सयौँ टेस्टमा बंगलादेश विजयी - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  बनेपा–७ स्थित बसपार्कमा गौतम भोजनालय नामको होटल सञ्चालन गर्दै आएका दाहाल परिवारको सहस्यमय मृत्यु भएपछि उन्पन्न विवाद समाधान भएको छ । बनेपा नगरपालिका–२ का वडा अध्यक्ष हरिशरण घिमिरेसहित दुई…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोन आमा बनेकी छिन् । सन्नी र डेनियल वेबरको जीवनमा एक बच्चीको आगमन भएको हो । केही दिनअघि मात्रै सन्नीले आमा बन्ने इच्छा सार्वजनिक गरेकी थिइन् । उनमा…
पूरा पढ्नुहोस् »

पछिल्लो समय काठमाडौंलगायत विभिन्न सहर धुलाम्मे छन् । पुराना सवारीसाधनले पनि वायु प्रदूषण गरिरहेका छन् । धुलोबाट नाक, छालामा एलर्जी हुने, रुघा लाग्ने, फोक्सोसम्बन्धी विभिन्न समस्या हुने गर्छन् । धुलोबाट…
पूरा पढ्नुहोस् »

दुई महिना यता लमजुङमा लोडसेडिङ बढ्न थालेको छ । जिल्लामा निर्माण सम्पन्न जलविद्युत आयोजनाहरुबाट बढी विद्युत उत्पादन हुँदा लोडसेडिङ बढेको हो । बढी उत्पादन भएकै कारण लमजुङका जनताले अघोषित लोडसेडिङको…
पूरा पढ्नुहोस् »

सीमा विवाद सावधानीपूर्वक अवलोकन गरिरहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भनाइ अमेरिकाले चीन र भारतबीचको सीमा विवादप्रति गहिरो चासो देखाएको छ । चीन, भारत र भुटानको सीमामा रहेको दोकलामबारे नयाँदिल्ली र…
पूरा पढ्नुहोस् »

चार वर्षको सम्झौता बाँकी रहेकाले ब्राजिलियन स्ट्राइकर नेमार बिक्रीमा नराखेको बार्सिलोनाका अध्यक्ष जोसेपले स्पष्ट पारे पेरिस सेन्ट जर्मन (पिएसजी)को कीर्तिमानी प्रस्ताव नकार्दै बार्सिलोनाले ब्राजिलियन स्ट्राइकर नेमारलाई प्रशिक्षणमा समावेश गरेको छ…
पूरा पढ्नुहोस् »

जीवनका आखिरी दशक (सन् १८७३–१८८३)मा कार्ल माक्र्स आर्थिक दृष्टिले निश्चिन्त भएका थिए । लन्डन प्रवासका प्रारम्भिक वर्षका दारुण दारिद्रय रहेको थिएन । पिताको देहान्तपछि फ्रेडरिक एंगेल्स फुक्का भएर माक्र्स र…
पूरा पढ्नुहोस् »

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव हुन्, पुष्पलाल श्रेष्ठ । उनको निधन भएको ३९ वर्ष पूरा भइसकेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपाली भाषामा अनुवाद गर्दै पार्टी सञ्चालनसम्बन्धी नीति र…
पूरा पढ्नुहोस् »

५५ वर्ष पहिले सीमायुद्ध लडेका हाम्रा दुई छिमेकी देश चीन र भारत फेरि एकपटक आमने–सामने उभिएका छन् । भारत, भुटान र चीनको सीमानजिक चीन र भुटानबीच रहेको विवादित भूमिमा चिनियाँ…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

कोलम्बो     |   चैत ०७, २०७३

बंगलादेशले आफ्नो सयौँ टेस्टमा श्रीलंकालाई चार विकेटले पराजित गरेको छ । कोलम्बो मैदानमा आइतबार बंगलादेशले ६ विकेटको क्षतिमा १ सय ९१ रन जोडेपछि ऐतिहासिक सफलता प्राप्त गरेको हो । श्रीलंकाले चोथो इनिङमा बंगलादेशलाई १ सय ९१ रनको सहज लक्ष्य दिएको थियो । श्रीलंकाले पहिलो इनिङमा ३ सय ३८ रन तथा दोस्रोमा ३ सय १९ रन जोडेको थियो । बंगलादेशले पहिलो इनिङमा ४ सय ६७ रनको योगफल बनायो । बंगलादेशको जितसँगै टेस्ट १–१ को बराबरीमा समाप्त भयो ।

तमिलको साहसिक इनिङ
कोलम्बोको पिचमा बंगलादेशका लागि १ सय ९१ रनको लक्ष्य सहज थियो । तर, दिलरुवाना परेरा र रंगना हेराथले समान ३ विकेट लिएपछि बंगलादेशले लक्ष्य पछ्याउन धेरै मिहिनेत गर्नुप¥यो । परेरा र रंगनाले एकपछि अर्को विकेट लिँदा श्रीलंका एक समय जितनजिक पुगेको थियो । तर, बंगलादेशी ओपनर तमिल इक्वालले म्यान विनिङ पफर्मेन्स गरेपछि श्रीलंका पछाडि प¥यो ।
इक्वालले पहिलो तीन विकेटका लागि १ सय ३१ रनको साझेदारी गर्दै जितको आधार बनाए । उनले सौम्य सरकारसँग पहिलो विकेटका लागि २२ रनको साझेदारी गरे । इक्वालले तेस्रो विकेटका लागि सबिर रहमानसँग १ सय ९ रनको साझेदारी गरेका थिए । उनले १ सय २५ बलमा ८२ रनको योगदान दिए । इक्वालले ७ चौका र १ छक्का प्रहार गरे ।

सबिरले इनिङ सम्हाले
इक्वाल आउट हुँदा श्रीलंकाली बलर हावी भए । तर, सबिरले श्रीलंकाली बलरलाई थप हावी हुन दिएनन् । सबिरले पाँचौँ विकेटसम्म अन्य ब्याट्सम्यानसँग गतिलो साझेदारी गर्दै बंगलादेशलाई १६२–५ को अवस्थामा पु¥याए । सबिरले ७६ बलमा ५ चौकाको सहयोगमा ४१ रन जोडे । त्यसपछि मुसफिकर रहिमले नटआउट २२ रन बनाए । उनले ४५ बलमा १ चौका प्रहार गरेका थिए ।

बलिङमा चम्किए सकिब
बंगलादेशका अलराउन्डर सकिब अल हसनले ब्याटिङका साथै बलिङमा समेत समान योगदान दिएका छन् । उनले पहिलो इनिङमा ८० रन खर्चेर २ विकेट लिए । दोस्रो इनिङमा उनले ९४ रन खर्चेर ४ विकेट लिएका थिए । दोस्रो इनिङमा सकिबले नौ मेडन फ्याँकेका थिए । मुस्ताफिकर रहमानले दोस्रो इनिङमा ७८ रन खर्चंदै ३ विकेट हात पारे ।

दुई शतक
श्रीलंका र बंगलादेशबीचको दोस्रो टेस्टमा दुई मात्र शतक प्रहार भए । श्रीलंकाको पहिलो इनिङमा दिनेश चन्दिमालले १ सय ३८ रनको शतकीय इनिङ खेलेका थिए । उनले तीन सय बलमा १० चौका र १ छक्का प्रहार गरे । बंगलादेशको पहिलो इनिङमा सकिबले १ सय १६ रनको योगदान दिए । उनले १ सय ५९ बलमा १० चौका प्रहार गरे ।

बंगलादेशले घरबाहिर ४६ मध्ये तीन टेस्टमा मात्र जित हात पारेको छ, श्रीलंकाविरुद्ध चार विकेटको जित बंगलादेशले विदेशी भूमिमा तेस्रो सफलता प्राप्त गरेको हो, बंगलादेशले वेस्ट इन्डिजमा दुई र जिम्बाबेको भूमिमा एकपटक जित निकालेको छ
टेस्ट इतिहासमा सयौँ खेलमा जित हात पार्ने बंगलादेश चौथो राष्ट्र हो, यसअघि अस्ट्रेलिया, वेस्ट इन्डिज र पाकिस्तानले पनि आ–आफ्ना सयौँ टेस्टमा जित निकालेका थिए
बंगलादेशका सबिक उल हसन चौथोपटक म्यान अफ दी सिरिज घोषित भएका छन्, बंगलादेशका लागि धेरैपटक म्यान अफ दी म्याच हुने क्रिकेटर पनि उनी नै हुन्
तमिल इक्वाल र सबिर रहमानबीचको साझेदारी बंगलादेशका लागि चौथो इनिङमा सातौँ शतकीय साझेदारी हो
बंगलादेश सयौँ टेस्टमा केवल ९ पटक मात्र विजयी भएको छ, यस क्रममा बंगलादेशले जिम्बावेलाई पाँचपटक, वेस्ट इन्डिजलाई दुईपटक, श्रीलंका र इंग्ल्यान्डलाई समान एकपटक हराएको छ