डेस्कमै किताब राखेर लेख्छन् परीक्षार्थी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

दिलीप सिंह, लहान   |   चैत ०७, २०७३

माध्यमिक शिक्षा परीक्षा ‘एसइई’को तेस्रो दिन गणित विषयको परीक्षामा सिरहाका विभिन्न केन्द्रमा विद्यार्थीले डेस्कमै किताब राखेर सारेको पाइएको छ । लहान नगरपालिकास्थित बस्तीपुर उच्च माध्यमिक विद्यालय, लक्ष्मण ललिता उच्च माध्यमिक विद्यालय, पडरिया थारूटोल माध्यमिक विद्यालयमा अनुगमनका क्रममा विद्यार्थीलाई चिट चोराउँदै गरेको पाइएको थियो ।

बस्तीपुर उच्च माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा परीक्षार्थीले डेक्समै किताब राखेर लेखिरहेको पाइएको थियो । त्यसको तस्बिर खिच्ने अनुमति भने नभएको भन्दै केन्द्राध्यक्ष रामनारायण साहले तस्बिर लिन रोकेका थिए । परीक्षामा खटिएका केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, निरीक्षक तथा सहयोगीले मिलेमतोमा चिट चोराएको बताइएको छ ।

लहान नगरपालिकाभित्रकै लक्ष्मण ललिता उच्च माध्यमिक विद्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराई नेतृत्वको टोलीले प्रश्नपत्र हल गरिएको फोटोकपी नै फेला पारेको छ । परीक्षा कोठाबाहिर प्रश्नपत्र हल गरिएको करिब ५० वटा फोटोकोपी फेला परेको भट्टराईले बताए । केन्द्राध्यक्ष शिवशंकर महतोलाई चेतावनी दिँदै उनले फोटोकपी भित्र्याउन मिलोमतो गरेको पाइए कारबाही गरिने बताए ।

सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले अनुगमन टोलीभन्दा केन्द्राध्यक्ष र निरीक्षक जिम्मेवार हुनुपर्ने बताए । तर, उनीहरू बेइमान भएको बताए ।

नक्कली निरीक्षक पक्राउ
सिरहाको लहान नगरपालिकास्थित माध्यमिक विद्यालय पडरिया थारूटोल परीक्षा केन्द्रबाट एक नक्कली निरीक्षक पक्राउ परेका छन् । आइतबार भएको गणित विषयको परीक्षामा निमित्त प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईसहितको अनुगमन टोली साढे नौ बजे परीक्षा केन्द्रमा पुगेको थियो । अनुगमन टोली कोठामा प्रवेश गर्नेबित्तिकै निरीक्षकले आफ्नो परिचयपत्र लुकाउन थाले ।

परीक्षा निरीक्षक रतनेश यादवको परिचयपत्र लगाएर पश्चिम–दक्षिणतर्फको कोठामा परीक्षार्थीलाई चिट चोराइरहेका उनी अनुगमन टोलीले सोधपुछ गर्दा अकमकाए । निमित्त प्रजिअ भट्टराईले केन्द्राध्यक्ष रामकुमार साहलाई बोलाएर सोधपुछ गर्दा उनी रतनेश यादव नभई महतो भएको खुल्यो । टोलीले महतोलाई तत्काल पक्राउ गरेको छ ।

विज्ञान विषयको प्रश्नपत्र खोलियो
आइतबार लहान नगरपालिकाको गाढास्थित परीक्षा केन्द्रमा गणित विषयको सट्टा विज्ञान विषयको प्रश्नपत्र बाँडिएको थियो । विज्ञान विषयको परीक्षा आज सोमबार छ । गलत प्रश्नपत्र बाँडिएको थाहा पाएलगत्तै पुनः संकलन गरिएको थियो ।

केन्द्राध्यक्ष अरविन्द लाला दासले भुलले गणित विषयको सट्टा विज्ञान विषयको पोका खोलिएको बताए । उक्त परीक्षा केन्द्रमा २० मिनेट ढिलो गरी गणित विषयको परीक्षा सुरु भएको थियो ।