प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, विज्ञहरूको मिश्रित प्रतिक्रिया - Naya Patrika
© 2017 Naya Prakasan Pvt. Ltd.

तिहार, बत्तीको चाड । उज्यालोको चाड । सँगसँगै मिठो–मसिनो खानपिन गरिने चाड । साथीभाइसँग रमाइलो गर्ने र बिहानदेखि साँझसम्म तास खेलेर दिन बिताउने चाड । गाउँघरवरपर देउसी–भैलो खेलेर मनाइने चाड…
पूरा पढ्नुहोस् »

चीनका राष्ट्रपति सी जिनपिङले चीन समाजवादसहितको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा बुधबार सम्बोधन गर्दै उनले सो…
पूरा पढ्नुहोस् »

डिफेन्डर राफेयल भरानले आत्मघाती गोल गरेपछि मंगलबार साविक विजेता रियल म्याड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा टोटनह्यामसँग १–१ को बराबरीमा रोकिएको छ । समूह एचको तेस्रो खेल बराबरीमा रोकेपछि रियललाई…
पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीज्यूले प्रचण्डजीलाई सरकार छाड्न आग्रह गरेपछि माओवादी केन्द्रका मन्त्रीले ‘क्याबिनेट’ छाड्ने निर्णय गरे । त्यसअनुसार उनीहरूले राजीनामाको वक्तव्य पनि तयार गरे । तर, त्यहीबीच अचानक माओवादीका मन्त्रीले प्रधानमन्त्रीले निर्वाचन सार्ने…
पूरा पढ्नुहोस् »

रामेश श्रेष्ठ, गायक तथा रचनाकार पञ्चायती सामन्ती सत्ताबाट हाम्रो भलाइ नहुने भएपछि यसलाई भत्काउन यो गीत रायन र मैले गायौँ । यसले युग परिवर्तनका लागि ठूलो भूमिका खेल्यो । एउटा…
पूरा पढ्नुहोस् »

रानीपोखरीको निर्माणमा लापरबाही गर्नु हाम्रो पहिचान मेटाउने षड्यन्त्र हो । यस्ता पुरातात्विक संरचनाले हाम्रो पहिचान बोकेका हुन्छन् । तिनको संरक्षण गरौँ । कुनै देशको पहिचान केले खुल्छ ? यसका अनेक…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   चैत ०७, २०७३
फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर परराष्ट्र विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा तीनजना परराष्ट्रविद्ले प्रधानमन्त्रीको चीन भ्रमणबारे सरकारलाई सुझाव दिएका हुन् ।

 

भ्रमणका खास एजेन्डा तय नहुनु दुःखदः आचार्य

 

चीनका लागि पूर्वनेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको तयारी फितलो भएको बताए । ‘भ्रमण खाली भ्रमणका लागि मात्रै नभएर नतिजा दिने खालको हुनुपर्छ, विशेष उद्देश्य हुनुपर्छ,’ आचार्यले भने, ‘नेपालका तर्फबाट द्विपक्षीय सम्बन्धमा जिम्मेवारीबोधको अभाव देखिएको छ ।’ उनले प्रधानमन्त्रीको चीन भ्रमण आउन मात्रै अब तीन दिन बाँकी रहेकाले अहिलेसम्म भ्रमणका खास एजेन्डा तय नहुनु दुःखद भएको बताए । उनले अहिलेसम्म भ्रमणका खास एजेन्डाहरू नै तय नहुनु दुःखद भएको बताए । नेपालमा चीनको राष्ट्रपतिले भ्रमण नगरेको २१ वर्ष पुगिसकेको बताउँदै उनले भने, ‘तर यसबीचमा झलनाथ खनालबाहेक नेपालका सबै प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुभएको छ ।’ उनले चीन आर्थिक, सामरिक तथा विज्ञान तथा प्रविधिको हिसाबले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रूपमा सशक्त र प्रमुख शक्ति भएकाले उसले विश्वमञ्चमा खोजेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने बताए ।

 

प्रचण्डको चीन भ्रमण अपरिपक्वः भट्टराई

 

एमालेका सांसद तथा परराष्ट्रविद् डा.राजन भट्टराईले प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणलाई अपरिपक्वताको संज्ञा दिएका छन् । ‘हामी प्रतिपक्षमा भएर पनि होला प्रधानमन्त्रीको चीन भ्रमणबारे कुनै जानकारी छैन, पत्रपत्रिकामा समाचार देख्दा थाहा पाएका हौँ,’ उनले भने, ‘बोवाओ फोरममा भाग लिनु नियमित भम्रण हो, तर चीनको राष्ट्रपतिसँगको भेट र नेपालको बारेमा केही ठोस एजेन्डामा हस्ताक्षर हुने या नहुने ? को–कोसँग भेट हुने, कस्ता प्रस्ताव लैजाने भन्नेबारेमा कुनै पनि गृहकार्य भएको छैन, यसले राम्रो सन्देश दिँदैन ।’

 

ओबिआरमा सम्झौता गर्नुपर्छः श्रेष्ठ

 

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले चीन भ्रमणको वेला प्रधानमन्त्रीले रेल र तेलको सम्झौता गर्नुपर्ने बताए । विगतमा ऊन, नुन र सुनसँग सम्झौता गरेकोे स्मरण गर्दै अब रेल र तेलसम्बन्धी सम्झौता गर्नुपर्ने उनको भनाइ छ । श्रेष्ठले प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा ओबिआरमा हस्ताक्षर हुन आवश्यक रहेको बताए । ‘पूर्ववर्ती एमाले सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्छ, त्यो कार्यान्वयन नगरीकन अरू कुनै कुराका बारेमा प्रस्ताव गर्दा विश्वासमाथि प्रश्न खडा हुन्छ, अब हामीले भुटानजस्तो मूकदर्शक भएर बस्नुहुँदैन,’ उनले भने, ‘चीनसँगको सम्बन्ध सुमधुर बनाउँदै आर्थिक विकासको दिशातर्फ मुलुकलाई हिँडाउनुपर्छ, भारत र चीनको प्रगति हेरेर रमाउनुभन्दा पनि हामी आफैँले विकासका कार्य अघि बढाउनुपर्छ ।’