अशोक लेलैन्डका भाइकिङ बस सार्वजनिक - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका , काठमाडौं   |   चैत ०७, २०७३

उच्च प्रदर्शन
भाइकिङ बसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआइपी तथा मेकानिकल सुविधा रहेकाले न्यूनतम इन्धन खर्चमा उच्च प्रदर्शन गर्ने कम्पनीले जनाएको छ
उत्पादन
अशोक लेलैन्डले यात्री परिवहनको १८ सिटदेखि ८० सिटसम्मका विभिन्न गाडी उत्पादन गर्दै आएको कम्पनीले बताएको छ
प्रयोग
कम्पनीबाट उत्पादित गाडी १ टनदेखि ४९ टनसम्मका छन्, ट्रक÷टिपर, बस, लाइट कमर्सियल गाडी, डिफेन्स प्रयोजनका स्पेसल गाडी नेपालमा प्रयोग गरिँदै आएको छ

आइएमई गु्रपको सहायक कम्पनी नेपालका लागि अशोक लेलैन्ड कमर्सियल भेहिकल्सको आधिकारिक विक्रेता एलटी इन्टरप्राइजेज प्रालिले भाइकिङ बस नेपाली बजारमा सार्वजनिक गरेको छ । भाइकिङ बसको आइएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा अशोक लेलैन्ड कम्पनीका उपसभापति रविकुमार पंगाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

भाइकिङ बसमा १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआइपी तथा मेकानिकल गभर्नर सुविधा रहेकाले न्यूनतम इन्धन खर्चमा उच्च प्रदर्शन गर्ने कम्पनीले जनाएको छ ।

भाइकिङ बसले हाल बजारमा उपलब्ध अन्य बसभन्दा छिटो यात्रासमय तथा राम्रो सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटीले अशोक लेलैन्डका बस कुशल लागत र आरामदायी रूपमा नेपाली बजारमा परिचित हुन थालेको बताए । हिन्दुजा ग्रुपअन्तर्गत अशोक लेलैन्ड भारतीय उत्पादक कम्पनी हो जसको भारतको चेन्नाईमा मुख्यालय छ ।
अशोक लेलैन्ड व्यावसायिक बहानामा भारतको दोस्रो ठूलो उत्पादक कम्पनी हो । भारतमा मात्रै ७ र खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कम्पनीका कारखाना छन् । कम्पनीले स्पेयर पुर्जा, औद्योगिक र समुद्री प्रयोगका इन्जिन उत्पादन गर्दै आएको छ ।अशोक लेलैन्डले यात्री परिवहनको १८ सिटदेखि ८० सिटसम्मका विभिन्न गाडी उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीबाट उत्पादित गाडी १ टनदेखि ४९ टनसम्मका छन् । ट्रक/टिपर, बस, लाइट कमर्सियल गाडी, डिफेन्स प्रयोजनका स्पेसल गाडी नेपालमा प्रयोग गरिँदै आएको छ ।
कार्यक्रममा आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एलटी इन्टरप्राइजेजका निर्देशकद्वय सन्दीप अग्रवाल र सुमन पोखरेल, अशोक लेलैन्ड बसका बिक्री तथा मार्केटिङ प्रमुख ओमप्रकाश पिके, कम्पनीका पूर्वसार्क क्षेत्रीय प्रबन्धक तन्मय मित्रालगायत नेपालका यातायात सम्बद्ध संस्थाका पदाधिकारी सहभागी थिए ।