निर्वाचनका वेला मात्रै कुरा उठ्ने टरिगाउँ विमानस्थल - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

भूपेन्द्र वली, तुलसीपुर   |   चैत ०७, २०७३

सबै किसिमका निर्वाचनमा उम्मेदवारले बाँड्ने सबैभन्दा चलेको आश्वासन हो दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल नियमित सञ्चालन । दाङका व्यवसायी, राजनैतिक दलका नेतालगायत सबैले आफ्नो मत भारी बनाउन जिल्लावासीबीच निर्वाचन र अन्य वेला पनि उक्त विमानस्थलमा नियमित जहाज उडाउने सपना बाँड्न भुल्दैनन् । तर, ०७० यता ठप्प टरिगाउँ विमानस्थलमा नियमित विमान भने उड्न सकेको छैन । ‘अब फेरि स्थानीय तहको निर्वाचन आउँदै छ । ‘फेरि विमानस्थल सञ्चालनबारे आश्वासन बाँड्न थालिसकेका छन्,’ तुलसीपुर ‘घ’ लाइनका देवीकुमार बस्नेतले भने, ‘तर, निर्वाचनमा जितेपछि आश्वासन कहिल्यै कार्यान्वयन भएन ।’ दाङको समग्र विकासका लागि टरिगाउँ विमानस्थलको नियमित सञ्चालन अपरिहार्य रहेको जिल्लावासीको भनाइ छ ।

कामविहीन कर्मचारी
विमानस्थलमा नियमित जहाज नउडेपछि विमानस्थलका कर्मचारी घाम तापेर दिन बिताउँछन् । हाल विमानस्थललाई सहयोगी केदार र रामप्रसाद चौधरीले रेखदेख गर्दे आएका छन् । वरिष्ठ अधिकृत प्रभास रञ्जन काजमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा छन् । ‘कार्यालय आएर बस्ने र घाम तापेर दिन बिताउनेभन्दा अरू काम छैन,’ चौधरीले भने, ‘विमान चले काम पाइन्थ्यो कि । यात्रुको फोन आउँछ । विमान चल्ने नचल्नेबारे सोध्छन् । केही भन्न सक्दैनौँ ।’ उनीहरूले काम नगरी दिन बिताउन गाह्रो भएको बताए । उनीहरूले भने, ‘केही काम नगरी तलब खानु पनि राम्रो हुँदो रहेनछ । जहाज चले हामीले पनि काम पाउँथ्यौँ । ’

उड्दै, रोकिँदै जहाज
नियमित उडान भर्ने भन्दै विमानस्थल कालोपत्रे भएको तीन वर्ष भयो । कालोपत्रे भएपछि एक वर्ष जति गोमा एयरलाइन्सले सातामा दुईपटक जहाज चलायो । तर, निरन्तरता दिएन । ‘११ फागुन ०११ मा परीक्षण उडान गरेपछि ०५२ सम्म यो विमानस्थलमा विमान चलेका थिए ।’ २८ वर्षदेखि टरिगाउँ विमानस्थलमा कार्यरत नागरिक उड्डयन प्रधिकरण दाङका कार्यालय सहयोगी केदार चौधरीले भने, ‘०५२ मा एक्कासि इन्धन र यात्रु अभाव छ भन्दै उडान बन्द भयो । त्यसपछि नियमित जहाज उड्न सकेन ।’ ०६० मा फेरि नेपाल वायु सेवा, सीता र यती एयरलाइन्सले जहाज उडाउन थालेको उनले बताए । ०६६ सम्म लगातार उडान भयो । ०६७ देखि ०७० सम्म विमानस्थल कालोपत्रे गर्न थालेपछि उडान बन्द भएको
उनले बताए ।

तीन किसिमको अवधारणा
३६ बिघा १० कट्ठा १० धुर जग्गामा टरिगाँउ विमानस्थल फैलिएको छ । विमानस्थल सञ्चालन हुन नसकेपछि गत पुसमा तत्कालीन सिँचाइमन्त्री दीपक गिरीले पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीलगायत मन्त्रालयको प्राविधिक टोली ल्याएर विमानस्थलको अवलोकन गराएका थिए । अवलोकनका क्रममा मन्त्री शाहीले विमानस्थलको लम्बाइ कम भएकाले विमान चलाउन नसकिएको बताएका थिए । अवलोकनपछि उक्त टोलीले विमानस्थल सञ्चालनबारे मन्त्रालयमा तीन किसिमको अवधारणा पेस गरेको सुन्नमा आएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले बताए ।

पहिलो हालकै संरचनालाई १२ सय ५० मिटर बनाउने गरी पूर्व ग्वारखोलातर्फ विस्तार गर्ने, दोस्रो विमानस्थलको हालको धाबनमार्गलाई परिवर्तन गर्ने र तेस्रो वरपरको जग्गा अधिग्रहण गरी १८ सय मिटर लम्बाइ पु¥याउने गरी प्रतिवेदन पेस भएको रिजालले बताए । ‘अहिले त मन्त्रीज्यू पनि फेरिइसक्नुभएको छ । विगतजस्तै फाइल अलपत्र पर्ने सम्भावना छ,’ उनले भने । यद्यपि, केही समयपछि पुनः विमानस्थल सञ्चालनका लागि दबाब दिन काठमाडौं जाने तयारी रहेको उनले बताए । उनले भने, ‘नयाँ मन्त्रीज्यूले सहयोग गरे विमानस्थल सञ्चालनमा आउने आशा राख्न सकिन्छ ।’