पुनर्संरचना कार्यान्वयनपछि बढ्यो असन्तुष्टि - Naya Patrika

नेपाल पत्रकार महासंघको आज सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । उम्मेदवार प्रतिनिधिहरुको रोहवरमा मतपेटिका खोलिएको छ । प्रदेश केन्द्रीय सदस्यहरु र पदाधिकारी तथा सदस्यहरुको मतगणना बेग्लाबेग्लै भइरहेको छ । कूल…
पूरा पढ्नुहोस् »

उहाँ हाँ (उषाकला राई) खोटाङबाट प्रतिनिधित्व गर्नुहुन्छ भने म सिन्धुपाल्चोक । हाम्रो पहिलो भेट ०५४ सालमा भएको थियो । कुनै समय हामीले प्रजातान्त्रिक राष्ट्रिय युवा संघमा सँगै काम गरेका थियौँ…
पूरा पढ्नुहोस् »

सुत्केरी अवस्थामा नवजात शिशुको ध्यान दिनुका साथै आमाले पनि खानपानमा ध्यान पु¥याउनुपर्छ । आमा स्वस्थ भए बच्चा पनि स्वस्थ हुने भएकाले खानपानमा ध्यान दिन जरुरी छ । अरू वेलाको तुलनामा…
पूरा पढ्नुहोस् »

जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्ने आदेश कानुन मन्त्रालयले फर्कायो जलविद्युत् आयोजनाले डिपिआरमा उल्लेख भएबमोजिमको जग्गामा हदबन्दी नलाग्नेसम्बन्धी आदेश कानुन मन्त्रालयले फर्काइदिएपछि जलविद्युत् प्रवद्र्धकहरूलाई समस्या परेको छ ।…
पूरा पढ्नुहोस् »

दक्षिण एसियाली मुलुकमा वर्षापछिको बाढी–पहिरोका कारण डेढ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् । अगस्टमा आएको बाढीले दक्षिण एसियाका नेपाल, बंगलादेश र भारतका एक करोड ६० लाख मानिस प्रभावित भएका…
पूरा पढ्नुहोस् »

सुनसरीकाे झुम्कामा जारी प्रथम रामधुनी विद्यालय स्तरीय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा विजयी हुँदै लर्डबुद्ध बोर्डिङ स्कुल, झुम्का र पञ्चायत मावि, प्रिपाहा सेमिफाइनलमा प्रवेश गरेका छन् । पिप्राहा खेल मैदानमा…
पूरा पढ्नुहोस् »

प्रिय बाबुराम दाइ, अस्ति भर्खर तपाईं स्वास्थ्योपचार गरी अहिले निवासमै आराम गर्दै हुनुहुन्छ भन्ने सुनेको छु । तपाईंको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना ! पछिल्लोपल्ट तपाईंको पार्टी परिवारमा केही खटपट चलिरहेको…
पूरा पढ्नुहोस् »

राम तामाङ राजधानीको व्यस्त र भिडमभिड क्षेत्र असन, इन्द्रचोक, ज्याठा र भोटाहिटीवरपर ठेला चलाउँछन् । उनका दिनहरू ठेलामा सामान ओसारेरै बित्छन् । परिवार पाल्ने र आफ्नो पढाइ खर्च थेग्ने उनको…
पूरा पढ्नुहोस् »

नयाँ नेतृत्व चयन गर्ने कार्यसूचीसहित नेपाल पत्रकार महांसघको अधिवेशन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । झन्डैझन्डै नेपालको प्रजातन्त्रको जस्तै आयु भएको र सुदृढ र शक्तिशाली बन्दै गएको पत्रकारिता जगत्को नेतृत्व…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

हदिश खुद्दार, जनकपुर   |   चैत ०७, २०७३

स्थानीय तह पुनर्संरचना हचुवाको भरमा गरिएको भन्दै धनुषाका करिब दर्जन तत्कालीन गाविसमा आन्दोलन सुरु भएको छ । कतिपय गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । महेन्द्र नगरपालिका, रघुनाथपुर, बेगाडाबर, लोहना, हरिहरपुर, नगाराइन, खरिहानी, हंसपुर, सबैला नगरपालिकालगायत स्थानमा आन्दोलन सुरु भएको हो । अधिकांश गाउँपालिकाका स्थानीयले साविककै नगरपलिकामा रहने गरी पुनर्संरचना हुनुपर्ने माग गरेका छन् । आइतबार मात्र हरिहरपुरका स्थानीयले साविककै क्षीरेश्वरनाथ नगरपालिका रहने गरी पुनर्संरचना गर्नुपर्ने भन्दै सो नगरपालिकामा तालाबन्दी गरेका छन् ।

स्थानीयले आइतबार नै जनकपुर–ढल्केबर सडकखण्डमा एक घन्टा यातायातसमेत अवरुद्ध गरे । स्थानीय तह पुनर्संरचनामा हरिहरपुरलाई मिथिला नगरपालिकामा गाभिएको छ । यसअघि सो गाविस क्षीरेश्वरनाथ नगरपालिकाको वार्ड नम्बर ८ र ९ मा थियो । लोहनाका स्थानीयले पनि साविकको जनकपुर उपमहानगरपालिका रहनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । लोहनालाई नयाँ संरचनामा नगराइन नगपालिकामा गाभिएको छ । रघुनाथपुरका स्थानीय पनि दुई सातादेखि आन्दोलनमा छन् । करिब १४ हजार जनसंख्या रहेको रघुनाथपुरलाई आठ हजार जनसंख्या भएको गाविसमा गाभेर अन्याय गरेको स्थानीयको आरोप छ । साविक सबैला नगरपालिकामा रघुनाथपुरको १ देखि ८ नम्बर वार्ड र चारनाथ नगरपालिकामा ९ नम्बर वार्डलाई राखिएको छ ।

खरिहानीका स्थानीय पनि पुनर्संरचनाको विषयलाई लिएर आन्दोलित छन् । मिथिला नगरपालिकाबाट हटाएपछि एक सातादेखि आन्दोलित बेगाडावरका स्थानीयवासीले मिथिला नगरपालिकामा तालाबन्दी गरेका छन् । जिल्ला निर्वाचन अधिकृत पुष्पा झाले पुनर्संचनाको विवाद पुनर्संरचना आयोग र सरकारले समाधान गर्ने विषय भएको बताइन् ।

 

जिल्ला समन्वय समितिको बोर्डमा मोर्चाको ब्यानर

 

सर्लाही/ सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको बोर्डमा मधेसी मोर्चाले ‘मधेस प्रदेश सरकार’को ब्यानर राखेको छ । मोर्चाका नेता अशोक राय यादवको नेतृत्वमा आइतबार दिउँसो सो ब्यानर राखिएको हो । मोर्चाले गरिरहेको असहयोग आन्दोलनअन्तर्गत स्थानीय तह कार्यान्वयनमा अवरोध कायमै रहेको नेता यादवले बताए । यादवले भने, ‘हामीले सबै स्थानीय तहका कर्मचारीलाई तत्काल काम नगर्नुस् भनेका छौँ, जबर्जस्ती गर्न खोजे मोर्चाले प्रतिकार गर्नेछ ।’  मोर्चाले दक्षिणी क्षेत्रका अधिकांश नगरपालिका र गाउँपालिकाको काम अघि बढाउन दिएको छैन । पुनर्संरचनाअन्तर्गत सर्लाहीमा १० नगरपालिका र सात गाउँपालिका घोषणा गरिएको छ ।
उत्तरी क्षेत्रका लालबन्दी, हरिवन, कर्मैया र हरिपुर नगरपालिकामा भने मोर्चाले कुनै अवरोध गरेको छैन । यी चारवटै नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको परिपत्रअनुसार काम सुरु गरिसकेको जनाएका छन् ।

 

तोकिएका केन्द्रमा असन्तुष्टि

 

पर्वत/ सरकारले तोकेको गाउँ र नगरपालिका केन्द्र अपायक भएको भन्दै विभिन्न स्थानमा आन्दोलन भएको छ । जिल्लामा पाँच गाउँपालिका र दुई नगरपालिका छन् । तीमध्ये फलेवास नगरपालिका तथा जलजला, विहादी र मोदी गाउँपालिकाका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ । जलजला गाउँपालिकाअन्तर्गतका नाग्लिवाङ, धाइरिङ, सालिजा, लेखफाँट र बनौँका स्थानीय आन्दोलनमा छन् । जलजलाको माझफाँट केन्द्र पायक नपर्ने उनीहरूले बताएका छन् । उनीहरूले यसअघि प्रस्ताव गरी पठाइएको मिलनचोक र वारीबेनीमध्ये एक स्थानमा केन्द्र तोक्नुपर्ने बताए । आइतबार मिलनचोक बजार बन्द नै गरेर स्थानीय सदरमुकाम कुश्माबजारमा आएका थिए । त्यस्तै, डिमुवा मुख्य बजार क्षेत्र पर्ने मोदी गाउँपालिकामा पनि विरोध भएको छ । स्थानीय तह निर्धारण आयोगले देउपुरमा केन्द्र तोकेपछि स्थानीयले केन्द्र परिवर्तनको माग गरेका छन् ।  यता, विहादी गाउँपालिकावासी पनि असन्तुष्ट छन् । विहादी गाउँपालिका साविकको वडा नं. १ बाच्छा, वडा नं. २ बर्राचौर र वडा नं. ३ रानीपानीका स्थानीयवासीले तोकिएको केन्द्र अपायक भएको बताए । उनीहरूले गाउँपालिकाको उद्घाटनमा असहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

 

गाउँपालिकामा घटुवापछि आन्दोलन

 

रामनारायण, देवेन्द्र
सप्तरी/सरकारले सप्तकोसी नगरपालिकालाई घटुवा गरी गाउँपालिकामा सीमित गरिदिएपछि स्थानीयवासी र राजनीतिक दल विरोधमा उत्रेका छन् । विभिन्न आठ दलले आइतबार गठन गरेको सर्वदलीय संघर्ष समिति र स्थानीयवासीले नगरपालिका कायम गर्न माग गर्दै आन्दोलन थालेका छन् । संघर्ष समितिको आह्वानमा स्थानीयले आइतबार नगरपालिका कार्यालयअगाडि आइतबार चक्काजाम गरे । नगरपालिकाको मापदण्ड पूरा भइसकेको अवस्थामा पुनः गाउँपालिकामा सीमित गरेपछि गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरिएको स्थानीय युवा खगेन्द्र कार्कीले बताए । आठ राजनीतिक दलले गाउँपालिका कार्यालयमा १ चैतबाटै तालाबन्दी गरेको उनले बताए ।
आठै दलका प्रतिनीधि गत १ चैतमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पुुगेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै स्थानीय विकासमन्त्री कमल थापाले ‘यस्तो नहुनुपर्ने, कसरी भयो ?’ भन्दै आश्चर्य व्यक्त गरेको संघर्ष समितिका संयोजक नारायण आचार्यले जानकारी दिए । तर, सरकारले गाउँपालिका नै कायम गरी कार्यकारी अधिकृत तोकेर पठाएपछि तालाबन्दी गरेको एमाले जिल्ला सल्लाहकार समिति सदस्यसमेत रहेका आचार्यले बताए ।

उनका अनुसार सोमबार पुनः स्थानीय विकासमन्त्रीलाई भेट्ने कार्यक्रम छ । दबाबका लागि सोमबार दुई घन्टा बजार बन्द गरी चक्काजामको कार्यक्रम राखिएको माओवादी केन्द्रका जिल्ला नेता सन्तोष खतिवडाले बताए । यसअघि सो स्थानलाई छिमेकी कञ्चनरूप नगरपालिकामा गाभ्न खोजिएको थियो । तर, स्थानीय नमानेपछि थाहै नदिई गाउँपालिका बनाइएको उनीहरूले बताए । ०७१ सालमा कमलपुर ओद्राह र फत्तेपुर मिलाएर सप्तकोसी नगरपालिका बनाइएको थियो ।