आइलाइनर प्रयोग गर्ने सही तरिका - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०७, २०७३
निर्मला श्रेष्ठ
ब्युटी एन्ड हेयर केयर

आँखालाई आकर्षक तथा चार्म लुक्स दिन आइलाइन महत्वपूर्ण मेकअप हो । आइलाइनको फरक–फरक स्टाइलले एउटै व्यक्तिलाई पनि फरक लुक्स देखाउन मद्दत गर्छ । तर, सोही आइलानरको गलत प्रयोगले सुन्दर आँखालाई पनि विरूप देखाइदिन सक्छ । यो सही हो । आइलाइनर लगाउने केही फरक तरिका हुन्छन्, जसले तपाईंलाई फरक देखाउन सक्छ । तर, यस्तो प्रक्रियाले तपाईंको सुन्दरता बढाउनुको सट्टा बिगार्ने सम्भावना बढाउँछ ।

धेरै महिलाले आइलाइन लोअर लेसलाइनमा मात्र लगाउने गर्छन् । यस्तो स्टाइलले दैनिक देखिने आइलाइनको लुक्सभन्दा फरक पनि देखाउँछ । तर, यस्तो मेकअप गर्नु सोचेजस्तो नहुन सक्छ । आँखाको तल्लो भागको लेसलाइनमा मात्र आइलाइनर लगाउनाले लुक्स आकर्षक देखिनुको सट्टा डल देखाउँछ ।

आइलाइन लगाउँदा पेन्सिललाई निकै बल प्रयोग गरेर समाउनु हुँदैन । धेरै दबाब दिएर आइलाइन समात्नाले सही तरिकाले उपयोग गर्न सकिँदैन । त्यसैलाई हलुका तथा सफ्ट तरिकाले समातेर प्रयोग गर्नाले नेचुरल तथा योङ लुक्स दिन्छ ।

लिक्विड आइलाइनरको प्रयोग आँखाको माथिल्लो भागमा उपयुक्त हुन्छ । लोअर लेसलाइनमा यसको प्रयोगले लुक्स बिगार्न सक्छ । लिक्विड आइलाइनर लोअर लेसलाइनमा लगाउँदा निकै भद्दा देखिन्छ । साथै, यो स्थानमा लिक्विड लाइनर जम्ने खतरा पनि बढी हुन्छ । लोअर लेसलाइनमा सधैँ पेन्सिल आइलाइनर नै प्रयोग गर्नुपर्छ ।

आइलाइनर लगाउनुअघि आँखालाई राम्रोसँग टिस्युको सहायताले सफा गर्नुपर्छ । यसले आँखामा रहेको फोहोर तथा आयल हटाउँछ । यसपछि प्राइमर लगाएर बेस तयार गर्न भुल्नु हुँदैन ।

लोअर वाटरलाइनमा कालो या अन्य कुनै कलरको आइलाइनर लगाउने बानी छ भने सो बानीलाई सुधार गर्नुपर्छ । लोअर वाटरलाइनमा सधैँ सेतो तथा पारदर्शी आइलाइनर प्रयोग गर्नुपर्छ ।

कालो आइलाइनर अधिकांशले प्रयोग गर्ने कलर हो । यसले क्लासिक लुक्स पनि दिन्छ । तर, यसको सट्टामा ब्राउन कलरको आइलाइनर प्रयोग गर्दा झन् राम्रो हुन्छ । ब्राउन आइलाइनरले तपाईंको स्किन कलरलाई म्याच गरेर सुन्दरतालाई थप नेचुरल बनाउँछ ।