नेपाली जुत्ता मेलामा १ करोड २० लाखको कारोबार - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

पहिलो चरणको स्थानीय तह निर्वाचन बहिस्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो चरणको निर्वाचनमा पनि सहभागी नहुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गर्दै राजपा नेपालका नेताहरूले सरकारले आफ्ना…
पूरा पढ्नुहोस् »

अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै…
पूरा पढ्नुहोस् »

डोल्पामा पहिलो पटक सुत्केरी महिलाको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालमा यस अघि सुत्केरी महिलाको शल्यक्रिया गरिएको थिएन् । शल्यक्रिया गरिएपछि खतराको मुखमा पुगेकी एक सुत्केरी महिलाको ज्यान जोगिएको…
पूरा पढ्नुहोस् »

अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै लमजुङमा अलैँचीको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको…
पूरा पढ्नुहोस् »

बकिङघम दरबार, डाउनिङ स्ट्रिट, विदेशी दूतावास र वेस्टमिनिस्टरको सुरक्षाका लागि सेना खटिने बेलायतमा आतंकवाद जोखिमको तहलाई सबैभन्दा उच्च विन्दुमा पुर्याइएको छ । अतिवादीले सोमबार राति म्यानचेस्टरमा बीभत्स हमला गरेसँगै सरकारले…
पूरा पढ्नुहोस् »

पहिलोपटक युरोपा लिग जितेसँगै म्यानचेस्टर युनाइटेड सीधै युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा छनोट  इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पहिलोपटक युरोपा लिग फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । म्यानचेस्टरले शुक्रबार एज्याक्समाथि २–०…
पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाबाट हामी अगाडि बढ्दै छौँ । त्यस क्रममा हामीले ७ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ । यसै क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन (प्रदेश नं. ३,…
पूरा पढ्नुहोस् »

जसलाई फुर्छ कविता, सडकपेटीमा तरकारी बेच्दाबेच्दै । जो गजलका मतला, शेर, काफिया, रदिफ र बहर जन्माउँछन्, तरकारीको ठेलागाडा ठेल्दाठेल्दै । कवितामै उतार्छन्, स्वाभिमान । पेसाले सडकपेटीमा तरकारी बेच्ने उनी लेखनको…
पूरा पढ्नुहोस् »

नेपालको संसद् प्रायजसो आवश्यक काममा कम र अनावश्यक झमेलामा बढी समय बिताउने गर्छ । ०४८ पछिको संसदीय अभ्यासमा संसद्ले गम्भीर राजनीतिक विमर्श, आर्थिक नीतिमाथि सार्थक बहस, सामाजिक रूपान्तरणका कार्यसूचीलाई निष्कर्षमा…
पूरा पढ्नुहोस् »

दललाई दिइएको निर्वाचन चिन्ह लिएर चिर्वाचनमा सहभागी हुन पाउने पाउनुपर्ने माग राख्दै नयाँ शक्ति पार्टी, नेपाल सहितका व्यवस्थापिका संसद बाहिर रहेका ६६ दलले दलहरुले आइतबार निर्वाचन आयोगमा धर्ना दिएका छन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , कास्की   |   चैत ०७, २०७३

‘स्वदेशी वस्तुको प्रवद्र्धन साझा अभियान’ नारासहित राजधानीबाहिर पहिलोेपटक पोखरामा आयोजना गरिएको हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला–२०७३ सम्पन्न भएको छ । कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ताघर प्रालि काठमाडौंको संयुक्त आयोजनामा गत फागुन १५ देखि मेला सञ्चालन गरिएको थियो ।
नयाँबजार स्थित पोखरा प्रदर्शनी केन्द्रमा २१ दिनसम्म चलेको मेलामा १ करोड २० लाखको कारोबार तथा १ लाख ६५ हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिए ।

उद्यमशीलता  विकास गर्न सहयोग
मेला समापन गर्दै कास्की क्षेत्र नम्बर २ का सभासद् शारदा पौडेलले नेपालमा उत्पादित वस्तु मुलुकभित्र मात्र नभई विदेशमा निर्यात गर्न व्यवसायीलाई सुझाब दिइन् ।

नेपाली उत्पादनबारे सर्वसाधारणलाई जानकार गराई उद्यमशीलता विकास गर्न यस्ता मेला महोत्सवले सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाल हस्तकला व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष किरण डंगोलले हस्तकला उद्योगको विकासका लागि सरकारी तहबाट सहयोग नपाएको गुनासो गरे । घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख थमन सिंह थापाले उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति गर्न सकिन्छ भन्ने प्रमाण जुत्ता मेलाबाट देखिएको दाबी गरे ।

नेपाली उत्पादन  प्रयोग बढाउन मेला
नेपाल हस्तकला व्यवसायी महासंघका उपाध्यक्ष तथा नेपाली जुत्ताघर प्रालिका सञ्चालक होमनाथ उपाध्यायले नेपालीलाई स्वदेशी उत्पादन प्रयोगमा हौसला बढाउने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।
कास्की पोखरा हस्तकला संघका अध्यक्ष तथा मेला संयोजक हीरा भट्टराईले छोटो समयमा आयोजना गरिएको मेला अपेक्षा गरेभन्दा बढी सफल भएको बताए ।

सहभागी ब्रान्ड
१ सय ५० देखि ६ हजार रुपैयाँसम्मका जुत्ताचप्पल बिक्री एवं प्रदर्शनीमा राखिएको मेलामा ग्राहकलाई १५ देखि ७० प्रतिशतसम्म छुट दिइएको थियो । मेलामा नेपाली ब्रान्ड शिखर सुज, बिएफ डियरहिल सुज, स्काई सुज, कोशेली छालाजुत्ता, सफ्ट टच फुटल्यान्ड, सुल्यान्ड, इजी सुज, टम टेलर सुजलगायत कम्पनीका जुत्ताचप्पल राखिएका थिए ।