाधीनताका लागि भनेर मान्छेमाथि तिरस्कार गर्ने अभियान चलाउँछ, त्यस्तो शासकको जहिले पनि जयजयकार हुन्छ ।

अमेरिकामा ट्रम्पलाई मत दिने जनता कस्ता होलान् भनेर बिलखबन्दमा पर्ने विश्वका हरेक कुनाका जनता आफ्नो देशमा भने ट्रम्पभन्दा कठोर नेता खोजिरहेका छन्, ग्लोबलाइजेसनको असर यस्तो पर्यो‍ कि टाढाको शोषण देखेर मान्छे व्यथित हुन्छ, नजिकको चीत्कार सुनेर आक्रोशित हुन्छ

मान्छेहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्की र अनुदार भनेर आश्चर्यपूर्वक हेर्छन् । तर, बिर्सन नहुने तथ्य के हो भने ट्रम्प अहिले आफ्ना बाउको बपौती न्युयोर्कस्थित ट्रम्प टावरमा बसेर क्यान्डीक्रस खेल्दै छैनन्, बहुसंख्यक अमेरिकी जनताको अमूल्य मत पाएर वासिङटनस्थित ह्वाइटहाउस पसेर दुनियाँलाई शासन गर्दै छन् । उनले निर्वाचित भएपछि उत्तेजित भएर, मात्तिएर, आफूलाई सम्हाल्न नसकेर आप्रवासीविरोधी कठोर कदम चालेका होइनन् । उनले त आप्रवासीले अमेरिका लुटे, तिनलाई लखेट्न मलाई लाठी दिनोस् भनेर जनतासँग मत मागेका थिए । उनी बहुलठ्ठी होइनन्, बहुमतका प्रतिनिधि हुन् । सत्य के पनि हो भने अमेरिकामा ट्रम्पलाई मत दिने जनता कस्ता होलान् भनेर बिलखबन्दमा पर्ने विश्वका हरेक कुनाका जनता आफ्नो देशमा भने ट्रम्पभन्दा कठोर नेता खोजिरहेका छन् ।

दुनियाँलाई यो थाहा छ, विश्व राजनीतिमा आ–आफ्नो प्रताप देखाउन रसिया र अमेरिकाले वासिङटन र मस्कोलाई होइन, सिरियाको दमास्कस र अलेप्पोलाई रणभूमि बनाएर मानवबस्ती बर्बाद बनाइरहेका छन् । सम्पत्ति र रोजगार मात्र होइन, आफन्त र घरबार गुमाएका निहत्था सिरियालीले सास मात्र फेर्ने गरी शरण देऊ भन्दै विश्वसामु याचना गरिरहेका दृश्य हरेक दिनजसो सञ्चारमाध्यममा आइरहेका छन् । संयुक्त राष्ट्रसंघले ६० लाख सिरियाली देशभित्रै र ४८ लाख सिरियाली देशको सीमाबाहिर शरणार्थीको रूपमा धकेलिएका छन् भन्ने प्रतिवेदन सार्वजनिक गरेको छ । आप्रवासीलाई गाँस र बास दिन जर्मनी तयार छ भन्ने चान्सलर एन्जेला मर्केलको घोषणाले संसारभरि खुसी छाए पनि उनको आफ्नै देशमा आक्रोश बढाएको छ । मर्केलको घोषणाविरुद्ध अभियान चलाउने राष्ट्रवादी दलले स्थानीय निर्वाचनमा अप्रत्याशित मत प्राप्त गरेको छ । यसको सन्देश के हो भने आप्रवासी आगमनले जर्मनीमा राष्ट्रवादको मुद्दा फेरि ब्युँतिएको छ र मानवताको मुद्दा बकबास हुन थालेको छ । मर्केलले चान्सलरका लागि चौथोपटक उम्मेदवारी घोषणा गरेकी छन्, तर हिटलरको शव उधिन्न चलेकोे हुरीले मर्केलको प्रतिष्ठा जोगाउला भन्नेमा धेरैलाई शंका छ ।

हिटलरको नामै यति खुंखार छ कि उनी बलात् सत्ता कब्जा गरेर शक्तिमा आएका तानाशाह हुन् जस्तो विश्लेषण गरिन्छ । वास्तविकता के हो भने हिटलर लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमा जनताको अमूल्य मत पाएर शासनमा उदाएका थिए । नाजी भन्ने शब्द पनि यति बदनाम छ कि त्यो कुनै सैनिक समूह हो, जसले जनतालाई तर्र्साएर राखेको थियो भन्ने जस्तो मनोविज्ञान स्थापित छ । वास्तविकता के हो भने नाजी अर्थात् नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टी एक राजनीतिक दल हो, जुन एक समयमा राष्ट्रवादी जर्मन जनताको मुटुको ढुकढुकी थियो । नाजी पार्टी र त्यसका प्रमुख हिटलरले जादुमयी लोकप्रियता यसकारण पाएका थिए कि पहिलो विश्वयुद्धमा गुमेको जर्मन स्वाधीनता उनीहरूलाई फिर्ता चाहिएको थियो । जर्मन साम्राज्यले गुमाएका सम्पूर्ण भूभागमा आफ्नो राष्ट्रिय झन्डा लहराउने हिटलरको शपथ सुनेर लाखौँ युवा उनीप्रति नतमस्तक भएका थिए । छिमेकी फ्रान्सबाट देशलाई खतरा छ भनेर उनले जनतालाई राष्ट्रवादी झन्डामुनि गोलबन्द गराएका थिए, अल्पसंख्यक यहुदीबाट देशमाथि गद्दारी हुन्छ भनेर बहुसंख्यक जनताको मस्तिष्क कब्जा गरेका थिए । त्यसैले विदेशीसँग पौंठेजोरी खेल्ने मात्र होइन, देशभित्रका अल्पसंख्यक यहुदीलाई ग्यास चेम्बरमा हालेर मार्नसमेत उनलाई छुट थियो । कुल ९० लाख जनसंख्या भएको यहुदी समुदायका दुईतिहाइ अर्थात् ६० लाखको नरसंहार गर्दा हिटलरले राष्ट्रवादको नारा दिइरहेका थिए । हिटलरलाई देशप्रति यतिसम्म माया थियो कि राष्ट्रघातीको अर्को पुस्ताले पनि देश बेच्न नसकोस् भनेर यहुदी समुदायका करिब १५ लाख बालबालिकासमेत मारिएका थिए ।

अल्पसंख्यकलाई तह लगाएर राष्ट्र बलियो बनाउने हिटलरी शासनको निन्दा नगर्ने मान्छे भेट्टाउन मुस्किल छ । तर, आफूसँगै भएको अल्पसंख्यकलाई घृणा नगर्ने मान्छे भेट्टाउन मुस्किल होइन, असम्भव नै हुन थालेको छ । अझ अफ्रिका र एसियामा त अल्पसंख्यकलाई घृणा गर्ने समुदाय आफैँ पनि समृद्ध र सुखी छैन । किनकि अल्पसंख्यकको भूत देखाएर बहुसंख्यकलाई कम्मलभित्र च्यापेर त्यहीँभित्र शोषण गर्ने राजनीति हाम्रो क्षेत्रमा युगौँदेखि सशक्त छ । अर्को धर्म, राष्ट्र र समुदायको मान्छे विपन्न भएको उसकै बुद्धिले हो भन्ने सावित गर्न हामी आफैँ शोषित भएको मुद्दा बिर्सन्छौँ, र आफ्ना अगुवामाथि प्रश्न गर्न डराउँछौँ । अर्को शोषितको आवाज न्यायोचित छैन भन्ने सावित गर्न हामी आफैँ पुस्ताैँ पुस्तासम्म शोषित भइरहन तयार छौँ । फरक रङ र समुदायका मान्छेबाट भयभीत हामी प्यास मेटाउन पानी देऊ, बिरामी हुँदा औषधि देऊ, काम गर्न रोजगारी देऊ, सन्तानका लागि आश देऊ र बाँच्नका लागि सास देऊ भनेर आफ्ना अगुवासँग माग्न बिर्सन्छौँ । कम्मलभित्र लुक्दालुक्दा निसास्सिए पनि टाउको बाहिर निकालेर हामी आफ्नो र आफ्ना सन्ततिको भविष्यबारे बोल्न सक्दैनौँ । किनकि शासकले चोरआैँला तेस्र्याएर हामीजस्तै मानवलाई भूत भन्दै मन्साउन खोजिरहेको हुुन्छ, हामीलाई तर्साइरहेको हुन्छ । भूत मन्साउने झाँक्री फेरिएका छन्, तर तन्त्र फेरिएका छैनन्, त्यसैले हाम्रा दिन पनि फेरिएका छैनन् ।

देश सानो भएकोमा हामी हीनताबोधले ग्रसित छौँ, त्यसैले गर्जने शासक चाहिन्छ भन्ने मनोविज्ञान स्थापित भएको छ । तर, सानो भएकै कारण देश अपमानित हुने भए सिंगापुर, स्विट्जरल्यान्ड, लक्जेम्बर्ग र कतार संसारका सबैभन्दा दयनीय देश हुनुपर्ने हो । तर, ती बलिया छन् र तिनको राष्ट्रियतालाई अपमानित गर्ने हिम्मत कसैको छैन । यसको अर्थ हो, गरिब जनताको पसिना निर्यात गरेसम्म हाम्रो राष्ट्र बलियो हुने छैन । जनता बलियो बनाउने जिम्मेवारी पूरा गर, राष्ट्र त जनताले नै जोगाउनेछन् भनेर जबसम्म हामीले हाम्रा अगुवालाई भन्न सक्दैनौँ, तबसम्म हाम्रो राष्ट्रवाद हाम्रै लागि अभिशाप भइरहनेछ । टैगोरको यो भनाइ फेरि पनि सान्दर्भिक छ, ‘राष्ट्रवादको उन्माद भरेर सोझासीधा जनताको शोषण नगर, राष्ट्रभित्रका मान्छेलाई समृद्ध बनाउने योजना लिएर आऊ, म अन्तिम साससम्म साथ दिनेछु ।’

तपाईंलाई चौहानको विचार कस्तो लाग्यो ? np<space> पछि प्रतिक्रिया, आफ्नो नाम र ठेगानासमेत टाइप गरी ३३६२४ मा एसएमएस गर्नुहोस्, प्रतिक्रिया प्रकाशित हुनेछ ।