पुजाराको दोहोरो शतकसँगै अस्ट्रेलिया दबाबमा - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

राँची   |   चैत ०७, २०७३

चेतेश्वर पुजाराले तेस्रोपटक दोहोरो शतक बनाएपछि भारत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा बलियो स्थितिमा रहेको छ । भारतले पुजाराको २ सय २ रनको योगदानको मद्दतमा पहिलो इनिङमा ६ सय ३ रनको विशाल योगफल बनाएको थियो । भारतले पहिलो इनिङमा ९ विकेट गुमाउँदै इनिङ समाप्ति घोषणा गरेको हो । अस्ट्रेलियाले आइतबार चौथो दिनको खेल समाप्तिसम्म २ विकेटको नोक्सानीमा २३ रन जोडेको छ । अस्ट्रेलिया दोस्रो इनिङमा १ सय २९ रनले पछाडि छ ।

 

भारतको १ सय ५२ रनको अग्रता

 

अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ५१ रन जोडेको थियो । प्रत्युत्तरमा भारतले पहिलो इनिङमा १ सय ५२ रनको अग्रता लिन सफल भयो । भारतका लागि तेस्रो क्रममा ब्याट्सम्यान पुजाराले दोहोरो शतक तथा तथा विकेटकिपर सिद्धिमान साहले शतकीय इनिङ खेले । पुजाराले ५ सय २५ बल सामना गरी २१ चौका प्रहार गरे । सिद्धिमानले २ सय ३३ बलमा ८ चौका र १ छक्काको सहयोगमा १ सय १७ रनको योगदान दिए । सिद्धिमानको यो तेस्रो टेस्ट शतक हो ।

 

बलियो साझेदारी

 

भारतले सातौँ विकेटका लागि कीर्तिमान साझेदारी गर्‍यो । पुजारा र सिद्धिमानबीच १ सय ९९ रनको साझेदारी भएको हो । यस क्रममा पुजाराले ८५ रन र सिद्धिमानले १ सय ११ रन बटुलेका थिए । दुवैले ३२८–६ देखि ५२७–७ को स्थितिसम्म ब्याटिङ गरे । दुवैले ७७.४ ओभरमा प्रतिओभर २.५६ को औसतमा ब्याटिङ गरेका थिए । त्यसपछि नवौँ विकेटका लागि उमेश यादव र रवीन्द्र जडेजाले ५४ रनको साझेदारी गर्दै भारतलाई ५९५–९ को स्थितिमा पु¥याए । दुवैले १२.१ ओभर ब्याटिङ गर्दा प्रतिओभर ४.४३ को औसतमा ब्याटिङ गरे । रवीन्द्रले ५५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । यादवले ३२ बलमा २ चौकाको सहयोगमा १६ रन बनाए ।

 

हाइटलाइट्स

 

१ टेस्ट इतिहासमा चेतेश्वर पुजारा सर्वाधिक बढी बल सामना गर्ने पहिलो भारतीय ब्याट्सम्यान बनेका छन्, पुजाराले अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा ५ सय २५ बल सामना गर्दै कीर्तिमान बनाएका हुन

२ चेतेश्वर अस्ट्रेलियाविरुद्ध पाँच सय बल खेल्ने दोस्रो ब्याट्सम्यान हुन्, अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डका वाली हामेन्डले सर्वाधिक तीनपटक पाँच सयभन्दा बढी बल खेलेको इतिहास बनाए

१ टेस्ट इतिहासम एकै बलरविरुद्ध धेरै बल खेल्ने चेतेश्वर भारतका एक मात्र ब्याट्सम्यान बनेका छन्, उनले अस्ट्रेलियन बलर स्टिभ ओ किफविरुद्ध २ सय १५ बल सामना गरी ६५ रन बनाए

२ भारतले चौथो इनिङमा अस्ट्रेलियाविरुद्ध २ सय १० ओभर खेल्यो, टेस्ट इतिहासमा भारतले ब्याटिङ गरेको यो दोस्रो ठूलो हो