सुनचाँदी रत्न तथा आभूषण महासंघ अध्यक्षमा महर्जन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , कास्की   |   चैत ०७, २०७३

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय सम्मेलन पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सम्मेलनले आगामी दुईवर्षे कार्यकालका लागि अध्यक्षमा पुनः रमेश महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ । यस्तै, महासंघको विशिष्ट सदस्यमा सुरेशमान श्रेष्ठ, प्रथम उपाध्यक्षमा रुद्रबहादुर बराइली, द्वितीय उपाध्यक्षमा महेशमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा अमरनाथ गुप्ता, महासचिवमा कृष्णलाल महर्जन, सचिवमा राजमान सुनार र किशान सुनार, कोषाध्यक्षमा द्वारिका विश्वकर्मा र सहकोषाध्यक्षमा जयराम पाण्डे चुनिएका छन् ।
सदस्यमा विशन सुनार, मीनबहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला, सुमनमान ताम्राकार, अशोककुमार शाह, घनश्याम रिजाल, मणिकिशोर पाण्डे, देवीलाल विक, ऋषिकुमार ठाकुर, सोमबहादुर विक, नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्राचार्य र विद्यासागर ताम्राकार निर्वाचित भएका छन् ।

पोखरा घोषणापत्र जारी
सम्मेलन समापनसँगै आइतबार नै नवनिर्वाचित कार्यसमितिले पोखरामा पत्रकार सम्मेलन गरी पोखरा घोषणापत्र सार्वजनिक गरेको छ ।
पोखरा घोषणापत्र सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष महर्जनले सुनको आपूर्ति एवं वितरणलाई प्रादेशिक रूपमा विकेन्द्रित गरिनुपर्ने, बहुमूल्य गहना उत्पादन कारोबार तथा नियमन निश्चित मापदण्डअन्तर्गत ल्याउन निर्देशिका जारी हुनुपर्ने, स्वदेशी रत्न पत्थर प्रवद्धर्नका लागि महासंघले प्रस्तुत गरेको संयुक्त कार्ययोजना प्रस्ताव कार्यान्वन गर्नुपर्ने, राष्ट्रिय बोर्ड अविलम्ब गठन गर्नुपर्नेलगायतका विषय सम्मेलनले पारित गरेको जानकारी दिए ।

प्रादेशिक संरचनाअनुसारको विधान
सम्मेलनले विधान संशोधन गरी हाल रहेको २१ सदस्यीय कार्यसमिति बढाएर ३१ सदस्यीय बनाइएको छ भने प्रादेशिक संरचनाअनुसार विधान प्रत्येक प्रदेशबाट कार्यसमितिमा अनिवार्य प्रतिनिधित्व रहने व्यवस्था गरिएको महर्जनको भनाइ छ ।
हाल नेपालले वार्षिक रूपमा ५ सय अर्ब हाराहारी विभिन्न सुनजन्य वस्तु आयात गर्दै आए पनि त्यसको करिब ७ प्रतिशत मात्र निर्यात हुने गरेको उनले बताए ।
यसअघि शनिबार सुरु भएको सम्मेलन उद्घाटन संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति सभापति भीष्मराज आङदम्बेले गरेका थिए ।

कोटा सिस्टम खारेज गर्न माग
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्माले आवश्यक कच्चा पदार्थ अभावमा व्यवसाय संकटमा परेको बताए ।
सरकारले व्यवसायीलाई पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध नगराउँदा व्यवसाय संकटमा पर्ने अवस्था रहेकाले हालको कोटा सिस्टम खारेज गरी खुला रूपमा सुन आयात गर्न दिनुपर्ने माग उनले गरे ।