योगीले लिए मुख्यमन्त्रीको शपथ - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म…
पूरा पढ्नुहोस् »

मेष स्वास्थ्य: खानपानका कारण केही पेटको समस्याले सताउनेछ । शरीरमा आलस्यताले सताउला । पिरो एवं चिल्लो पदार्थ खानपानमा कम गरे उपयोगी रहला । रोजगारी: बाधा अड्चनका बीच वैदेशिक रोजगारीका काम…
पूरा पढ्नुहोस् »

काठमाडौं उपत्यकामा दसैँका लागि खसी, बोका र च्याङ्ग्रा आयात तिब्र भएको छ । व्यवसायीले कलंकीमा खसी बजार नै संचालन गरेका छन् । त्यहाँ खसी, बोका खरिद गर्ने र बिक्री गर्नेको…
पूरा पढ्नुहोस् »

लक्ष्मी काफ्ले/नयाँ पत्रिका झापामा यस सिजनको पहिलो गोल्डकप शिवसताक्षी नगरपालिकाको दुधेमा सुरु भएको छ । दूधे युथ क्लबले आयोजना गरेको पहिलो संस्करणको दुधे गोल्डकप बुधबारबाट सुरु भएको हो । विजया…
पूरा पढ्नुहोस् »

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । संसद्को सबैभन्दा ठूलो दलको सभापति भएपछि संसदीय गणित मिलाएर उनी प्रधानमन्त्री हुनु स्वाभाविक पनि हो । संसदीय या उदारवादी लोकतन्त्र पनि अरू अर्धलोकतन्त्र…
पूरा पढ्नुहोस् »

पछिल्लो अभ्युदयको वर्ष २००७ लाई मानिएको छ । त्यो वर्ष सैनिक सामन्तवादको नेतृत्व गरिरहेको राणाशाहीतन्त्र समाप्त भएको थियो । त्यसपछि २०१५ मा पहिलो आमनिर्वाचन, जनप्रतिनिधिको रूपमा सर्वसाधारणबाट प्रधानमन्त्रीको बहाल भयो…
पूरा पढ्नुहोस् »

जम्मा २९ दिन पदावधि रहेका प्रतिनिधिसभा संसद्का सदस्य जानुअघि फेरि अर्को कर्तुतमा सामेल भएका छन् । यसपटक उनीहरूले निर्वाचनलाई सीधै प्रभावित गर्ने गरी सरकारले व्यवस्था गरेको सांसद विकास कोषबाट ५०…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

एजेन्सी/नयाँदिल्ली   |   चैत ०७, २०७३

उत्तर प्रदेशमा बधशालामाथि प्रतिबन्ध नयाँ सरकारको मुख्य प्राथमिकता हुने भाजपाका वरिष्ठ नेताहरूको भनाइ

 

भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पाँच पटकसम्म लोकसभामा प्रतिनिधित्व गरेका कट्टर हिन्दुवादी नेता योगी आदित्यनाथले उत्तर प्रदेश (युपी)को मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार लखनउमा आयोजित विशेष समारोहमा योगीले सपथ लिएका हुन् । भाजपाका विधानसभा सदस्यहरूको शनिबार लखनउमा सम्पन्न बैठकले ४४ वर्षीय योगीलाई मुख्यमन्त्रीमा चयन गरेको थियो । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साहलगायत भाजपाका उच्च तहका नेता र साधु तथा सन्तको उपस्थिति रहेको थियो । निवर्तमान मुख्यमन्त्री अखिलेश यादव र समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादव पनि सपथ समारोहमा सहभागी भएका थिए । आइतबार नै दुई उपमुख्यमन्त्री र ४९ मन्त्रीले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।
भेदभाव हुनेछैन नवनियुक्त मुख्यमन्त्री योगीले सरकारले विनाभेदभाव समाजको सम्पूर्ण वर्गका लागि काम गर्ने बताएका छन् । निर्वाचनअघि पार्टीले गरेका संकल्प पूरा गर्ने उनले प्रतिबद्धता जनाए । मुख्यमन्त्री योगीले १५ दिनभित्र मन्त्रीमण्डलका सम्पूर्ण सदस्यलाई सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेका छन् ।

 

‘अब उत्तम प्रदेश’

 

प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित मुख्यमन्त्री योगीलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् । योगी नेतृत्वको सरकारले उत्तर प्रदेशलाई उत्तम प्रदेश बनाउने विश्वास मोदीले व्यक्त गरे । ‘नयाँ सरकारले उत्तर प्रदेशलाई उत्तम प्रदेश बनाउन कुनै कसर बाँकी राख्ने छैन भन्नेमा पूर्ण रूपमा विश्वास छ,’ उनले भने । योगीको कार्यकालमा युपीको विकासले रेकर्ड तोड्नेसमेत उनले विश्वास व्यक्त गरे ।

 

२१ वर्षमा गृहत्याग

 

नवनियुक्त मुख्यमन्त्री योगी आदित्यनाथको जन्म राजपुत परिवारमा सन् १९७२ को जुन ५ मा भएको थियो । उनको वास्तविक नाम अजयसिंह विसेत हो । योगी हुनुभन्दा अगाडि उनी खासै चर्चामा थिएनन् । गणितमा स्नातक गरेका योगीले २१ वर्षकै उमेरमा घरपरिवार छाडेका थिए । महन्थ अवैद्यनाथको शिष्य बनेका उनी गोरखनाथको मुख्य पूजारीसमेत बनेका थिए ।

 

हिन्दूधर्मका ज्ञाता

 

घर छाडेपछि योगी सन्यासी बने । उनले हिन्दू धर्मसम्बन्धी  विभिन्न पुस्तक अध्ययन गरे र पाँच वर्षमै गुरु अवैद्यनाथको ‘प्रिय शिष्य’बन्न सफल भए । हिन्दू धर्मका ज्ञाता योगीले धर्मसम्बन्धी थुप्रै पुस्तक लेखेका छन् । योगीले विद्यालय तथा कलेज सञ्चालन गर्नुका साथै अस्पताल व्यवस्थापन गरेका थिए ।

 

२६ वर्षमा लोकसभाको सदस्य

 

योगी सन् १९९६ मा महन्थ अवैद्यनाथको निर्वाचन प्रचार प्रमुख बनेका थिए । सन् १९९८ मा महन्थले सक्रिय राजनीतिबाट विश्राम लिएपछि उनी महन्थको उत्तराधिकारी बने । सन् १९९८ मा लोकसभाको सदस्यमा निर्वाचित हुँदा उनी केवल २६ वर्षका थिए । त्यस यता लगातार पाँचपटकसम्म लोकसभामा निर्वाचित भएका छन् । योगी युपीमा भाजपाबाट निर्वाचित तीन सय ११ विधायकमध्येका लोकप्रिय सदस्य हुन् । हिन्दू धर्मको प्रचारक हुँदै भाजपाको राजनीति गरेका योगीले दलित समुदायमाझ लोकप्रिय हुन हिन्दू कार्ड प्रयोग गरेका छन् ।

 

गोरखपुरमा पकड

 

गोरखपुर क्षेत्रमा योगीको मुख्य पकड रहेको छ । उनी पाँच दशकदेखि भाजपाको राजनीतिमा सक्रिय छन् । सन् २००५ मा युपीको एउटा सहरका एक हजार ८ सय इशाई धर्मावलम्बीहरूलाई करकापमा पारी हिन्दू धर्मावलम्बी बनाएको आरोप उनीमाथि लागेको छ । उनीमाथि जातीय दंगा फैलाएको आरोप पनि लागेको छ । गत महिना सम्पन्न निर्वाचनमा चार सय तीन विधानसभा सदस्य रहेको युपीमा भाजपा गठबन्धनले तीन सय २५ सिट ल्याएको थियो । भाजपाले १४ वर्षपछि तीनचौथाइ बहुमतसहित युपीको राजनीतिमा ‘कमब्याक’ गरेको छ ।