उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

जन्मपछि प्रायः नवजात शिशुको शरीरमा रौँ देखिने गर्छ । यसलाई हटाउने केमिकलको प्रयोग शिशुको कलिलो छालाका लागि हानिकारक हुन्छ । यस्तो हानिकारक केमिकल प्रयोग गर्नुको साटो घरेलु उपाय प्रयोग गरी…
पूरा पढ्नुहोस् »

शशीधर भण्डारी/नयाँ पत्रिका प्युठान नगरपालिका–३ दैलीसिमलमा खानेपानीको अभाव भएको छ । वर्षा नसकिँदै पानीको संकट परेपछि वडावासी एक गाग्री पानीका लागि रातभर पँधेरोमा बस्न बाध्य छन् । ‘खानेपानी भर्न रातभर…
पूरा पढ्नुहोस् »

तीन दिनभित्र स्वतन्त्रता घोषणा फिर्ता नलिए अप्रिय निर्णय लिइने स्पेन सरकारको चेतावनी स्पेन सरकारले क्याटलोनियाका पृथकतावादी नेताहरूलाई क्याटलन राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा फिर्ता लिन तीन दिनको समय दिएको छ…
पूरा पढ्नुहोस् »

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न २ नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा सात स्वर्र्ण पदक सहित रौतहट जिल्ला प्रथम भएको छ । नेपाल सितोरियो कराते संघ रौतहटको आयोजनामा चन्द्रनिगाहपुरमा सम्पन्न प्रतियोगितामा २ नम्बर…
पूरा पढ्नुहोस् »

कसैले तपाईंलाई सोध्यो, ‘कस्ती युवती मनपर्छ ?’ तपाईं के भन्नुहुन्छ ? पक्कै पनि सुन्दर या राम्री । सुन्दरताले जो–कसैलाई सजिलै अभिभूत बनाउँछ । जसमा हामी आनन्दित हुन्छौँ । चाहे कुनै…
पूरा पढ्नुहोस् »

सन् २०१८ मा रसियामा फुटबलकै महाकुम्भ मेला भनेर चिनिने विश्वकप हुँदै छ । अहिलेसम्म विश्वकपमा २३ राष्ट्रले आफ्नो स्थान पक्का गरेका छन् । रसिया विश्वकपमा ३२ राष्ट्रले भाग लिनेछन् ।…
पूरा पढ्नुहोस् »

गैरआवासीय नेपालीको दुईदिने सम्मेलन भवन भट्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । यसपालि अध्यक्षका लागि अर्को सशक्त दाबी प्रस्तुत गरेकी अस्ट्रेलियाकै धनाढ्य जमुना घले गुरुङ पराजित भएकी छिन्…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

टोकियो   |   चैत ०७, २०७३

उत्तर कोरियाले आधुनिक प्रविधियुक्त र तीव्र गतिमा उड्न सक्ने रकेट इन्जिनको सफल परीक्षण गरेको छ । उत्तर कोरियाको सोहाए प्रक्षेपणस्थलमा आइतबार सो इन्जिनको सफल परीक्षण गरिएको हो । उत्तर कोरियाली नेता किम जोङ उनले परीक्षणलाई अन्तरिक्ष अनुसन्धान कार्यक्रममा महत्वपूर्ण खुड्किलो भएको बताएका छन् । नेता किम जोङ उन पनि परीक्षणस्थलमा पुगेका थिए ।
अत्याधुनिक सो रकेट इन्जिन निकै शक्तिशाली र आगोको ठूलो मुस्लो फाल्न सक्ने क्षमता भएको जनाइएको छ । आफ्नै प्रविधि र मौलिक प्रयासमा उत्तर कोरियाले अन्तरिक्ष तथा ग्रहहरूको अनुसन्धान गरिरहेको प्योङयाङले दाबी गरेको छ ।

सो परीक्षण उत्तर कोरियाली रकेट उद्योगको विकासमा ऐतिहासिक फड्को भएको नेता उनले बताए । सो उपलब्धिलाई ‘मार्च १८ रिभोल्युसन’ नामकरण गरिने उनले बताए । आगामी दिनमा अनुसन्धान कार्यक्रमअन्तर्गत उत्तर कोरियाले गर्ने प्रक्षेपण रकेट इन्जिन जडान गरिने उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको छ । संयुक्त राष्ट्र संघले उत्तर भने कोरियामाथि लामा दूरीका क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

यसैबीच, आफ्नो अन्तरिक्ष अनुसन्धान र भू–उपग्रह प्रक्षेपण परियोजना शान्तिपूर्ण प्रयोगका लागि भएको उत्तर कोरियाले दाबी गरेको छ । अमेरिकालगायत अन्य मुलकले उक्त रकेट इन्जिन परीक्षणको विरोध गरेका छन् ।