ओलम्पिक भवनमा ताला फोड्ने र लगाउने प्रतिस्पर्धा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

सीताराम कोइराला, काठमाडौं   |   चैत ०७, २०७३

श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका पदाधिकारीले ताला लाग्दा दैनिक काममा असर गरेको भन्दै आइतबार भवनमा लगाएको ताला फोडे श्रेष्ठ पक्षले ताला फोडेको केही समयपछि राणा अध्यक्ष ओलम्पिक कमिटीका पदाधिकारी पुनः ओलम्पिक भवनमा ताला लगाउन सफल

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीले सातदोबाटोस्थित मुख्य भवनमा लागेको ताला ५६ दिनपछि फोडेको छ । तर, सर्वाेच्च अदालतबाट वैधानिकता पाएको ओलम्पिक कमिटीले भवनमा केही घन्टामै फेरि ताला लगाएको छ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका पदाधिकारीले ताला लाग्दा दैनिक काममा असर गरेको भन्दै आइतबार भवनमा लगाएको ताला फोडेका हुन् । यसअघि १० माघमा राणा पक्षले भवनमा तालाबन्दी गरेको थियो । ललितपुर जिल्ला प्रशासन कार्यालयको सहयोगमा राणा पक्षले ओलम्पिक भवनको मुख्य ढोकामा ताला लगाएको थियो ।

दैनिक कार्यसञ्चालनका लागि ताला फोड्यौँ
अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका महासचिव लामाटेन्डी शेर्पाले दैनिक काम गर्न अप्ठ्यारो परेकाले ताला फोडेको बताए । ‘हामीले वार्तामार्फत समस्या समाधान हुन्छ भनेर झन्डै दुई महिना कुर्‍यौँ तर कुनै प्रगति भएन,’ लामाले नयाँ पत्रिकासँग भने, ‘दैनिक कार्य सञ्चालनका लागि कर्मचारीलाई भित्र प्रवेश गराउन ताला फोडेका हौँ ।’
लामाले अहिले पनि वार्तामार्फत समस्या समाधान गर्न सकारात्मक रहेको बताउँदै राणा पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘हामी अदालतको निर्णयलाई सम्मान गर्छाैं,’ लामाले भने, ‘तर जसलाई अन्तर्राष्ट्रिय मान्यता छ त्यसले ओलम्पिक गतिविधि गर्ने हो ।’

५० जनाको समूहले फोड्यो ताला
ओलम्पिक भवनलाई विगत दुई महिनादेखि प्रहरीले सुरक्षा दिएको छ । ‘आइतबार बिहान ५० जनाको समूहले भवनको मुख्य गेटमा लगाएका ताला फोडेको थियो,’ महानगरीय प्रहरी वृत्तका डिएसपी रामेश्वर यादवले भने, ‘उनीहरू भवन हातामा प्रवेश गरे पनि भवनभित्र भने हामीले प्रवेश गर्न दिएनौँ ।’ यादवका अनुसार ताला फोडेपछि एउटा गाडी परिसरमा प्रवेश गरेको थियो । ‘हामीले सिडिओ कार्यालयको निर्देशनअनुसार भवनलाई सुरक्षा दिएका हौँ,’ यादवले भने, ‘भवनमा ताला फोड्न आएको समूहलाईनिकालेपछि फेरि तालाबन्दी गरिएको छ ।’
भवनबाट छिटै काम थाल्छौँ
राणा पक्षका वरिष्ठ उपाध्यक्ष किशोरबाहदुर सिंहले ओलम्पिक भवनबाट छिटै काम गर्ने बताए । ‘अहिले पनि आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छौँ,’ सिंहले भने, ‘केही दिनपछि भवनबाटै काम गर्छौैं ।’ सिंहले प्रहरीको सहयोगमा भवनमा फेरि ताला लगाएको बताए । ‘केही व्यक्तिले हामीले लगाएको ताला फेडेका रहेछन्,’ सिंहले भने, ‘हामीले प्रशासनको सहयोगमा फेरि ताला लगाएका छौँ ।’

दुई महिनाअघिको तनाव
गत माघको दोस्रो साता ओलम्पिकको वैधानिकताको विषयमा १० वर्षदेखिको विवाद फेरि बल्झिएको थियो । अदालतबाट ०६७ मा वैधानिकता पाएको ओलम्पिक कमिटीका पदाधिकारी भवनमा कार्यालयमा प्रवेश गरेसँगै विवाद बल्झिएको थियो । भवनमा श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले काम–कारबाही गर्दै आएको थियो । वैधानिकताको विषयमा विवाद बढिरहँदा दुवै पक्षले सातदोबाटोस्थित भवन आ–आफ्नै मातहतमा रहेको दाबी गरिरहेका छन् ।

‘ओलम्पिक कमिटीलाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले निर्णय गरेर जग्गा उपलब्ध गराएको हो,’ राणा पक्ष ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष सिंहले भने, ‘यो भवनमा सर्वाेच्चबाट अवैधानिक ठहर कमिटी बस्ने कुनै अधिकार छैन ।’ श्रेष्ठ कमिटीका महासचिव शेर्पाले भवनबाट हट्नु भन्ने सूचना नआई कतै नजाने बताए ।

ओलम्पिक विवाद बढ्दै गएपछि खेलकुदमन्त्री दलजित श्रीपालीले दुवै पक्षसँग वार्ता गरे पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन । मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको वैधानिकता र विवादका विषयमा दुई पक्षसँग बुधबार छुट्टा–छुट्टै छलफल गरेको थियो ।