नयाँ पत्रिकाकर्मी सिंहलाई मार्ने धम्की - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

लहान   |   चैत ०७, २०७३
दिलीप सिंह

सिरहास्थित नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले मार्ने धम्की दिएका छन् । लहानस्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा समाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मुरारी साहले समाचारको विषयलाई लिएर मार्ने धम्की दिएका हुन् ।

माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहानस्थित पडरिया थारु टोल केन्द्रमा आइतवार भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइराला सहितको अनुगमन टोलीले नक्कली निरीक्षक पक्राउ गरेको समाचार नयाँ पत्रिकामा सोमबार प्रकाशित भएको थियो । उक्त समाचारको विषयलाई लिएर प्रिन्सिपल साहले धम्की दिएको  सिंहले बताए ।

उनका अनुसार मुरारी साहले नक्कली निरीक्षक पक्राउ बारे समाचार किन पत्रिकामा प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको हो । पत्रकार सिंहले भने –‘म सामाचार लेखिरहेको थिएँ । सो ठाउमा आएर समााचार किन लेखेको भनि उफ्रिदै कुटपिट गरी काटेर टुक्राटुक्रा पारिदिने भन्दै धम्क्याए ।’  प्रिन्सिपल साहले समाचार लेख्ने ठाउँबाट अहिले नै बाहिर आऊ यही ठाउँमा मारिदिन्छु भन्दै धम्की दिएका थिए ।