बिजुक्छेको नजरमा १० नेता - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

  रेसुंगा नगरपालिकामा १४ वडामध्ये ९ वटा वडाको अहिलेसम्म कार्यालय टुङ्गो लागेको छैन् । कार्यालय नहुँदा जनप्रतिनिधिको पदभार ग्रहणसमेत रोकिएको छ । ‘कार्यालय टुङ्गो छैन, सबै जना नगरपालिकामै थुप्रिन्छौ, जनताका…
पूरा पढ्नुहोस् »

अस्वस्थ भई अस्पताल भर्ना भएका बुवा पूर्वराजा ज्ञानेन्द्र शाह निवास फर्किने क्रममा उनलाई लिन पूर्वयुवराज पारस नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका थिए । सार्वजनिक जीवनमा त्यति नदेखिने पारस लामो कपालमा देखा…
पूरा पढ्नुहोस् »

क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले जितेका छन् । उनको बिबाहमा खिचेको तस्बिर पहिलो बनेको हो । फोटोग्राफर सापकोटाले क्यानन ६ डि क्यामेरा समेत जिते…
पूरा पढ्नुहोस् »

  उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मतभिन्नता प्रकट गर्दै प्रेस सचिव स्पाइसरले राजीनामा दिएका हुन् । संस्थाभित्र फेरबदलका कारण…
पूरा पढ्नुहोस् »

सात करोड ६० हजार पाउन्ड खर्चंदै चेल्सीले गर्‍यो अल्भारो मोराटासँग पाँच वर्षको सम्झौता इंग्लिस प्रिमियर लिग च्याम्पियन चेल्सीले शनिबार रियल म्याड्रिडका स्ट्राइकर अल्भारो मोराटालाई भित्राएको छ । चेल्सीले सात करोड…
पूरा पढ्नुहोस् »

संसद्का विभिन्न समितिबीच कार्यक्षेत्र र क्षेत्राधिकारको विषयलाई लिएर पटक–पटक किन विवाद हुन्छ ? यस्तो हुनु भनेको समितिको सभापतिसँग राम्रो ज्ञान नभएर हो । आफ्नो समितिको क्षेत्राधिकारबारे राम्रो ज्ञान सभापतिसँग हुनुपर्छ…
पूरा पढ्नुहोस् »

  ‘दिनभरको काम सकेर बेलुकी कुट्न थालेको धान मध्यरातमा चामल बन्थ्यो । गाउँलेको रातको निन्द्र र दिनको भाक हरण गरेको ढिकी जाँतोको जिन्दगीले अहिले अराम पाएको छ’ आठराई गाउँपालिका–२, खाम्लालुङका…
पूरा पढ्नुहोस् »

नेपालमा संघीयता अभ्यासको क्रममा छ । संविधानले नेपालमा तीन तहको सरकारको परिकल्पना गरेको छ । तीमध्ये स्थानीय तह मात्र त्यस्तो एकाइ हो, जसका प्रमुख उपप्रमुखसहित सबै कार्यकारी प्रत्यक्ष रूपमा जनताको…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा अहिले सामाजिक अभियन्ता महावीर पुन उपस्थित छन् । उनीसँग उनको अभियान र नेपालमा प्रविधिको विकासका विषयमा अन्तरक्रिया भइरहेको छ । महावीर पुनसँगको अविस्मरणीय अन्तरक्रिया प्रत्यक्ष हेर्नका लागि…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०७, २०७३

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका प्रभावशाली नेतामा पर्छन् । अहिले बिजुक्छेकोे दल नेमकिपाबाट संसद्मा चारजनाको मात्र प्रतिनिधित्व छ । वि.सं. ०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि उनले ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी गठन गरे । र, त्यसयता आफू नै अध्यक्ष रहँदै आएका छन् । ३० को दशकदेखि नेपालको राजनीतिक हरेक घटनाक्रम र परिवर्तनमा भूमिका निर्वाह गरिरहेका उनले विभिन्न पार्टीका प्रभावशाली नेताबारे आफ्नो मूल्यांकन नयाँ पत्रिकाका कृष्ण कट्टेलसँग व्यक्त गरेका छन्ः

 

विद्या भण्डारी विशेष क्षमताविहीन

 

विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । तर, म उहाँको पहिलादेखि नै आलोचक हुँ । एकपटक संसद्मा उहाँलगायतका नेतृहरूले हरेक महिला र पुरुषको अधिकार समान हुनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । हाम्रो भनाइ के थियो भने, कुनै नेपाली केटाले विदेशी केटी विवाह गरेपछि उसका छोराछोरी नेपाली नागरिक हुने भए । त्यसरी नै नेपाली केटीले विदेशीसँग विवाह गरिन् भने उनका छोराछोरी पनि समानताका हिसाबले नेपाली नागरिक हुनुपर्छ भन्ने विषयको हामीले
खण्डन गर्‍यौँ ।

बर्सेनि हजाराैँ नेपालीको भारतीय वा अन्य देशका नागरिकसँग विवाह हुन्छ । विदेशीसँग विवाह गरेकी हाम्री चेलीका सन्तान अर्थात् हाम्रा भान्जाभान्जी पनि नेपाली नागरिक हुने भन्ने कुराको हामीले खण्डन गरेका हाैँ । छोराको बुबा–ममी पनि नागरिक भएजस्तै विदेशबाट आएकी बुहारीका बुबा–ममी पनि समान हैसियत भनेपछि फेरि नेपालकै नागरिक हुने भए । कुनै सिद्धान्त एउटा देशमा चल्यो भन्दैमा सबैमा चल्छ भन्ने हुँदैन । व्यक्तिगत रूपमा राष्ट्रपति भण्डारीसँग मेरो अहिलेसम्म कुनै तिक्तता छैन । तर, उहाँ विशेष क्षमता भएर राष्ट्रपति बन्नुभएको हो भन्ने पक्षमा भने म छैन । उहाँलाई उठाइयो । उहाँको पार्टीको मत धेरै भयो । उहाँले जित्नुभयो । यसरी उहाँ राष्ट्रपति पदमा पुग्नुभएको हो । राष्ट्रपति भएपछि उहाँले त्यस्तो कुनै विवादित काम गरेको भने अहिलेसम्म देखिएको छैन । यो उहाँको राम्रो पक्ष हो ।

 

प्रचण्डः आश्वासन बाँड्ने बानी छ

 

कुरा फेरिरहने प्रधानमन्त्री प्रचण्डको बानी उचित होइन । मुखले एउटा भन्ने, तर कार्वान्वयन गर्न नसक्नु राम्रो हुँदैन । प्रधानमन्त्रीजस्तो व्यक्तिले एउटासँग एउटा कुरा र अर्कोसँग फेरि अर्कै कुरा गर्नु गलत हो । उहाँलाई बुझ्नै गाह्रो छ । कहिले चुनाव हुन्छ भन्नुभयो । कहिले हुन्न भन्नुहुन्छ । संविधान संशोधनबारे पनि उस्तै कुरा छन् । आश्वासन बाँड्ने उहाँको बानी छ । केटाकेटीलाई एकचोटि चकलेट दिन्छु भनेर नदिएपछि पत्याउँदैपत्याउदैनन् । त्यस्तो प्रवृत्ति प्रधानमन्त्रीजस्तो व्यक्तिमा देखिनुहुन्न । पार्टीको नाम र सिद्धान्तअनुसार काम गर्नेलाई म राम्रो मान्छु । प्रचण्डको कम्युनिस्ट लाइन सच्चा देखिएन । उहाँको लाइन समाजवादको कसौँटीमा राम्रो उत्रिएन । पदका निम्ति जे पनि गर्ने उहाँको बानी ठीक लाग्दैन । उहाँ आफ्नो अडानमा दृढ रहन सक्नुहुन्न ।

 

डा. भट्टराईः बिप्पा सम्झौता गर्नु गल्ती

 

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । उहाँले सदन नै भंग गरिदिनुभयो । कतिपयले उहाँलाई सैद्धान्तिक मान्छे हो भन्छन्, तर म त्यो देख्दिनँ । कसैले उहाँलाई बौद्धिक भन्छन् । म उनीहरूलाई प्रश्न गर्छु, बौद्धिक कस्तालाई भन्ने हो ? कम्युनिस्ट भएको मानिस अहिले नयाँ शक्ति भन्दै हिँड्नुभएको छ ।

उहाँले नयाँ शक्ति भनेको के हो ? भनिदिनुप¥यो । कम्युनिस्ट, कांग्रेस, राप्रपा, राजावादी वा राष्ट्रवादी के हो त्यो स्पष्ट हुनुप¥यो । कम्युनिस्टलाई कम्युनिस्टकै कसीमा घोट्नुपर्छ भन्ने मेरो मान्यता हो । उहाँले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा बाटो विस्तार गर्नुभयो भनेर तारिफ गर्छन् । जसले उहाँलाई तल खसाल्न खोज्छ, उसैले तारिफ गर्छ । ‘तपाईं त बहादुर’ भनेर तीन–चार तलामाथिबाट हामफाल्न लगाउने मानिसभन्दा हाम फालेर घाइते भएपछि अस्पताल लैजाने मानिस ठीक होजस्तो मलाई लाग्छ । अझ उक्साउनेको पछि नलाग्नुस्, त्यो गलत छ भन्नु ठीक हो ।
उहाँ अर्थमन्त्री हुनुभयो, तर नेपालको आर्थिक उन्नति प्रगति जहाँको त्यहीँ छ । उहाँले भारतसँग बिप्पा सम्झौता गरेर ठूलो गल्ती गर्नुभयो । गल्ती गरेका कतिपय कुरालाई माफी माग्दा पुग्छ । तर, माफी माग्दा नपाइने गल्ती भनेको अपराध हो । बिप्पा सम्झौता पनि देशलाई घात गर्ने सम्झौता हो ।

 

वैद्यः सिद्धान्तवादी र भावुक हुनुहुन्छ रे

 

मोहन वैद्यसँग अहिलेसम्म मेरो एक–दुईपटक मात्र भेट भएको छ । कुरा गरेकै हिसाब गर्ने हो भने अहिलेसम्म जम्माजम्मी २० देखि २५ मिनेटजति गफ भएको होला । उहाँ  सिद्धान्तवादी र भावुक हुनुहुन्छ भन्ने सुनेको छु । साथै उहाँ क्रान्तीकारी हुनुहुन्छ भन्ने पनि छन् । सिद्धान्तको निम्ति अडान लिनु राम्रो कुरा हो । गल्ती त सबैको हुन्छ । थाहा नपाएरै हामीले धेरै गल्ती गर्न सक्छौँ ।  तर, सिद्धान्तमा त्यस्तो हुँदैन । सिद्धान्तमा सोचविचार गरेर मात्र कदम चाल्नुपर्छ । उहाँ गहिरो ढंगले सोचविचार गरेर कदम चाल्नुहुन्न कि भन्ने मलाई लाग्छ ।

 

देउवाः देशमा संकट आउँदा पनि हाँस्ने

 

देउवा आफ्ना मित्रमाझ प्रिय हुनुहुन्छ । राति एक दुई बजेसम्म खानपिन गर्नुहुन्छ । प्रधानमन्त्री भइसकेको व्यक्तिले व्यक्तिगत कुरालाई छाड्नुपर्छ । केही दिनअघिसम्म पत्रपत्रिकामा उहाँको अँध्यारो अनुहार देख्थेँ । जब सप्तरीको घटना भयो, त्यसपछि उहाँको मुसुमुसु हाँसेका हँसिला फोटा मिडियामा आएका छन्  । देशमा संकट आउँदा हाँस्ने कुरा होइन । उहाँले त एमालेलाई पनि एकचोटि शिक्षा नै भयो भन्ने प्रकारको ‘खुच्चिङ’ गरेको कुरा आफ्नो चेहरामा देखाउनुभयो । जबकि नेपालमा एमालेको धेरै आलोचना गर्ने कोही छ भने त्यो नेमकिपा नै हो ।

उहाँ प्रधानमन्त्री हुँदा एकचोटि मलाई ‘तपार्इंहरू अमेरिका जानुस्, जर्मनी जानुस्, एक–दुई महिना उतै बस्नुस् । सबै खर्च सरकारले व्यहोर्छ’ भन्नुभएको थियो । तर, मैले ‘सदनमा अहिले बजेट सेसन छ, पशुपतिको जात्रा सिद्राको व्यापार मचाहिँ गर्दिनँ, तपाईंले सद्भाव देखाउनुभयो धन्यवाद,’ भनेँ । ०४५ सालमा हाम्रो घरबाट प्रहरीले लगेका विभिन्न पुस्तक उहाँ गृहमन्त्री हुँदा फिर्ता गर्न आग्रह गरेँ । त्यसवेला उहाँले ‘पाँच, दश लाख कति चाहिन्छ लिएर जानुस्’ भन्नुभयो । त्यस्तो गैरजिम्मेवार कुरा गर्नुहुन्छ उहाँ । उहाँले देशका लागि चिन्तन गर्नुपर्छ ।

 

ओलीः प्रस्टवादी र विचारमा दृढ

 

एमाले अध्यक्ष केपी ओली प्रस्टवादी मान्छे हुनुहुन्छ । कुनै पनि विषयमा हुन्छ भने हुन्छ हुन्न भने हुन्न भन्ने उहाँको स्वभाव छ । यो उहाँको सबल पक्ष हो । जस्तो, नाकाबन्दीकै विषयमा अरू पार्टीले विभिन्न कुरा गरे । कतिले लचकता देखाउनुपर्‍यो भने । म पनि सँगै हुँदा विभिन्न दलका नेताका बीचमा उहाँले देशको स्वतन्त्रता र सार्वभौमिकतामा आँच आउनेबाहेक तपाईंहरूको कुरा सुन्छु भन्दिनुभयो । त्यो राम्रो पक्ष हो । यो र त्यो गर्छु भनेर आश्वासन दिएर मात्र हुँदैन । प्रधानमन्त्री भएका र हुने अन्य नेताले पनि केपी ओली जस्तै प्रष्टवादी हुन सक्नुपर्छ भन्ने मेरो धारणा हो । ओलीजीसँग मेरो पहिलो भेट भारतमा भएको हो । त्यसवेला मोहनचन्द्र अधिकारीलगायतका अन्य नेतासँग भारतमा भेटघाट भइरहन्थ्यो । ओलीसँग अहिलेसम्मको करिब ३० वर्षको समयमा मेरो करिब दुई घण्टाजति मात्र कुराकानी भएको होला । उहाँ प्रधानमन्त्री बन्दा ‘भारतसामु नझुक्ने हो भने हामी मत दिन्छाैँ’ भनेका थियौँ । उहाँले हाम्रो सर्त स्वीकार गर्नुभयो । उहाँले ‘स्ट्यान्ड’ छाडेको भए हामी गाली गरिहाल्थ्यौँ । त्यो गर्नै परेन ।

 

थापाः धर्मलाई राजनीतिको अखडा बनाए

 

कमल थापाले सधैँभरि राजा चाहिन्छ भन्दै आउनुभएको छ । एउटा स्थायी नेतृत्व चाहिन्छ भन्ने सिद्धान्त उहाँहरूमा देख्छु । म सबै धर्म समान मान्छु । मान्छेले आफ्नो इच्छाअनुसार धर्म मान्न पाउँछन् । धर्मलाई राजनीतिक लडाइँको अखडा बनाउनुहुन्न । उहाँ पटकपटक मन्त्री बन्नुभएको छ । तर, उहाँले जनताको हितमा काम गरेको मैले देखेको छैन । गृहमन्त्री भएका वेला उहाँले भक्तपुर नगरपालिकाको अगाडि शान्तिपूर्ण धर्नामा बसेका हामीमाथि लाठीचार्ज गराउन र गोली चलाउन आदेश दिनुभयो ।

त्यसवेला भक्तपुरका प्रहरी प्रमुख नवराज सिलवालले चुप लागेर बसेको मानिसलाई किन मैले लाठीचार्ज गर्ने, गोली चलाउने ? भन्नुभएछ । त्यो कुरा मैले पछि थाहा पाएँ । पञ्चायतमा थापाको पनि धेरै सक्रियता थियो । हामी जेलमा हुँदा पनि उहाँ राजसंस्थाको पक्षबाट सक्रिय हुनुहुन्थ्यो । अहिले गणतन्त्र र संघिय संविधान जारी भइसकेपछि पनि उहाँ राजनीतिमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
आफूलाई ठूला भन्ने राजनीतिक दलहरूले नै उहाँलाई अघि सारेपछि उहाँले त फाइदा उठाउनुभएको नै छ । यसमा उहाँको दोष छैन । कांग्रेस र एमालेले उहाँलाई त उपप्रधानमन्त्रीसम्म मात्रै बनाए । यिनै ठूला दुई दलले पञ्चायतवादी नेताहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका हुन् ।

 

ठाकुरः नियोजित ढंगले बोल्छन्

 

महन्थ ठाकुर कम बोल्ने नेता हुन् । उहाँ कहिलेकाहीँ मेरो निवासमा पनि आउनुहुन्छ । विचार र सिद्धान्त आ–आफ्ना छन्, तर मसँग राम्रो सम्बन्ध छ । अघिपछि समकालीन साथीभाइको व्यवहार हुन्छ । जब संसदीय समिति तथा अन्य बैठकमा पुगिन्छ, तब तर्कवितर्क सुरु हुन्छ । संसदीय समितिको बैठकमा उहाँहरू एक ठाउँबाट बोल्नुहुन्छ म अर्कै विचारका साथ बोल्छु । जे कुरा राख्नुपर्ने हो ठाकुरजीले थोरै बोले पनि राखिसक्नुहुन्छ । कुरालाई लम्ब्याउने र फुर्का जोड्ने उहाँको बानी छैन । उहाँ नियोजित ढंगले बोल्नुहुन्छ । उहाँ लचक भएर बोल्नुहुन्न, आफ्नो चाहनाबमोजिम बोल्नुहुन्छ ।

 

 

महतोः पहाडिया र मधेसी छुट्याउने

 

राजेन्द्र महतोले जबजब संसद्मा तराईको कुरा गर्नुहुन्थ्यो, त्यसलगत्तै हामी आलोचना गरिहाल्थ्यौँ । किनकि, तराई दुईवटा छ भन्ने पक्षमा हामी छौँ । एउटा गरिब, मजदुर र किसानको तराई अर्को शोषक र सामन्तको तराई । ‘हामी गरिब जनताको तराईको पक्षमा छौँ’ भनेर मैले उहाँलाई पटकपटक भनेको छु । उहाँले पटकपटक पहाडिया भनिरहँदा एकचोटि मैले ‘कस्तो मान्छे हो तपार्इं, पहाडिया भनेर तपार्इंले कसलाई भनेको ?’ भनेर प्रश्न गरेको छु ।

हामीहरू नेवार भए पनि कति नेवारहरू लिच्छवीकालमा भारतको बैशालीबाट आएका छन् । हामीलाई किन पहाडिया भन्ने ? भनेर पनि मैले उहाँसँग प्रश्न गरेको छु । महतोलाई मैले तिमीले ०२७ सालमा नागरिकता पाएको, हामी त सयौँ वर्षदेखि यही छौँ, तिमी मधेसी कि हामी मधेसी ? भनेर छलफलको क्रममा भनेको छु । महतोसँग बारम्बार वाद–प्रतिवाद चल्ने गरेको छ । महतोलगायतका नेतालाई म मधेसवादी होइन, तराईकेन्द्रित दलका नेता भन्छु ।

 

गच्छदारः कांग्रेस नै लाग्ने ज्वाइँसाब

 

विजयकुमार गच्छदारलाई म अहिले पनि कांग्रेसी भन्छु । विद्यार्थी कालदेखि नै उहाँ कांग्रेसमा सक्रिय भएको, मैले बुझेको सुनेको, बिपी कोइरालाकै पालामा हुर्किएको नेता भएकाले म उहाँलाई कांग्रेस नै देख्छु । केही समयअघि सप्तरीमा हाम्रो सम्मेलनलाई पनि बिथोल्न खोजियो । त्यसपछि मैले उहाँलाई फोन गरेर ‘ल के हो ज्वाइँसाब यस्तो । रोक्नुस् त्यसलाई’ भनँे । उहाँले आफू विराटनगरमा रहेको बताउनुभयो । त्यसपछि मैले ‘तपार्इं जहाँसुकै भए पनि त्यो किसानहरूको सम्मेलन हो । हामीले चुनाव चिह्न राखेर कुनै प्रचार गरेको पनि होइन’ भनेँ । उहाँले नेवार समुदायमै वैवाहिक सम्बन्ध जोड्नुभएकाले मैले ज्वाइँ भन्ने गरेको छु ।