त्राटक एकाग्रता शक्ति बढाउन - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

दसैँको मुखमै आएर प्रा. डा गोविन्द केसीले १२ औं अनशन थालेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनशन बसेका उनले यो यटक संसदमा विचाराधिन रहेको चिकित्सा शिक्षा विधेयकलाई लिएर…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०७, २०७३
योगी पूर्ण श्रेष्ठ
महामृत्युञ्जय योग केन्द्र
गौशाला, पिंगलास्थान

मानव शरीरमा प्राणको जति महत्व छ, त्यति नै योगमा त्राटकको छ । सम्पूर्ण योग नै मनका माध्यमबाट गरिन्छ । सोही मनलाई नियन्त्रण गर्ने योगको विधि हो, त्राटक । यसले सम्पूर्ण मन मस्तिष्कलाई पूर्ण सञ्चालित गराई विलक्षण, मेधावी, प्रतिभाशाली साथै शक्तिशाली बनाउँछ । आधुुनिक विज्ञानमा मनोरोग र रोगीको प्रत्यक्ष रूपमा अनुसन्धान, अन्वेषण गरिएको पाइन्छ । योगको मनोविज्ञानमा सफल, स्वस्थ, उच्च, उत्कृष्ट मस्तिष्कको सूक्ष्म अनुसन्धान गरिन्छ । अझ भनौँ भने त्राटकद्वारा मनको सशक्तीकरण तथा यौगिक सिद्धि प्राप्ति हुन्छ । साथै, कतिपय अविकसित मस्तिष्कको केन्द्रलाई जगाएर मनलाई शक्तिशाली बनाउने काम पनि गर्छ । कुनै पनि पेसाकर्मीलाई यसले सफलताको उच्च स्तरसम्म पु¥याउँछ । एकाग्रता नै त्राटकको सबैभन्दा उच्च तागत र शक्ति हो ।

मानव शरीरमा प्राणको जति महत्व छ, त्यति नै योगमा त्राटकको छ । सम्पूर्ण योग नै मनका माध्यमबाट गरिन्छ । सोही मनलाई नियन्त्रण गर्ने योगको विधि हो, त्राटक । यसले सम्पूर्ण मन मस्तिष्कलाई पूर्ण सञ्चालित गराई विलक्षण, मेधावी, प्रतिभाशाली साथै शक्तिशाली बनाउँछ । आधुुनिक विज्ञानमा मनोरोग र रोगीको प्रत्यक्ष रूपमा अनुसन्धान, अन्वेषण गरिएको पाइन्छ । योगको मनोविज्ञानमा सफल, स्वस्थ, उच्च, उत्कृष्ट मस्तिष्कको सूक्ष्म अनुसन्धान गरिन्छ । अझ भनौँ भने त्राटकद्वारा मनको सशक्तीकरण तथा यौगिक सिद्धि प्राप्ति हुन्छ । साथै, कतिपय अविकसित मस्तिष्कको केन्द्रलाई जगाएर मनलाई शक्तिशाली बनाउने काम पनि गर्छ । कुनै पनि पेसाकर्मीलाई यसले सफलताको उच्च स्तरसम्म पुर्या‍उँछ । एकाग्रता नै त्राटकको सबैभन्दा उच्च तागत र शक्ति हो ।

यसको विधि
कुनै पनि सजिलो आसनमा डेढदेखि तीन फिटसम्मको दूरीमा बिन्दु वा कुनै पनि चक्र राख्ने । या दियो बत्ती बालेर त्यसमा एकटक लगाएर आँखा नझिम्क्याई हेरिराख्ने गरिन्छ । प्रारम्भमा एक–दुई मिनेटसम्म मात्र अभ्यास गर्दै बिस्तारैै समय बढाउँदै लैजान सकिन्छ । अन्तमा आँखा बन्द गरी भ्रुमध्य (दुइटा आँखीभौँको बीचको भाग)मा अन्तर त्राटक गरी विसर्जन गर्ने । ज्योति त्राटक गरेको खण्डमा आँखामा पानी छ्याप्ने वा पानीपट्टी लगाउँदा राम्रो हुन्छ ।

यसबाट लाभ
त्राटकको अभ्यासबाट हुने सबैभन्दा ठूलो लाभ त एकाग्रता नै हो । साथै, तीक्ष्ण बुद्धि, धैर्य, स्वसम्मोहन (आफैँले आफैँलाई अर्थात् विक्षिप्त मन, रुग्ण मन, कमजोर मनलाई आफैँले शक्ति प्रक्षेपण) गरी परिवर्र्तन र सुधार गरी रोगमुक्त बनाउँछ । आँखाको कतिपय दुर्बलता या रोगलाई पनि सुधार गर्न सकिन्छ । शाम्वभी (आँखाको गेडीलाई केही समय माथि पार्ने विधि) त्राटक विधि पनि नियमित गरेमा आँखाको बनावटलाई ठूलो तथा अति सुन्दर बनाउन सकिन्छ । बेलुका खाना खाइसकेपछि सुत्ने वेलामा केही समय बिन्दु त्राटक गरेमा अनिद्राको समस्या साथै सुन्दर स्वप्न र मिठो निद्रा लगाउन सकिन्छ । त्राटक गर्नेमा लगनशीलता, स्वावलम्बी, प्रतिभाशाली, प्रज्ञावान्, अविचलित, कार्यदक्षता अनि अद्भूत गतिशीलता प्राप्त हुन्छ । साथै, यो क्रिया गर्नेले जीवनमा सफलताको स्वाद चाख्न पाउँछन् । किशोरावस्थाका बालबालिकाले यसको अभ्यास गर्दा उनीहरूले सम्पूर्ण ध्यान पढाइतिर मात्र लगाई प्रतिभावान् बन्न सकिन्छ ।