तेस्रो बिहे गर्दै करिश्माका पूर्वपति - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ । ‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले जितेका छन् । उनको बिबाहमा खिचेको तस्बिर पहिलो बनेको हो । फोटोग्राफर सापकोटाले क्यानन ६ डि क्यामेरा समेत जिते…
पूरा पढ्नुहोस् »

  उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै प्रेस सचिव स्पाइसरले राजीनामा दिएका हुन् । संस्थाभित्र फेरबदलका कारण…
पूरा पढ्नुहोस् »

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड…
पूरा पढ्नुहोस् »

संसद्का विभिन्न समितिबीच कार्यक्षेत्र र क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक किन विवाद हुन्छ ? यस्तो हुनु भनेको समितिको सभापतिसँग राम्रो ज्ञान नभएर हो । आफ्नो समितिको क्षेत्राधिकारबारे राम्रो ज्ञान सभापतिसँग हुनुपर्छ…
पूरा पढ्नुहोस् »

  ‘दिनभरको काम सकेर बेलुकी कुट्न थालेको धान मध्यरातमा चामल बन्थ्यो । गाउँलेको रातको निन्द्र र दिनको भाक हरण गरेको ढिकी जाँतोको जिन्दगीले अहिले अराम पाएको छ’ आठराई गाउँपालिका–२, खाम्लालुङका…
पूरा पढ्नुहोस् »

नेपालमा संघीयता अभ्यासको क्रममा छ । संविधानले नेपालमा तीन तहको सरकारको परिकल्पना गरेको छ । तीमध्ये स्थानीय तह मात्र त्यस्तो एकाइ हो, जसका प्रमुख उपप्रमुखसहित सबै कार्यकारी प्रत्यक्ष रूपमा जनताको…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०७, २०७३

अभिनेत्री करिश्मा कपुरका पूर्वपति सञ्जय कपुर तेस्रो बिहेको तयारीमा छन् । करिश्मासँग १३ वर्ष वैवाहिक जीवन बिताएका सञ्जयले गत वर्ष मुम्बईको फेमिली अदालतमा उनीसँग सम्बन्धविच्छेद गरेका थिए ।
व्यापारी सञ्जयले करिश्माभन्दा अघि डिजाइनर नन्दिता महतानीसँग बिहे गरेका थिए । नन्दितासँग डिर्भाेस गरेको १० दिनमै सञ्जयले करिश्मासँग बिहे गर्ने घोषणा गरेका थिए । करिश्मा र सञ्जयका दुई सन्तान छन् । सञ्जय अब प्रिया सचदेवा नामक अभिनेत्रीसँग बिहे गर्दै छन् । प्रियाले यस चोपडाको ‘निल एन्ड निकी’ फिल्ममा अभिनय गरेकी थिइन् । उनले अमेरिकाको न्युयोर्कमा बिहेको तयारी गरेको भारतीय अनलाइन मिडियाले उल्लेख गरेका छन् । प्रिया होटेल व्यवसायी विक्रम चटवालकी पूर्वपत्नी हुन् । विक्रमसँग सम्बन्धविच्छेद गरेपछि प्रिया सञ्जयततिर लागेकी हुन् । पछिल्लो केही समयदेखि सञ्जय र प्रिया सँगै देखिँदै आएका छन् ।
सञ्जयसँग डिभोर्स भएपछि करिश्मा मुम्बईस्थित एक औषधि कम्पनीका सिइयो सन्दीप तोसनीवालासँगको अफेयरमा छिन् । माइतमा बाबु–आमासँग बस्दै आएकी करिश्मा र सन्दीप पछिल्लो समय जहाँ पनि सँगै देखिने गरेका छन् । सन्दीपले करिश्माका लागि मुम्बईको बान्द्रा इलाकामा एउटा ठूलो घर किनिदिने तयारी गरेको अनलाइन मिडियाहरूको दाबी छ । सो घरमा सन्दीप करिश्माका दुई सन्तानका साथ बस्न चाहेको बताइन्छ ।