पुजाराको दोहोरो शतकसँगै अस्ट्रेलिया दबाबमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

राँची   |   चैत ०७, २०७३

चेतेश्वर पुजाराले तेस्रोपटक दोहोरो शतक बनाएपछि भारत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा बलियो स्थितिमा रहेको छ । भारतले पुजाराको २ सय २ रनको योगदानको मद्दतमा पहिलो इनिङमा ६ सय ३ रनको विशाल योगफल बनाएको थियो । भारतले पहिलो इनिङमा ९ विकेट गुमाउँदै इनिङ समाप्ति घोषणा गरेको हो । अस्ट्रेलियाले आइतबार चौथो दिनको खेल समाप्तिसम्म २ विकेटको नोक्सानीमा २३ रन जोडेको छ । अस्ट्रेलिया दोस्रो इनिङमा १ सय २९ रनले पछाडि छ ।

भारतको १ सय ५२ रनको अग्रता
अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ५१ रन जोडेको थियो । प्रत्युत्तरमा भारतले पहिलो इनिङमा १ सय ५२ रनको अग्रता लिन सफल भयो । भारतका लागि तेस्रो क्रममा ब्याट्सम्यान पुजाराले दोहोरो शतक तथा तथा विकेटकिपर सिद्धिमान साहले शतकीय इनिङ खेले । पुजाराले ५ सय २५ बल सामना गरी २१ चौका प्रहार गरे । सिद्धिमानले २ सय ३३ बलमा ८ चौका र १ छक्काको सहयोगमा १ सय १७ रनको योगदान दिए । सिद्धिमानको यो तेस्रो टेस्ट शतक हो ।

बलियो साझेदारी

भारतले सातौँ विकेटका लागि कीर्तिमान साझेदारी गर्‍यो । पुजारा र सिद्धिमानबीच १ सय ९९ रनको साझेदारी भएको हो । यस क्रममा पुजाराले ८५ रन र सिद्धिमानले १ सय ११ रन बटुलेका थिए । दुवैले ३२८–६ देखि ५२७–७ को स्थितिसम्म ब्याटिङ गरे । दुवैले ७७.४ ओभरमा प्रतिओभर २.५६ को औसतमा ब्याटिङ गरेका थिए । त्यसपछि नवौँ विकेटका लागि उमेश यादव र रवीन्द्र जडेजाले ५४ रनको साझेदारी गर्दै भारतलाई ५९५–९ को स्थितिमा पुर्‍याए । दुवैले १२.१ ओभर ब्याटिङ गर्दा प्रतिओभर ४.४३ को औसतमा ब्याटिङ गरे । रवीन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । यादवले ३२ बलमा २ चौकाको सहयोगमा १६ रन बनाए ।

टेस्ट इतिहासमा चेतेश्वर पुजारा सर्वाधिक बढी बल सामना गर्ने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्, पुजाराले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ५ सय २५ बल सामना गर्दै कीर्तिमान बनाएका हुन

चेतेश्वर अस्ट्रेलियाविरुद्ध पाँच सय बल खेल्ने दोस्रो ब्याट्सम्यान हुन्, अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका वाली हामेन्डले सर्वाधिक तीनपटक पाँच सयभन्दा बढी बल खेलेको इतिहास बनाए१ टेस्ट इतिहासम एकै बलरविरुद्ध धेरै बल खेल्ने चेतेश्वर भारतका एक मात्र ब्याट्सम्यान बनेका छन्, उनले अस्ट्रेलियन बलर स्टिभ ओ किफविरुद्ध २ सय १५ बल सामना गरी ६५ रन बनाए

भारतले चौथो इनिङमा अस्ट्रेलियाविरुद्ध २ सय १० ओभर खेल्यो, टेस्ट इतिहासमा भारतले ब्याटिङ गरेको यो दोस्रो ठूलो हो