भूकम्पपछि सुनसान गाउँ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.
अपडेट

  गच्छदारले २०६४ साल १८ माघमा बालुवाटारमा कांग्रेसका शीर्ष नेताबीच छलफल गर्दा कांग्रेस छोड्नुपरेको यथार्थ सुनाउँदै गर्दा भावुक बन्दै गए । उनी भावुकतामा पुग्दै गर्दा माइकले काम गर्न छोड्यो ।…
पूरा पढ्नुहोस् »

हलिउडका चर्चित निर्माता हार्वे विन्स्टेइनका एकपछि अर्को गर्दै यौनजन्य हिंसाका घटना सार्वजनिक हुने क्रम बढेको छ । न्यूयोर्क टाइम्सले निर्माता हार्वेले यौन शोषण गर्ने गरेको सार्वजनिक गरेपछि यौन उत्पीडनमा परेका…
पूरा पढ्नुहोस् »

आजभोलि धेरैमा मुटुसम्बन्धी रोग देखा पर्ने गरेको छ । चिकित्सकहरू पनि पछिल्लो समय मुटुरोगी बढेको बताउँछन् । उनीहरूका अनुसार हाम्रो दैनिक जीवनशैली र विभिन्न कारणले मुटुसम्बन्धी रोग हुने गरेको छ…
पूरा पढ्नुहोस् »

युरोपेली मुलुक अस्ट्रियामा आइतबार आमनिर्वाचन सम्पन्न भएको छ । मत सर्वेक्षणहरूले युवा नेता सिबास्टियन कुर्जले नेतृत्व गरेको कन्जरभेटिभ पिपुल्स पार्टी (ओभिपी) अग्र स्थानमा आउने प्रक्षेपण गरेका छन् । पिपुल्स पार्टी…
पूरा पढ्नुहोस् »

पहिलो अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको नेपाली टोली आइतबार एएफसी छनोट फुटसल च्याम्पियसिपमा उज्वेकिस्तानसँग १४–१ को भारी अन्तरले पराजित भएको छ । इरानमा सञ्चालन भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमै…
पूरा पढ्नुहोस् »

– आसन्न निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ०७२ को कार्यान्वयन गरी सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको बाटोमा हिँडेर देश र जनताको सेवामा अविराम लाग्यौँ भने अबका दिनमा सबल, सक्षम र…
पूरा पढ्नुहोस् »

अभिनेत्री केकी अधिकारीले म्युजिक भिडियो निर्देशक विशाल भण्डारीलाई निर्देशक लिएर फिल्म निर्माण गर्न लागेकी छिन् । त्यसो त उनी ‘लभ साशा’ फिल्मकी सहनिर्माता पनि हुन् । लभ साशाले व्यावसायिक सफलता…
पूरा पढ्नुहोस् »

उहिले मानिस शक्तिदेखि निकै डराउँथे । पहिले प्रकृतिका रहस्यसँग अपरिचित भएको मान्छेले हरेक समस्याको समाधान पनि अदृश्य शक्तिमा खोजी पस्थ्यो । त्यही भएर नाग देवता, जल देवता, सूर्य देवता, भूमि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

रामकृष्ण थापा, सिन्धुपाल्चोक   |   चैत ०७, २०७३

भूकम्प जानुअघि चौतारा साँगाचोकगढी नगरपालिकाको बतासेस्थित खाल्डे र काटाकुटी गाउँमा बाक्लो बस्ती थियो । १२ वैशाख ०७२ को भूकम्पले गाउँमाथिको चट्टाने पहरो फुटेर आधी गाउँ पुर्‍यो । २९ वैशाखको ठूलो परकम्पले गाउँमुनि ठुल्ठूला पहिरो गए । जमिन भासियो । खेतबारी चिराचिरा भए । ती गाउँमा भूकम्पपछि स्थानीय जानै सकेका छैनन् । नेवार र क्षत्री बसोवास गर्ने यी दुई गाउँ अहिले सुनसान छन् । दुई सय जनसंख्या रहेका गाउँमा भूकम्पपहिले ६३ घरधुरी थिए । २९ वैशाखपछि खाल्डे र काटाकुटी मानवविहीन छन् । दुवै गाउँमा नबस्न सरकारले नै आह्वान गरेपछि स्थानीय गाउँ छाडेर हिँडेका हुन् । भूकम्प गएको २३ महिना भयो । तर, सरकारले विस्थापितलाई पुनस्र्थापित गर्ने पहल गरेको छैन, न त पुनस्र्थापनाको योजना नै सार्वजनिक भएको छ । भूकम्पपछि बाँचेका पशुधन र अन्नपात लिएर गाउँ छाडेका ६३ घरका एकजना पनि गाउँ फर्केका छैनन् । ‘माथिबाट कमलो चट्टाने पहिरो झरिरहन्छ, तलबाट ब्रह्मायणी नदीले कटान गरिरहेकाले गाउँ जान डरलाग्दो छ,’ विस्थापित अमृत थापाले बताए ।

 

बाटो छैन गाउँ जाने

 

दुई वर्षदेखि दुवै गाउँका खेतबारी बाँझै छन् । गाउँ पुग्ने बाटो पनि छैन । २० परिवार जलबिरेको सेराफाँटमा बसेका छन् । १७ परिवार जलबिरेकै टारी र बालुवामा बसिरहेका छन् । बाँकी २६ घरपरिवार कता छन् पत्तो छैन । अरूको जग्गामा भाडा तिरेर बसिरहेका विस्थापितले चिनजानका छिमेक र आफन्त भूकम्पपछि भेट नभएको जानकारी दिए । विस्थापितको जीवन दिनानुदिन नाजुक बनेको अर्का विस्थापित नन्दलाल श्रेष्ठले बताए । ‘महिनाको दुई हजार जग्गाको भाडा तिर्नुपर्छ,’ सरकारले दिएको पहिलो किस्ताबापतको ५० हजार बैंकमै थन्किएको बताउँदै श्रेष्ठले भने, ‘गाउँ जाऊँ डर लाग्छ, अर्काको जग्गामा घर बनाउन पाइएन ।’ विस्थापितलाई सरकारले घर बनाउन कि त जग्गा दिनुपर्छ कि त गाउँ जाने वातावरण मिलाइदिनुपर्ने पीडितको माग छ । विस्थापित बसिरहेको जमिन खरिद गर्न वा छिटो छाडेर जान जग्गासाहुले बारम्बार भनिरहेकाले पीडित निकै अप्ठ्यारोमा परेका छन् । गाउँ छाडेर बाहिरिनुको पीडाले विस्थापित परिवार आफ्नै गाउँठाउँमा शरणार्थी बनिरहेका छन् ।