स्थानीय तह निर्वाचनको तयारीमा जुट्न एमालेको निर्देशन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिकाका ५३ वर्षीय गोपाल विष्टको छिनेको खुट्टा जोडिएको हो । विष्ट गत असार…
पूरा पढ्नुहोस् »

  आधुनिकीकरण र मानिसको क्रयशक्ति बढेसँगै भोजभतेर गर्नेको संख्या पनि बढ्दै गएको छ । कुनै समय सामान्य पूजा गरेर मनाइने जन्मदिन अहिले ठूला भोजभतेरले ओगट्न थालेको छ । व्यावसायिक मात्र…
पूरा पढ्नुहोस् »

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले देशको रक्षा गर्न भारत हतियारले पूर्ण रूपमा सुसज्जित रहेको बताएकी छिन् । भारत, चीन र भुटानको सीमा डोकलाममा तनाव बढिरहेकै वेला विदेशमन्त्री स्वराजको सो भनाइ आएको…
पूरा पढ्नुहोस् »

सिंगापुरले अन्तिम पाँच विकेट सात रनभित्र गुमाउँदा नेपाल २२ रनले विजयी कप्तान सन्दीप लामिछानेको घातक बलिङ सहयोगमा नेपालले आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता एसियन छनोटअन्तर्गत दोस्रो चरणमा आयोजक सिंगापुरमाथि २२…
पूरा पढ्नुहोस् »

नियात्राकार दामोदर पुडासैनीको मान्यता गजबको छ । उनी भन्छन्, ‘हजार पुस्तक पढेरभन्दा एउटा यात्रा गरेर, विश्वविद्यालयमा पढेरभन्दा नयाँ ठाउँमा घुमेर नवीन ज्ञान र जीवन दर्शन फेला पार्न सकिन्छ ।’ उनको…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

काठमाडौँ   |   चैत ०७, २०७३

नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको स्थायी समितिको बैठकले निर्वाचनलाई टार्ने, अन्योल खडा गर्ने र निर्वाचन हुन नदिने कुनै पनि गतिविधिहरुप्रति सजग रहँदै २०७४ वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीपंक्तिलाई निर्देशन गरेको हो ।

निर्वाचनका सन्दर्भमा उठिरहेका द्विविधाहरुलाई चिर्दै निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण समेत बैठकले गरेको छ । बैठकले निर्वाचनका सम्पूर्ण कार्यहरुलाई तीब्रताका साथ अगाडि बढाउन निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

निर्वाचन आचारसंहिताविपरीत बजेटहरुको विनियोजन गर्ने, पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरुको सरुवा, बढुवा तथा पदस्थापन गर्नेजस्ता कार्यप्रति एमालेले ध्यानाकर्र्षण गराएको छ । ‘हाम्रो पार्टी निर्वाचन आचारसंहिता विपरीत यस्ता कार्यहरु तत्काल रोक्न सरकारस“ग माग गर्दछ । र, सरकारका यस्ता क्रियाकलापको कडाईका साथ अनुगमन गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

बैठकले संविधान संशोधनका सन्दर्भमा पार्टीले यस अगाडि राख्दै आएका अडानहरुप्रति पुनः जोड दिँदै संविधानको कार्यान्वयन, तीनै तहको निर्वाचनको सुनिश्चितता गर्दै लोकतान्त्रिक स्थायित्वमार्फत् मुलुकको समृद्धिका दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिहरुलाई आह्वान गरेको छ । बैठकले पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा ९ राजनीतिक दलका बीचमा छलफल गरी एकीकृत धारणा बनाउने निर्णय समेत गरेको छ ।