ओलम्पिक भवनमा ताला फोड्ने र लगाउने प्रतिस्पर्धा - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नेपालजस्तै भूपरिवेष्टित देश लक्जेम्बर्गको प्रथम राजदूतका रूपमा काठमाडौं आउँदा मलाई साँच्चै आनन्द लागेको छ । यद्यपि, काठमाडौंमा दूतावास छैन, त्यसैले दिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्ने गरिएको छ । डिसेम्बर २०१६…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा आयोजक बङ्गलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । मंगलबार टस जितेपछि नेपालले फिल्डिङ रोजेर बङ्गलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

सीताराम कोइराला, काठमाडाैँ   |   चैत ०७, २०७३

श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका पदाधिकारीले
ताला लाग्दा दैनिक काममा असर गरेको भन्दै आइतबार भवनमा लगाएको ताला फोडे
श्रेष्ठ पक्षले ताला फोडेको केही समयपछि राणा अध्यक्ष ओलम्पिक
कमिटीका पदाधिकारी पुनः ओलम्पिक भवनमा ताला लगाउन सफल

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीले सातदोबाटोस्थित मुख्य भवनमा लागेको ताला ५६ दिनपछि फोडेको छ । तर, सर्वाेच्च अदालतबाट वैधानिकता पाएको ओलम्पिक कमिटीले भवनमा केही घन्टामै फेरि ताला लगाएको छ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका पदाधिकारीले ताला लाग्दा दैनिक काममा असर गरेको भन्दै आइतबार भवनमा लगाएको ताला फोडेका हुन् । यसअघि १० माघमा राणा पक्षले भवनमा तालाबन्दी गरेको थियो । ललितपुर जिल्ला प्रशासन कार्यालयको सहयोगमा राणा पक्षले ओलम्पिक भवनको मुख्य ढोकामा ताला लगाएको थियो ।

 

दैनिक कार्यसञ्चालनका लागि ताला फोड्यौँ

 

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका महासचिव लामाटेन्डी शेर्पाले दैनिक काम गर्न अप्ठ्यारो परेकाले ताला फोडेको बताए । ‘हामीले वार्तामार्फत समस्या समाधान हुन्छ भनेर झन्डै दुई महिना कुर्‍यौँ तर कुनै प्रगति भएन,’ लामाले नयाँ पत्रिकासँग भने, ‘दैनिक कार्य सञ्चालनका लागि कर्मचारीलाई भित्र प्रवेश गराउन ताला फोडेका हौँ ।’

लामाले अहिले पनि वार्तामार्फत समस्या समाधान गर्न सकारात्मक रहेको बताउँदै राणा पक्षलाई गम्भीर हुन आग्रह गरे । ‘हामी अदालतको निर्णयलाई सम्मान गर्छाैं,’ लामाले भने, ‘तर जसलाई अन्तर्राष्ट्रिय मान्यता छ त्यसले ओलम्पिक गतिविधि गर्ने हो ।’

 

५० जनाको समूहले फोड्यो ताला

 

ओलम्पिक भवनलाई विगत दुई महिनादेखि प्रहरीले सुरक्षा दिएको छ । ‘आइतबार बिहान ५० जनाको समूहले भवनको मुख्य गेटमा लगाएका ताला फोडेको थियो,’ महानगरीय प्रहरी वृत्तका डिएसपी रामेश्वर यादवले भने, ‘उनीहरू भवन हातामा प्रवेश गरे पनि भवनभित्र भने हामीले प्रवेश गर्न दिएनौँ ।’ यादवका अनुसार ताला फोडेपछि एउटा गाडी परिसरमा प्रवेश गरेको थियो । ‘हामीले सिडिओ कार्यालयको निर्देशनअनुसार भवनलाई सुरक्षा दिएका हौँ,’ यादवले भने, ‘भवनमा ताला फोड्न आएको समूहलाई निकालेपछि फेरि तालाबन्दी गरिएको छ ।’

 

भवनबाट छिटै काम थाल्छौँ

 

राणा पक्षका वरिष्ठ उपाध्यक्ष किशोरबाहदुर सिंहले ओलम्पिक भवनबाट छिटै काम गर्ने बताए । ‘अहिले पनि आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छौँ,’ सिंहले भने, ‘केही दिनपछि भवनबाटै काम गर्छौैं ।’ सिंहले प्रहरीको सहयोगमा भवनमा फेरि ताला लगाएको बताए । ‘केही व्यक्तिले हामीले लगाएको ताला फेडेका रहेछन्,’ सिंहले भने, ‘हामीले प्रशासनको सहयोगमा फेरि ताला लगाएका छौँ ।’

 

दुई महिनाअघिको तनाव

 

गत माघको दोस्रो साता ओलम्पिकको वैधानिकताको विषयमा १० वर्षदेखिको विवाद फेरि बल्झिएको थियो । अदालतबाट ०६७ मा वैधानिकता पाएको ओलम्पिक कमिटीका पदाधिकारी भवनमा कार्यालयमा प्रवेश गरेसँगै विवाद बल्झिएको थियो । भवनमा श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीले काम–कारबाही गर्दै आएको थियो । वैधानिकताको विषयमा विवाद बढिरहँदा दुवै पक्षले सातदोबाटोस्थित भवन आ–आफ्नै मातहतमा रहेको दाबी गरिरहेका छन् । ‘ओलम्पिक कमिटीलाई राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले निर्णय गरेर जग्गा उपलब्ध गराएको हो,’ राणा पक्ष ओलम्पिक कमिटीका वरिष्ठ उपाध्यक्ष सिंहले भने, ‘यो भवनमा सर्वाेच्चबाट अवैधानिक ठहर कमिटी बस्ने कुनै अधिकार छैन ।’ श्रेष्ठ कमिटीका महासचिव शेर्पाले भवनबाट हट्नु भन्ने सूचना नआई कतै नजाने बताए ।

ओलम्पिक विवाद बढ्दै गएपछि खेलकुदमन्त्री दलजित श्रीपालीले दुवै पक्षसँग वार्ता गरे पनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन । मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको वैधानिकता र विवादका विषयमा दुई पक्षसँग बुधबार छुट्टा–छुट्टै छलफल गरेको थियो ।