स्थानीय तह निर्वाचन : गाउँका दुई सय ६० बन्दुक सुरक्षा चुनौती - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

नवनिर्वाचित जनप्रतिनिधिले मानोमानी गर्न थालेको भन्दै रजवाराबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  गौमुखी गाउँपालिका–३ का वडा अध्यक्षले मनोमानी ढंगले कर्मचारी नियुक्त गरेको, संविधानले नागरिकलाई प्रदान गरेको सूचनाको हकको प्रयोगको…
पूरा पढ्नुहोस् »

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् । ‘रिल’ लाइफमा दर्शकले…
पूरा पढ्नुहोस् »

दसैँले हामीहरूको घर–आँगन टेकिसकेको छ । यो वेलामा सहरबाट गाउँ जानेहरूको भिड हुन्छ । गाउँमा आफ्ना आफन्त, पाहुना आएका हुन्छन् । विभिन्न प्रकारका फलफूल, बजारमा पाइने मिठाईहरू लैजाने चलन छ…
पूरा पढ्नुहोस् »

मुलुक संघीयतामा गइसकेको परिस्थितिमा यसको कार्यान्वयनका लागि राजस्व परिचालन अत्यन्तै महत्वपूर्ण हुन्छ । त्यसमा पनि आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि आन्तरिक राजस्व परिचालन अझ महत्वपूर्ण हुन्छ । संघीयता कार्यान्वयन गर्दै जाँदा…
पूरा पढ्नुहोस् »

वासिंटन/अमेरिकी बमवर्षक र युद्धक विमान उत्तर कोरियाली सामुद्रिक सीमाको आकाशमा शक्ति प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्षेत्र गुआम र जापानको ओकिनावाबाट कोरियाली आकाशमाथि ती विमान उडेका हुन् । अमेरिकी राष्ट्रपति…
पूरा पढ्नुहोस् »

आठौँ लिगलिगे दौड २०७४ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुइ मिनेटमा पार गर्दै डोटी घर भएका रानाभाटले उपाधि जितेका…
पूरा पढ्नुहोस् »

चीन सरकारको केन्द्रीय तथ्यांक निकाय नेसनल ब्युरो अफ स्टाटिस्टिक्सका अनुसार सन् २०१७ को पहिलो पाँचमहिने अवधिमा रोबोट उत्पादन गत वर्ष सोही अवधिको तुलनामा करिब ५० दशमलव ४ प्रतिशतले वृद्धि भएको…
पूरा पढ्नुहोस् »

प्रस्तुतिः अच्युत पुरी एसिया प्यासिफिक ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रियको वार्षिक कार्यक्रमअनुसार यस वर्ष पाटा ट्राभल मार्टको आयोजना गर्ने अवसर मकाउले पायो । एसिया प्यासिफिक क्षेत्रका ६० भन्दा बढी मुलुकका पर्यटनसँग…
पूरा पढ्नुहोस् »

स्थानीय तहको अन्तिम चरणको परिणाम आइरहेकै वेला दलहरू आउने मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । आउने २९ असोजमा समानुपातिकतर्फका दुवै तहका उम्मेदवारको नाम…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

ख्याम भुजेल, इलाम   |   चैत ०७, २०७३

जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर जिल्लाका विभिन्न व्यक्तिले राखेका दुई सय ६० बन्दुक निर्वाचनका लागि सुरक्षा खतरा बनेका छन् । ती हतियारको दुरुपयोग हुन नदिन जिल्ला प्रशासनले फिर्ता गर्ने पहल गरेको छैन । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गृह मन्त्रालयले जिल्लामा भएका हतियार संकलन गरेर राख्न प्रशासनलाई परिपत्र गरिसकेको छ । सुरक्षा समितिको बैठकबाट निर्णय गरेर हतियार संकलन थालिने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । ‘चाँडै सुरक्षा समितिको बैठक राखेर हतियार संकलन थाल्छौँ,’ प्रजिअ दाहालले भने, ‘प्रहरीले स्थानीय निकायबाट हतियार संकलनको काम गर्छ ।’

सुरक्षाका लागि भन्दै जिल्लामा सामान्य भरुवा बन्दुकदेखि आधुनिक किसिमका बन्दुकसम्म राखेको पाइएको छ । इजाजत लिएर राखेको बन्दुकको कतिपयले नवीकरण गराएका छैनन् । नियमअनुसार हतियार राख्नेले आर्थिक वर्ष सकिएको ३५ दिनभित्रमा हतियारको नवीकरण गराउनुपर्छ । बढीमा दुई वर्षसम्मका लागि अग्रिम नवीकरण गराउन पाउने कानुनी व्यवस्था भए पनि थोरैले मात्रै गरेको जिल्ला प्रशासन कार्यालयका कर्मचारी अर्जुन थापाले जानकारी दिए ।

‘चालू आर्थिक वर्षको अहिलेसम्म तीनजनाले मात्रै हातहतियार नवीकरण गराएका छन्,’ उनले भने, ‘हतियार नवीकरण नगराउनेको संख्या साह्रै धेरै छ ।’ नवीकरण नगरिँदा अनुमति दिएर राखिएका हतियारको अवस्थाबारे प्रशासन अनभिज्ञ छ । द्वन्द्वका वेला पनि प्रशासनले नागरिकसँग भएको हतियार फिर्ता लिएको थियो । कतिपयले त्यसवेला राज्यले फिर्ता लिएको हतियार हराइदिएको भन्दै गुनासो गर्ने गरेका थिए ।

हतियारको नवीकरण नियमित गर्न सम्बन्धित व्यक्तिहरूलाई सूचित गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । नियमित नवीकरण नभएका हतियारको जरिवाना चर्को लाग्ने भएकाले धेरैले नवीकरण गर्न छाडेको प्रशासन स्रोत बताउँछ । बन्दुकको प्रकार र इजाजतको किसिमले बन्दुकको नवीकरण र जरिवाना रकम निर्धारण हुन्छ । लामो समयदेखि नवीकरण नगरी राखिएको हतियार अवैध हुने प्रजिअ दाहालको भनाइ छ । कसैसँग नवीकरण नगरिएको हतियार भेटिएमा हातहतियार खरखजना ऐनअनुसार कारबाही गर्ने उनले बताए ।

स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन जिल्लामा काम थालिएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला निर्वाचन सेल गठन गरिएको छ । त्यसमा अन्य चारै सुरक्षा निकायका प्रमुख सदस्य छन् । त्यस्तै जिल्ला सुरक्षा योजना बनाइँदै गरेको जिल्ला प्रशासनले जनाएको छ । अब बस्ने सुरक्षा समितिको बैठकबाट सुरक्षा योजना पारित गरेर लागू हुने बताइएको छ । अहिले चारै सुरक्षा निकायका प्रमुखहरूले समन्वयमा जिल्ला सुरक्षा योजनाको मस्यौदा बनाउँदै छन् ।

 

चुनाव हुनेमा आशंका

 

रौतहट/ मधेसी मार्चाले स्थानीय निकायको पुनर्संरचना मनोमानी ढंगले गरेको भन्दै अवरोध गर्ने बताएपछि जिल्लाको दक्षिणी भेगमा निर्वाचन हुनेमा स्थानीयले आशंका व्यक्त गरेका छन् । संविधान संशोधन विधेयक पारित नभएसम्म निर्वाचन हुन नसक्ने मोर्चाका स्थानीय नेताको दाबी छ । एमालेको अडानका कारण निर्वाचन अन्योलमा रहेको मोर्चाका नेता अनिल सिंहले बताए । संविधान संशोधन नै समाधान भएको उनको भनाइ छ । चुनाव हुने वा नहुने विषयमा सर्वसाधारण विश्वस्त हुन नसकेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष प्रेमचन्द्र झाको भनाइ छ । मधेसका जनताले मागेको अधिकार दिए राष्ट्र एवं राष्ट्रियता बलियो हुने साहित्यकार सञ्जय साहले बताए ।

 

सात थान हतियार नियन्त्रणमा

 

रामेछाप/ लुकाई–छिपाई राखेको एक थानसहित लाइसेन्स लिएर राखिएका सात थान हतियार प्रहरीले नियन्त्रणमा लिएको छ । अनुमति लिएर राखिएका हतियार स्थानीयले नै विभिन्न प्रहरीचौकीमा बुझाएका हुन् । स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत लुकाइराखेको र लाइसेन्सप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको थियो । चुनावपछि लाइसेन्स लिएका हतियार भने फिर्ता गरिने जिल्ला प्रशासन स्रोतले जनाएको छ ।
प्रहरीको आग्रहअनुसार जिल्लाको खिम्तीबाट एक थान, वाम्तीबाट दुई थान, खाँडादेवीबाट एक थान हतियार प्रहरीले संकलन गरेको छ । त्यस्तै मन्थली–१३ बाट १ थान र रामेछाप नगरपालिकाबाट दुई थान हतियार प्रहरीले संकलन गरेको छ । अन्य नागरिकले समेत आफूसँग भएको घरेलु हतियार बुझाउन टेलिफोनमार्फत जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक प्रेम जोशीले जानकारी दिए ।